Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बारे छलफल

डेक्स

डेक्स

डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बारे छलफल
ADVERTISEMENT

नेपालगन्ज, ६ माघ । डिजिटल मिडियामा महिलाको सहभागिता बढाउनका लागि समन्वयात्मक पहलको आवश्यकता रहेकोमा जोड दिइएको छ । सन्डे कल्बलाई निरन्तरता दिदै क्रियाशिल पत्रकार महिला बाँकेले आज नेपालगन्जमा गरेको डिजिटल मिडियामा महिला सहभागिता, अवसर र चुनौती बिषयक अन्र्तक्रियाका सहभागिले पत्रकारिता क्षेत्रमा महिलाको सक्रिय सहभागिता बढाउनुपर्ने बताएका थिए । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाइले डिजिटल मिडियामा महिला सहभागिता बृद्धिका लागि महासंघले आवश्यक पहल गर्ने भन्दै पत्रकार महिलाहरुको आवश्यकता अनुसार डिजिटल प्लेटफममा अग्रसर हुनुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य झलक गैरेले डिजिटल मिडिया अहिलेको आवश्यकता भएकाले यसलाई कसरी सदुपयोग गर्ने र यसको प्रयोग कसरी गर्ने भन्ने कुरा मुख्य बिषय रहेको बताउनुभयो । उहाँले डिजिटल मिडियामा प्रस्तुत गरिने बिषय र प्रसंङ्गले धेरै प्रभाव पार्ने बताउनुभयो । 

क्रियाशिल पत्रकार महिला बाँकेका पुर्वअध्यक्ष उमा थापा मगरले पत्रकार महिलाहरुले डिजिटल प्लेटफर्मको प्रयोग गर्दे आफूलाई दक्ष बनाएर अगाडि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष निरज गौतमले समस्याभित्र संभावना खोजेर अगाडी बढ्नुको बिकल्प नरहेको भन्दै डिजिटल मिडियाको प्रयोग गर्नुपर्नु बताउनुभयो ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव सरला सुवेदी, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी, नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष अर्जुन वली, समाजबादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा ,चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल ,अवधी पत्रकार संघ बाँकेका अध्यक्ष प्रलाहद विश्वकर्मा र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाह लगायतले बोल्नुभएको थियो । 

क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीको अध्यक्षतामा भएको कार्यक्रममा डिजिटल मिडियामा महिला सहभागिता , अबसर र चुनौतीका बिषयमा पत्रकार शंकर प्रसाद खनालले सहजिकरण गर्नुभएको थियो । 


 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…