Pairabi logo

माघ १३, २०८२, सोमबार                    

निमार्ण व्यवसायीद्धारा सरकारको ध्यानाकर्षण

सम्वाददाता

सम्वाददाता

निमार्ण व्यवसायीद्धारा सरकारको ध्यानाकर्षण
ADVERTISEMENT

कमल राज पौडेल 
बर्दिया, माघ ७ । निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरीले निर्माण व्यवसायी महासंघको १४ बुँदे मागहरू सरकारले शिघ्र सम्बोधन नगरे देशैभर कडा आन्दोलन गर्ने चेतवानी दिनुभयो । उहांले जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबार काठमाडौमामा ज्ञापन(पत्र बुझाउँदै बताउनुभएको हो ।

अध्यक्ष गिरीले ७ प्रदेशका निर्माण व्यवसायी महासंघहरु, ७७ जिल्ला निर्माण व्यवसायी संघहरु, २७९ एशोसिएट सदस्यहरु र एउटा वस्तुगत संघ सदस्यहरु समेत गरी लगभग २४ हजार भन्दा बढी निर्माण व्यवसायीहरुको एक मात्र छाता संगठनको रुपमा निर्माण व्यवसायीहरूको हक हितका लागि महासंघ क्रियाशील रहेको जानकारी गराउँदै निर्माण व्यवसायीहरूको २०८१ पौष २७ गते राजधानीमा आयोजित भेलाले १४ बुँदे माग पूरा गर्न सरकारलाई माघ १५ गते सम्म अल्टिमेटम दिएको बताउँनुभयो ।

अध्यक्ष गिरीले बुझाएको पत्रमा सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि एवं कालोबजारी, निर्माण व्यवसायीहरूको विभिन्न कारणले बाँकी अरबौं रकमको भुक्तानी, सार्वजनिक खरिद नियमावलीको तेहौं संशोधन र सो भन्दा संशोधनबाट सिर्जित म्याद थपको समस्या, नेपाल राष्ट्र बैंकले ऋण लगायतमा दिएको सुविधा कटौतीबाट निर्माण उद्योगमा परेको असर र बक्यौता कर रकम भुक्तानी, विभिन्न कारणले रुक्न गएका ठेक्काहरू सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने, सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ को उपदफा ९३० को खण्ड (ख) र उपदफा ९८० बाट हुने कार्वाही खारेज गर्नुपर्ने, निर्माण उद्योगको समस्या समाधानका लागि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल पुर्नलेखन गर्नुपर्ने, निर्माण सामाग्री, बिडिङ निरुत्साहित गर्ने, नियमक निकायबाट हुने गरेका काम कार्वाहीका कारण निर्माण उद्योगमा परेको असर, विमा सम्बन्धी समस्या, सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन र निर्माण सम्बन्धी उच्चस्तरीय आयोग गठन गर्ने सम्बन्धिका मागहरू उल्लेख गरिएको छ ।

उल्लेखित मागहरू हाल सम्म सरकारद्वारा सम्बोधन नभएपछि महासंघले २०८१ माघ ३ देखि ७ सम्म सरकार र सम्बन्धित निकायहरूसँग समन्वय गरी माग पूरा गराउन दबाब दिने उद्देश्यले माघ १५ सम्मको अल्टिमेटम सहित ज्ञापनपत्र बुझाउने, माघ १८ गते राजधानीको माइतीघर मण्डलामा धर्ना दिने, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने, माघ २१ देखि राजधानी पैश गर्ने पूर्व र पश्चिम नाकाहरू ठप्प पार्ने र तत् पश्चात् पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजना सहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनका थप सशक्त कार्यक्रम घोषणा गर्ने कार्यक्रम तय गरेको कुरा अध्यक्ष गिरीले बताउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …