Pairabi logo

पुस २६, २०८२, शनिबार                    

डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

डेक्स

डेक्स

डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन
ADVERTISEMENT

बाँकेको नरैनापुर गाउँपालिका–१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको उद्घाटन गरिएको छ ।  

‘सीमा बासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरुप सशस्त्र प्रहरी बल नं ३० गण हेडक्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा नेपाल भारत आवतजावत गर्ने सर्वसाधरणका लागि पिउने पानीको धारा, सार्वजनिक शौचालय र चौतारोसहित भवनको उद्घाटन गरिएको हो ।

बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीका अनुसार छिमेकी मुलुक भारतसँग सीमा जोडिएको नरैनापुर–१ सुइयामा सार्वजनिक शौचालय, शुद्ध खानेपानीका लागि ट्याङ्कीलगायत संरचना रु दुई लाखमा निर्माण गरिएको हो । साथै डुडुवा गाउँपालिका–१ खडैँचामा प्रतिक्षालय र खानेपानी ट्याङ्की निमार्ण गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई लक्षित गरेर ‘सीमा क्षेत्र विकास योजना’ सञ्चालन गरिरहेका जनाउँदै डाँगीले सोही योजनाअन्तर्गत नेपाल–भारत सिमानाका स्थानीयको आवश्यकताअनुसार सशस्त्र प्रहरीले धारा, प्रतिक्षालय र शौचालय निर्माण गर्दै आएको बताउनुभयो । 

“सीमा नाकामा बस्ने दुई देशका नागरिकलाई आवतजावत गर्दा शौच गर्ने वातावरण सहज होस् भन्ने उद्देश्ले हामीले सीमानाका भौतिक संरचना निमार्ण गरेका हौँ”, उहाँले भन्नुभयो, “खानेपानी र शौचालयको व्यवस्थाले वातावरण सफा हुनुका साथै स्थानीयको स्वास्थ्यमा पनि सुधार हुँदै जानेछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्‍याएको योगदान सराहनीय रहेको बताउनुभयो । “सीमाका बासिन्दाको खानेपानी, वातावरणीय सरसफाइलगायत पक्षलाई समेटेर सशस्त्र प्रहरीले उदाहरणीय कामको सुरुआत गरेकामा धन्यवाद”, उहाँले भन्नुभयो, “शान्ति सुरक्षासँगै वातावरण सरसफाइसँग जोडिएको शौचालयको विषयमा पनि सशस्त्र प्रहरी गम्भिर छन् । यस्ता भौतिक संरचनाले विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग पुग्नेछ ।”        

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीको यो कदम प्रशंसायोग्य रहेको बताउनुभयो । 

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सशस्त्र प्रहरीसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का श्रावस्ती ६२ बटालियन कमान्डेन्ट अमरेन्द्रकुमार बरुनले सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग नियमित बैठक र समन्वय हुने गरेको बताउँदै उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसँग नेपालबाट गाँजा, चरेश र मदिरालगायत सामग्री भारततर्फ हुने तस्करी नियन्त्रणमा समन्वय गरिदिन आग्रह गर्नुभयो । 

सीमा नाकामा शौचालय, खानेपानी र प्रतिक्षालय निर्माण गरेर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको भन्दै भारतीय एसएसबी अमरेन्द्रले प्रशंसा गर्नुभयो । उहाँले दैनिक दुई सयदेखि चार सयसम्म नागरिक नेपाल–भारत आवतजावत गर्ने गरेकोले शौचालय निर्माणले यात्रुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र त्यहाँ उभिएको अनुभूति हुने गरेको बताउनुभयो । उहाँले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापनलगायत क्षेत्रमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल–भारत सिमानामा हुने तस्करी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।   

ताजा

सबै

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

जानकी गाउँपालिकाको हिंसा सम्वोधनका लागि सिफारिस प्रर्णाली निर्देशिका निमार्ण

नेपालगन्ज । बाँके जानकी गाउँपालिकाको महिला तथा बालिकाविरुद्ध हुने हिंसा सम्वोधनका …

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

लोकप्रिय

सबै

स्वास्थ्यमा डुडुवा गाउँपालिका बाँके मै उत्कृष्ट

डुडुवा (बाँके), २४ पुस । बाँके डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवा अन्र्तगतको कार्य सम्…

डिजिटल हिंसामा आधारित कचहरी नाटक ‘स्वतन्त्र पाईला’ प्रर्दशन शुरु

नेपालगन्ज, २१ पुस । लैङ्गिक हिंसा सम्वन्धी कानुनी सचेतना अन्र्तगत डिजिटल हिंसामा आधार…

सार्वजनिक सरोकार समूहद्धारा अदालतको आदेश कार्यान्वयनमा जोड

बसन्त गौतम नेपालगञ्ज, २३ पुस। सार्वजनिक सरोकार कानून व्यवसायी समूहको बुधबार बसेको ब…

नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आचार संहिता तयार

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार (निवारण) आ…

यो पनि

डुडुवाको १९औँ गाउँसभा

डुडुवाको १९औँ गाउँसभा

डुडुवा (बाँके), २५ पुस । बाँके डुडुवा गाउँपालिकाको १९औँ गाउँसभा बसेको छ । आज शु…

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा

बाँके, २४ पुस । राप्तीसोनारी गाउँपालिकाको १८औँ गाउँसभा बसेको छ । जसमा गाउँपालिका…

चिसोले जनजविन प्रभावित

चिसोले जनजविन प्रभावित

नेपालगन्ज १८ पुस । बाँकेलगायत पश्चिम तराईमा चिसो बढेको छ । विहानैदेखि यहाँ हुस्सु …

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

नेपालगञ्ज, १३ पुसः बाँकेमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु गरिएको छ । जिल्ला निर्…