Pairabi logo

असोज २८, २०८३, बुधबार                    

मेयर कप फुटबलमा आदर्श, ग्रिनपिस र आदर्श मावि नेपालगन्ज विजयी

डेक्स

डेक्स

मेयर कप फुटबलमा आदर्श, ग्रिनपिस र आदर्श मावि नेपालगन्ज विजयी
ADVERTISEMENT

नेपालगन्ज, माघ २७  । आदर्श मावि राझाँ, ग्रिनपिस स्कुल कोहलपुर र आदर्श मावि नेपालगन्जले मेयर कप अन्तर विद्यालय जिल्ला स्तरीय छात्र फुटबल प्रतियोगितामा जित हासिल गरेका छन् । 

नेपालगन्ज रंगशालामा भएको आइतबारको पहिलो खेलमा आदर्शले जय बागेश्वरी स्कुललाई ३–२ ले पराजित गरेको छ । आदर्शको जितमा खगेन्द्र थापाले २ गोल र आकास सुनारले १ गोल गर्नु भयो ।

प्लेयर अफ द म्याचको ट्रफी जित्न सफल खगेन्द्रले २३औं र ३१औं मिनेटमा गोल गर्नु भएको थियो भने आकासले १४औं मिनेटमा गोल गर्नु भएको थियो । जय बागेश्वरीको तर्फबाट करण शाहीले २५औं मिनेट र विवेक चौधरीले २०औं मिनेटमा गोल गर्नु भएको थियो । प्लेयर अफ द म्याच खगेन्द्रलाई प्रदेश खेलकुद परिषद लुम्बिनीका जनक केसीले ट्रफी प्रदान गर्नु भएको थियो । 

दोस्रो खेलमा दिपेश भण्डारीले निर्णायक गोल गरेपछि ग्रिनपिसले मुनतारा स्कुल राझाँलाई १–० ले पराजित गरेको छ । प्लेयर अफ द म्याच दिपेशले खेलको ५८औं मिनेटमा गोल गर्नु भएको थियो । दिपेशलाई नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष वरिष्ठ पत्रकार निरज गौतमले ट्रफी प्रदान गर्नु भयो । 

यसैगरी तेस्रो खेलमा आदर्शले पेनाल्टी सुटआउटमा सेन्ट थोमस स्कुललाई ३–१ ले पराजित गरेको थियो । निर्धारित समयमा खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउटमा आदर्शको लागि सन्दिप बुढा, रोशन घर्तिमगर र सक्षम थापा मगरले गोल गर्नु भएको थियो । सेन्ट थोमसको लागि अमन केसीले मात्र गोल गर्न सक्नु भयो ।

खेलको प्लेयर अफ द म्याच राकेश चौधरीलाई पुर्व राष्ट्रिय फुटबल खेलाडी एवम् एनजिओ फेडरेशन बाँकेका पुर्व अध्यक्ष तेजबिक्रम शाहले पुरस्कृत गर्नु भयो । 

आइतबारको चौथो खेल धम्बोझी मावि र आदर्श विद्या सदनबिचको खेल कमजोर प्रकाश ‘भिजिबिलीटी’ कारण गोलरहित बराबरीको अवस्थामा स्थगित गरिएको छ । स्थगित गरिएको खेल सोमबार बिहान खेलाईने आयोजक टिमले जनाएको छ । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको प्रतियोगिताको छात्र तर्फ २१ टिमको सहभागिता रहेको छ । फागुन ३ गते सम्म चल्ने मेयर कप फुटबल प्रतियोगिता–२०८१ को छात्र तर्फ २१ विद्यालयको सहभागिता रहेको छ । 

प्रतियोगिता अन्तर्गत छात्र तर्फको सोमबारको दोस्रो खेल मोर्डन पब्लिक स्कुल र जीवनज्योती बिच हुनेछ । तेस्रो खेल मंगल प्रसाद मावि र युनाइटेड एजुकेशनबिच हुनेछ भने चौथो खेल होप इन्टरनेशनल र ब्राइटल्याण्डबिच हुनेछ । पाँचौं खेल मनकामना मावि र सगरमाथा स्कुलबिच हुने आयोजकले बताएको छ । 


 

ताजा

सबै

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…