Pairabi logo

माघ १३, २०८२, सोमबार                    

वन्यजन्तुको समस्या समाधान गर्न सरोकारवालाको ध्यानाकषर्ण

डेक्स

डेक्स

वन्यजन्तुको समस्या समाधान गर्न सरोकारवालाको ध्यानाकषर्ण
ADVERTISEMENT

बर्दिया, । बर्दियाको मधुवन नगरपालिका, वडा नं। २ का स्थानीय बासिन्दा वन्यजन्तुका कारण निरन्तर समस्यामा परिरहेका छन् । स्थानीय सबिना थारुजस्तै धेरै युवा किसानहरुले जंगली जनावरले बाली नष्ट गर्दा भोग्नुपरेको आर्थिक क्षतिप्रति राहत नपाएको गुनासो गरेका छन् । सबिनाले भन्नुभयो्, “गत कार्तिकमा पाँच कट्टाको धान सखाप भयो, तर राहत अहिलेसम्म पाएको छैनौं ।”

त्यस्तै, जनक कुमारी थारुले जंगलसँग जोडिएको बाटो कालोपत्रे गर्न र वरिपरि बिजुली बत्तीको व्यवस्था गर्न स्थानीय सरकारले ध्यान नदिएको बताएर चिन्ता व्यक्त गर्नुभयो । उहाँका अनुसार, रातको समयमा बाघ, चितुवा र हात्ती जस्ता जंगली जनावरको त्रासले बासिन्दाको दैनिकी प्रभावित भइरहेको छ ।

स्थानिय सुशीला चौधरीले राजनैतिक दलहरुले पनि वन्यजन्तुबाट हुने क्षति तर्फ खास्सै ध्यान नदनिएको औंल्यानुभयो । उहाँले यस समस्याको समाधानका लागि दलहरुले वकालत गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

वन्यजन्तुबाट हुने क्षति, बाली नोक्सानी, र मानिसको ज्यान खतरामा पर्ने समस्याबारे स्थानीय सरकारले ध्यान दिन नसकेको गुनासो स्थानीयहरूमाझ व्यापक छ । साथै, वन्यजन्तु र बालीको बीमा प्रणाली अझै प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन ।

यी चुनौतीहरुबारे सचेतना र समाधानको खोजी गर्नका लागि शनिबार क्लब चौतारी कार्यक्रमको आयोजना गरियो । युएसएडको सहयोग र द एसिया फाउन्डेशन मु्ख्य कार्यान्वयन संस्था रहेको युएसएड नागरिक समाज तथा सञ्चार कार्यक्रम अन्तर्गत ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण अभियान’ को गतिविधीका रुपमा आयोजित क्लब चौतारी कार्यक्रममा स्थानिय किशोरकिशोरी र युवाहरु, सीसीएनका पदाधिकारीहरु, नेपालगंजका वरिष्ठ पत्रकार झलक गैरे लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रमका सहजकर्ता हरि गुरुङ्गले वन्यजन्तुको क्षतिबाट जोगिन बीमा प्रणाली र राहत निर्देशिकाको महत्वबारे जानकारी गराउनुभयो । साथै, वन्यजन्तु र मानिसबीचको सहअस्तित्वका उपायहरुबारे छलफल गरियो ।

कार्यक्रमले किशोरकिशोरी र युवाहरुलाई मानव–वन्यजन्तु द्वन्द सम्बोधनका लागि आवश्यक वकालत क्षमता र सचेतना अभिवृद्धिमा टेवा पु¥याएको सीसीएनका कार्यकारी निदेशक तुला अधिकारीले जनाउनु भएको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …