Pairabi logo

असोज २६, २०८३, सोमबार                    

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त

डेक्स

डेक्स

दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको प्रवक्तामा आलम खान नियुक्त
ADVERTISEMENT

बाँकेको नेपालगञ्ज ३ एक्लैनि स्थित रहेको पश्चिम नेपालकै मुस्लिमहरुको सबै भन्दा ठूलो धार्मिक संस्था दारुल उलुम फैजुन्नबी जामा मस्जिद इदगाह संचालक समितिको शनिबार बसेको प्रथम बैठकले मस्जिद, मदरसाका कार्यहरुको समीक्षा गर्दै आगामी दिनमा गर्नु पर्ने कार्यक्रमको बारेमा छलफल गरेको छ ।

दारुल उलुम फैजुन्नबी जामा मस्जिदका अध्यक्ष हाजी अब्दुल रहमान मियाँको अध्यक्षतामा बसेको बैठकले विगत केही वर्ष देखि संस्था नविकरण नरहेकोले तत्काल नविकरणका लागि जिल्ला प्रशासन कार्यालयद्धारा गठित आर्थिक छानबिन समितिलाई तत्काल काम सम्पन्न गरी नविकरण गराउन समन्वयकारी भूमिका निर्वाह गर्न प्रमुख जिल्ला अधिकारी संग अनुरोध गर्ने र पाँच महिना देखि तलब नपाएका कर्मचारीहरुलाई १० दिन भित्रै तलब दिने निर्णय गरिएको महासचिव हाजी ऐनुद्दीन अन्सारीले जानकारी दिनु भयो ।

बैठकले अध्यक्ष मियाँ, उपाध्यक्ष हाजी रौनक अली अन्सारी र कोषाध्यक्ष हाजी मोहम्मद हुसेन हल्वाईको हस्ताक्षरमा खाता संचालनका लागि जिम्मेवारी दिने निर्णय गरेको छ भने निर्माणधिन अवस्थामा रहेको जामा मस्जिदको निर्माणको कामलाई तिब्रता दिने समेत बैठकले निर्णय गरेको छ ।

कोषाध्यक्ष हल्वाईको प्रत्यक्ष निगरानीमा निर्माण भईरहेको समितिले जनाएको छ । प्रथम बैठकले संस्थाको प्रवक्तामा कार्यसमितिका सदस्य एंव पत्रकार आलम खानलाई बनाउने निर्णय गरेको छ । धार्मिक विषयमा मस्जिदका मुफती जाफर रजालाई बोल्ने पाउने अधिकार प्रत्योजन गरेको कोषाध्यक्ष मोहम्मद हुसेनले जानकारी दिनु भयो ।

बैठकमा आउदै गरेको मुस्लिमहरु पवित्र महिना रमजान लगायतको तयारीका विषयमा छलफल गरिएको अध्यक्ष मियाँले बताउनु भयो । अध्यक्ष मियाँको अध्यक्षतामा भएको बैठकको संचालन सहसचिव अब्दुल अजीज काजी अन्सारीले गर्नु भएको थियो भने कार्यसमितिका सदस्यहरु र बरिष्ठ सल्लाहकार सैयद रिहान मियाँ, कानुनी सल्लाहकार अधिवक्ता जमालुद्दीन अन्सारी र आर्थिक सल्लाहकार मोहशीन खान लगायतको सहभागिता रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…