Pairabi logo

असोज ३०, २०८३, शुक्रबार                    

होप इन्टरनेशनल मेयर कप फुटबलको सेमिफाइनल प्रवेश

डेक्स

डेक्स

होप इन्टरनेशनल मेयर कप फुटबलको सेमिफाइनल प्रवेश
ADVERTISEMENT

नेपालगन्ज, २८ माघ । होप इन्टरनेशनल स्कुल मेयर कप अन्तर विद्यालय छात्र फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । धम्बोझी, मोर्डन, युनाइटेड र मनकामना स्कुल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । 

नेपालगन्ज रंगशालामा भएको खेलमा होप इन्टरनेशनल स्कुलले ब्राइटल्याण्ड स्कुललाई ३–१ ले पराजित गरेको छ । होपको जितमा सन्दिप केसीले २ गोल र अस्मित थापा मगरले १ गोल गर्नु भयो । सुदिप केसीले ४६औं मिनेट र ५७औं मिनेटमा गोल गर्नु भएको थियो । अस्मितले ६३ औं मिनेटमा गोल गर्नु भएको थियो ।

ब्राइटल्याण्डका अनमोल गुरुङले ५५औं मिनेटमा गोल गर्नु भएको थियो । खेलमा प्लेयर अफ द म्याच घोषित हुनु भएका प्लेयर अफ द म्याच सुदिप केसीलाई नेकपा एमाले बाँकेका उप–सचिव किशोर थापा र जिल्ला खेलकुद विकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोष श्रेष्ठले गोल पुरस्कृत गर्नु भएको थियो । 

यसैगरी आइतबार कमजोर प्रकाशका कारण स्थगित भएको खेलमा धम्बोझी माविले पेनाल्टी सुटआउटमा सिद्धार्थ विद्या सदनलाई ४–२ ले हराएको छ । िसोमबारको पहिलो खेलमा मोर्डन पब्लिक स्कुलले जीवन ज्योती स्कुललाई २–१ ले हराएको छ ।

मोर्डनको जितको सुमित चौधरीले १९औं मिनेट र कबिर विष्टले ५५औं मिनेटमा गोल गर्नु भयो । जीवन ज्योतीका प्रदेश रेग्मीले ३८औं मिनेटमा गोल गरेर खेल बराबरी गर्नु भएको थियो । तर कविरले खेलको अन्त्यतिर गोल गर्दै टोलीलाई जित दिलाउनु भयो । खेलमा प्लेयर अफ द म्याच घोषित मोर्डनका कबिर विष्टलाई नेपालगन्ज उप–महानगरपालिका नगर उप–प्रमुख उमा थापा मगरले ट्रफी प्रदान गर्नु भएको थियो । 

त्यस्तै युनाइटेड एजुकेशन स्कुलले मंगल प्रसाद माविलाई ३–० ले हराउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भएको हो । युनाइटेडको जितमा समिर विकले १९औं मिनेट, निक्सान सुनारले २२औं मिनेटमा गोल गर्नु भएको थियो भने मंगलको तर्फबाट एउटा आत्मघाती गोल भएको थियो । खेलमा प्लेयर अफ द म्याच बन्न निक्सान सुनारलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष तरुण बज्राचार्यले पुरस्कृत गर्नु भएको थियो । 

प्रतियोगिता अन्तर्गत सोमबार चौथो खेलमा मनकामना स्कुलले सगरमाथा स्कुललाई सडनडेथ ५–४ ले पराजित गरेको छ । निर्धारित समयमा खेल १–१ को बराबरीमा सकिएको थियो । सगरमाथाका मनिष सुनारले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनु भएको थियो । मनकामनाका बिराट चन्दले ३५औं मिनेटमा गोल गरेर खेल बराबरीमा लग्नु भएको थियो ।

सडन डेथमा पुगेको खेलमा मनकामनाका बिराट चन्द, पुनित विक, भिसन बम, रोशन महतारा, हिमान्शु नगालले गोल गर्नु भयो । सगरमाथाका प्रतिक जंग खत्री, दिनेश सलामी मगर, प्रेमनाथ मगर, विश्वास खत्रीले गोल गर्नु भएको थियो । खेलमा प्लेयर अफ द म्याच घोषित मनकामनाका बिराट चन्दलाई नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र बाँके जिल्ला फुटबल संघका सह–महासचिव दिर्घराज आचार्य(कौशल)ले पुरस्कृत गर्नु भएको थियो । 

बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिम र छात्रा तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल फागुन ३ गते हुनेछ । 
 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…