Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’

डेक्स

डेक्स

पर्यटन प्रवर्द्धनका लागि ‘टुर दि ठाकुरद्वारा’
ADVERTISEMENT

नेपालगञ्ज २३ माघः बाँके र बर्दियाको पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जबाट भोली विहीबार साइक्लिङ कार्यक्रम हुने भएको छ । ‘टुर दि ठाकुरद्वारा’ नाम दिइएको नेपालगञ्ज साइक्लिङ फेस्टिभलका लागि झापा, धरान, बुटवल, भैरहवा, दाङ, चितवन, काठमाडौँ, ललितपुर भक्तपुर, पाल्पा विराटनगरलगायतका भारतका विभिन्न सहर, जापान र कोरियाबाट साइक्लिङ कार्यक्रममा १९६ जना सहभागी हुने नेपालगञ्ज साइक्लिङ क्लबका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिनुभयो । 

आगन्तु पाहुनाका लागि आवास र खानाको लागि सबै प्रबन्ध गरिएको जानकारी दिँदै उहाँले बाँके र बर्दियाका सबै पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्नुका साथै उहाँहरुलाई ती स्थानको जानकारी दिइने बताउनुभयो । सातौँ संस्करणको रुपमा यही माघ २४ देखि २६ गतेसम्म सो कार्यक्रम हुने छ । 

अध्यक्ष सापकोटाले बाँकेमा पनि पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना रहेकाले ‘टुर दि बाँके राष्ट्रिय निकुञ्ज’ सुरु गर्न खोजे पनि पर्यटन विकासका लागि पर्यटन पूर्वाधारको विकास नभएकाले करिब तीन सय जनालाई त्यस आसपास क्षेत्रमा आवास नभएकाले व्यवस्थापन गर्न अप्ठेरो परेको बताउनुभयो । 

उहाँले नेपालगञ्जमा रहेका धार्मिक सर्किटलाई जोड्दै बाबा बरर्फानी, सन्तानेश्वर मन्दिर, गोवद्र्धन धाम, सिक्टा ब्यारेज, बाँके राष्ट्रिय निकुञ्जसहित गाभर भ्यालीलगायतका पर्यटकीय गन्तव्यलाई जोड्न कार्यक्रम बनाएर योजनासहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

“टुर दि ठाकुराद्वारा अहिले सबैले चिन्ने छुट्टै ब्रान्ड भएको छ”, उहाँले भन्नुभयो । यसले नेपालभरका साइकल इभेन्टलाई नेतृत्व दिएको उल्लेख गर्दै उहाँले नेपाल र भारतसहित विदेशसम्म ख्याति कमाएको यो कार्यक्रमलाई ‘टुर दि फ्रान्स’ बनाउने महत्वाकाङ्क्षा रहेको बताउनुभयो । 

नेपालगञ्ज आएलगत्तै सबै पाहुनाका लागि खाना र आवासको प्रबन्ध भएको जानकारी दिँदै अध्यक्ष सापकोटाले माघ २६ गतेसम्म बर्दियाको ठाकुरद्वारामा आवासको व्यवस्थापन भएको बताउनुभयो । यहाँका सुविधा सम्पन्न रिर्सोटमा पाहुनाका लागि आवासको व्यवस्थापन गरिएको छ । यस कार्यक्रममा सहभागी हुन नेपालीका लागि रु तीन हजार पाँच सय र विदेशीका लागि फरक दर्ता शुल्क तय भएको आयोजकले जनाएको छ । यस कार्यक्रममा कूल रु २५ लाख खर्च हुने अनुमान गरिएको अध्यक्ष सापकोटाको भनाइ छ । 

माघ २४ गते बिहान नेपालगञ्जको बागेश्वरी मन्दिरबाट झाँकीसहित पैदलमार्च हुने र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले ‘टुर दी ठाकुरद्वारा’ कार्यक्रमको उद्घाटन गर्नुहुने जनाइएको छ । कोहलपुर, केदारेश्वर धाम, सतखलुवा सिमसार क्षेत्र हुँदै बाटोमा रहेका विभिन्न धार्मिक पर्यटकीयस्थल र पर्यटकीय क्षेत्रको भ्रमण गराउँदै ठाकुरद्वारा मन्दिर हुँदै ठाकुरद्वारा पु¥याउने कार्यक्रम रहेको छ । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…