Pairabi logo

माघ १३, २०८२, सोमबार                    

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त

डेक्स

डेक्स

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त
ADVERTISEMENT

बाँकेको नेपालगञ्ज ३ एक्लैनि स्थित रहेको पश्चिम नेपालकै मुस्लिमहरुको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको शनिबार बसेको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल गरेको छ ।

दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा बसेको बैठकले विगत केही वर्ष देखि संस्था नविकरण नरहेकोले तत्काल नविकरणका लागि जिल्ला प्रशासन कार्यालयद्धारा गठित आर्थिक छानबिन समितिलाई तत्काल काम सम्पन्न गरी नविकरण गराउन समन्वयकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी संग अनुरोध गर्ने र पाँच महिना देखि तलब नपाएका कर्मचारीहरुलाई १० दिन भित्रै तलब दिने निर्णय गरिएको महासचिव हाजी ऐनुद्दीन अन्सारीले जानकारी दिनु भयो ।

बैठकले अध्यक्ष मियाँ, उपाध्यक्ष हाजी रौनक अली अन्सारी र कोषाध्यक्ष हाजी मोहम्मद हुसेन हल्वाईको हस्ताक्षरमा खाता संचालनका लागि जिम्मेवारी दिने निर्णय गरेको छ भने निर्माणधिन अवस्थामा रहेको जामा मस्जिदको निर्माणको कामलाई तिब्रता दिने समेत बैठकले निर्णय गरेको छ ।

कोषाध्यक्ष हल्वाईको प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको समितिले जनाएको छ । प्रथम बैठकले संस्थाको प्रवक्तामा कार्यसमितिका सदस्य एंव पत्रकार आलम खानलाई बनाउने निर्णय गरेको छ । धार्मिक विषयमा मस्जिदका मुफती जाफर रजालाई बोल्ने पाउने अधिकार प्रत्योजन गरेको कोषाध्यक्ष मोहम्मद हुसेनले जानकारी दिनु भयो ।

बैठकमा आउदै गरेको मुस्लिमहरु पवित्र महिना रमजान लगायतको तयारीका विषयमा छलफल गरिएको अध्यक्ष मियाँले बताउनु भयो । अध्यक्ष मियाँको अध्यक्षतामा भएको बैठकको संचालन सहसचिव अब्दुल अजीज काजी अन्सारीले गर्नु भएको थियो भने कार्यसमितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ, कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी र आर्थिक सल्लाहकार मोहशीन खान लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …