Pairabi logo

माघ १३, २०८२, सोमबार                    

डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान

डेक्स

डेक्स

डुडुवा नगर प्रहरी नियुक्त, दज्र्यानी चिन्ह प्रदान
ADVERTISEMENT

डुडुवा (बाँके) २३ माघ । बाँकेको डुडुवा गाउँपालिकाले आफ्नै नगर प्रहरी नियुक्त गरि परिचालन गरेको छ । ‘स्थानीय सरकार सञ्चानल ऐन २०७४’ अनुसार गाउँसभाद्धारा पारित सो सम्वन्धीको कार्यविधीले आवश्यक सबै प्रक्रिया पुरा गरि दक्ष नगर प्रहरी नियुक्ती गरेको हो । 

स्थानीय तह अन्र्तगत विभिन्न सार्वजनिक सम्पत्तीको सरक्षण, गाउँ बस्तीको व्यवस्थापन तथा शान्ति सुरक्षा, नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, दैबी प्रकोप व्यवस्थापन लगायतका कार्यमा सहयोग पुरयाउन नगर प्रहरी भर्ना गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँले स्थानीय सरकारका थुप्रै काम कर्तव्य र अधिकार रहेकाले सो अन्र्तगत सरकारी संरचनाको संरक्षण तथा व्यस्थापनाका लागि आफ्नै प्रहरीको आवश्यकता महसुस भएर नगर प्रहरी नियुक्ती गरिएको बताउनुभयो । 

नगर प्रहरीले डुडुवामा रहेको नदीजन्य पदार्थको अबैध उत्खननको नियन्त्रण, राजश्व संकलन, सरकारी जग्गाको अतिक्रमण रोक्न, विपद व्यवस्थापन, शान्ति सुरक्षालगायतको कार्यमा ठुलो सहयोग पुग्ने अध्यक्ष चौधरीले बताउनुभयो । 

पालिकाले कानून अनुसारको कार्यविधीमार्फत भर्नाका चरणहरु पार गरि प्रहरी निरिक्षकको कमाण्डमा २५ जना नगर प्रहरी भर्ना गरिएको विषयविज्ञ अवकाश प्राप्त पुर्व प्रहरी नायब उपरिक्षक सुर्यबहादुर केसीले बताउनुभयो । उहाँका अनुसार डुडुवा प्रहरी निरिक्षक, प्रहरी सहायक निरिक्षक, प्रहरी हवल्दार र डुडुवा प्रहरी जवान गरि २५ जना रहेका छन । 

भर्ना भएका सबै जना नेपाली सेना, नेपाल प्रहरी र शसास्त्र प्रहरी सेवामा काम गरिसकेको अनुभव रहेको छ । भर्ना भएका नगर प्रहरीलाई थप दक्ष बनाउन एक हप्ते आन्तरिक तालिम सेमत प्रदान गरिएको विषयविज्ञ पुर्व डिएसपी केसीले बताउनुभयो । उहाँले डुडुवाले ऐतिहासिक काम गरेको र यसले स्थानीय तहको प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो  ।

नियुक्त भएका प्रहरीहरुलाई एक कार्यक्रमका विच गाउँपालिकाले दज्र्यानी चिन्ह र सुशोभन गरेको छ । दर्जयानी चिन्ह प्रदान गर्दै पालिका अध्यक्ष चौधरीले आफ्नै प्रहरीले कार्यसम्पादन गर्न सहज हुने भन्दै शान्ति सुरक्षा, दैवी प्रकोप व्यवस्थापन, सिमा अपराध नियन्त्रण, अबैध चोरी निकासी र पैठारी नियन्त्रण गर्न सहयोग मिल्ने भएकाले इमान्दरितापुर्वक दिएको जिम्मेवारी निर्वाह गरि काम गर्न निर्देशन दिनुभयो । 

कार्यक्रममा पालिकाका उपाध्यक्ष शाहिदा बानो, वडा अध्यक्षहरु पटेश्वर कुर्मी, दुर्गा प्रसाद बर्मा, आमोदकुमार तिवारी, सगिर खाँ, निमित्त प्रमुख प्रशासकिय अधिकृत हेमन्त शर्मा, पुर्व कर्मचारी धनबहादुर बुढा लगायतको सहभागिता रहेको थियो । प्रहरी भर्नामा गोरखाज सेक्युरिटीले प्राविधिक सहयोग गरेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …