Pairabi logo

असोज २६, २०८३, सोमबार                    

निमार्ण व्यवसायीद्धारा सरकारको ध्यानाकर्षण

सम्वाददाता

सम्वाददाता

निमार्ण व्यवसायीद्धारा सरकारको ध्यानाकर्षण
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, माघ ७ । निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले निर्माण व्यवसायी महासंघको १४ बुँदे मागहरू सरकारले शिघ्र सम्बोधन नगरे देशैभर कडा आन्दोलन गर्ने चेतवानी दिनुभयो । उहांले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार काठमाडौमामा ज्ञापन(पत्र बुझाउँदै बताउनुभएको हो ।

अध्यक्ष गिरीले ७ प्रदेशका निर्माण व्यवसायी महासंघहरु, ७७ जिल्ला निर्माण व्यवसायी संघहरु, २७९ एशोसिएट सदस्यहरु र एउटा वस्तुगत संघ सदस्यहरु समेत गरी लगभग २४ हजार भन्दा बढी निर्माण व्यवसायीहरुको एक मात्र छाता संगठनको रुपमा निर्माण व्यवसायीहरूको हक हितका लागि महासंघ क्रियाशील रहेको जानकारी गराउँदै निर्माण व्यवसायीहरूको २०८१ पौष २७ गते राजधानीमा आयोजित भेलाले १४ बुँदे माग पूरा गर्न सरकारलाई माघ १५ गते सम्म अल्टिमेटम दिएको बताउँनुभयो ।

अध्यक्ष गिरीले बुझाएको पत्रमा सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि एवं कालोबजारी, निर्माण व्यवसायीहरूको विभिन्न कारणले बाँकी अरबौं रकमको भुक्तानी, सार्वजनिक खरिद नियमावलीको तेहौं संशोधन र सो भन्दा संशोधनबाट सिर्जित म्याद थपको समस्या, नेपाल राष्ट्र बैंकले ऋण लगायतमा दिएको सुविधा कटौतीबाट निर्माण उद्योगमा परेको असर र बक्यौता कर रकम भुक्तानी, विभिन्न कारणले रुक्न गएका ठेक्काहरू सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ९३० को खण्ड (ख) र उपदफा ९८० बाट हुने कार्वाही खारेज गर्नुपर्ने, निर्माण उद्योगको समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल पुर्नलेखन गर्नुपर्ने, निर्माण सामाग्री, बिडिङ निरुत्साहित गर्ने, नियमक निकायबाट हुने गरेका काम कार्वाहीका कारण निर्माण उद्योगमा परेको असर, विमा सम्बन्धी समस्या, सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन र निर्माण सम्बन्धी उच्चस्तरीय आयोग गठन गर्ने सम्बन्धिका मागहरू उल्लेख गरिएको छ ।

उल्लेखित मागहरू हाल सम्म सरकारद्वारा सम्बोधन नभएपछि महासंघले २०८१ माघ ३ देखि ७ सम्म सरकार र सम्बन्धित निकायहरूसँग समन्वय गरी माग पूरा गराउन दबाब दिने उद्देश्यले माघ १५ सम्मको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने, माघ १८ गते राजधानीको माइतीघर मण्डलामा धर्ना दिने, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने, माघ २१ देखि राजधानी पैश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने र तत् पश्चात् पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने कार्यक्रम तय गरेको कुरा अध्यक्ष गिरीले बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…