Pairabi logo

कात्तिक ०७, २०८३, शुक्रबार                    

मेयर कप फुटबलमा आदर्श, ग्रिनपिस र आदर्श मावि नेपालगन्ज विजयी

डेक्स

डेक्स

मेयर कप फुटबलमा आदर्श, ग्रिनपिस र आदर्श मावि नेपालगन्ज विजयी
ADVERTISEMENT

नेपालगन्ज, माघ २७  । आदर्श मावि राझाँ, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् । 

नेपालगन्ज रंगशालामा भएको आइतबारको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३–२ ले पराजित गरेको छ । आदर्शको जितमा खगेन्द्र थापाले २ गोल र आकास सुनारले १ गोल गर्नु भयो ।

प्लेयर अफ द म्याचको ट्रफी जित्न सफल खगेन्द्रले २३औं र ३१औं मिनेटमा गोल गर्नु भएको थियो भने आकासले १४औं मिनेटमा गोल गर्नु भएको थियो । जय बागेश्वरीको तर्फबाट करण शाहीले २५औं मिनेट र विवेक चौधरीले २०औं मिनेटमा गोल गर्नु भएको थियो । प्लेयर अफ द म्याच खगेन्द्रलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका जनक केसीले ट्रफी प्रदान गर्नु भएको थियो । 

दोस्रो खेलमा दिपेश भण्डारीले निर्णायक गोल गरेपछि ग्रिनपिसले मुनतारा स्कुल राझाँलाई १–० ले पराजित गरेको छ । प्लेयर अफ द म्याच दिपेशले खेलको ५८औं मिनेटमा गोल गर्नु भएको थियो । दिपेशलाई नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष वरिष्ठ पत्रकार निरज गौतमले ट्रफी प्रदान गर्नु भयो । 

यसैगरी तेस्रो खेलमा आदर्शले पेनाल्टी सुटआउटमा सेन्ट थोमस स्कुललाई ३–१ ले पराजित गरेको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा आदर्शको लागि सन्दिप बुढा, रोशन घर्तिमगर र सक्षम थापा मगरले गोल गर्नु भएको थियो । सेन्ट थोमसको लागि अमन केसीले मात्र गोल गर्न सक्नु भयो ।

खेलको प्लेयर अफ द म्याच राकेश चौधरीलाई पुर्व राष्ट्रिय फुटबल खेलाडी एवम् एनजिओ फेडरेशन बाँकेका पुर्व अध्यक्ष तेजबिक्रम शाहले पुरस्कृत गर्नु भयो । 

आइतबारको चौथो खेल धम्बोझी मावि र आदर्श विद्या सदनबिचको खेल कमजोर प्रकाश ‘भिजिबिलीटी’ कारण गोलरहित बराबरीको अवस्थामा स्थगित गरिएको छ । स्थगित गरिएको खेल सोमबार बिहान खेलाईने आयोजक टिमले जनाएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिमको सहभागिता रहेको छ । फागुन ३ गते सम्म चल्ने मेयर कप फुटबल प्रतियोगिता–२०८१ को छात्र तर्फ २१ विद्यालयको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तर्गत छात्र तर्फको सोमबारको दोस्रो खेल मोर्डन पब्लिक स्कुल र जीवनज्योती बिच हुनेछ । तेस्रो खेल मंगल प्रसाद मावि र युनाइटेड एजुकेशनबिच हुनेछ भने चौथो खेल होप इन्टरनेशनल र ब्राइटल्याण्डबिच हुनेछ । पाँचौं खेल मनकामना मावि र सगरमाथा स्कुलबिच हुने आयोजकले बताएको छ । 


 

ताजा

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…