Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन

डेक्स

डेक्स

डुडुवा र नरैनापुरमा निर्मित संरचनाको उद्घाटन
ADVERTISEMENT

बाँकेको नरैनापुर गाउँपालिका–१ नेपाल बडर आउट पोष्ट कटकुईयाको पूर्वीसीमा क्षेत्र सुइया नाकामा सशस्त्र प्रहरीद्वारा निर्मित भौतिक संरचनाको उद्घाटन गरिएको छ ।  

‘सीमा बासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमको अवधारणाअनुरुप सशस्त्र प्रहरी बल नं ३० गण हेडक्वाटर बागेश्वरी गण र गाउँपालिकाको संयुक्त सहकार्यमा नेपाल भारत आवतजावत गर्ने सर्वसाधरणका लागि पिउने पानीको धारा, सार्वजनिक शौचालय र चौतारोसहित भवनको उद्घाटन गरिएको हो ।

बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीका अनुसार छिमेकी मुलुक भारतसँग सीमा जोडिएको नरैनापुर–१ सुइयामा सार्वजनिक शौचालय, शुद्ध खानेपानीका लागि ट्याङ्कीलगायत संरचना रु दुई लाखमा निर्माण गरिएको हो । साथै डुडुवा गाउँपालिका–१ खडैँचामा प्रतिक्षालय र खानेपानी ट्याङ्की निमार्ण गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रलाई लक्षित गरेर ‘सीमा क्षेत्र विकास योजना’ सञ्चालन गरिरहेका जनाउँदै डाँगीले सोही योजनाअन्तर्गत नेपाल–भारत सिमानाका स्थानीयको आवश्यकताअनुसार सशस्त्र प्रहरीले धारा, प्रतिक्षालय र शौचालय निर्माण गर्दै आएको बताउनुभयो । 

“सीमा नाकामा बस्ने दुई देशका नागरिकलाई आवतजावत गर्दा शौच गर्ने वातावरण सहज होस् भन्ने उद्देश्ले हामीले सीमानाका भौतिक संरचना निमार्ण गरेका हौँ”, उहाँले भन्नुभयो, “खानेपानी र शौचालयको व्यवस्थाले वातावरण सफा हुनुका साथै स्थानीयको स्वास्थ्यमा पनि सुधार हुँदै जानेछ ।”

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले पुर्‍याएको योगदान सराहनीय रहेको बताउनुभयो । “सीमाका बासिन्दाको खानेपानी, वातावरणीय सरसफाइलगायत पक्षलाई समेटेर सशस्त्र प्रहरीले उदाहरणीय कामको सुरुआत गरेकामा धन्यवाद”, उहाँले भन्नुभयो, “शान्ति सुरक्षासँगै वातावरण सरसफाइसँग जोडिएको शौचालयको विषयमा पनि सशस्त्र प्रहरी गम्भिर छन् । यस्ता भौतिक संरचनाले विशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकलाई प्रत्यक्ष सहयोग पुग्नेछ ।”        

नरैनापुर गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयसँगको सम्बन्ध अझ प्रगाढ र सुमधुर बनाएर काम गर्न सशस्त्र प्रहरीको यो कदम प्रशंसायोग्य रहेको बताउनुभयो । 

डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीले निर्वाह गरिरहेको भूमिका अतुलनीय रहेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले सशस्त्र प्रहरीसँग समन्वय गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी)का श्रावस्ती ६२ बटालियन कमान्डेन्ट अमरेन्द्रकुमार बरुनले सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँग नियमित बैठक र समन्वय हुने गरेको बताउँदै उहाँले बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसँग नेपालबाट गाँजा, चरेश र मदिरालगायत सामग्री भारततर्फ हुने तस्करी नियन्त्रणमा समन्वय गरिदिन आग्रह गर्नुभयो । 

सीमा नाकामा शौचालय, खानेपानी र प्रतिक्षालय निर्माण गरेर दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको भन्दै भारतीय एसएसबी अमरेन्द्रले प्रशंसा गर्नुभयो । उहाँले दैनिक दुई सयदेखि चार सयसम्म नागरिक नेपाल–भारत आवतजावत गर्ने गरेकोले शौचालय निर्माणले यात्रुलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । 

बाँकेका प्रमुख जिल्ला अधिकारी रिजालले सीमा क्षेत्रमा सशस्त्र प्रहरी उभिएको देख्दा राष्ट्र त्यहाँ उभिएको अनुभूति हुने गरेको बताउनुभयो । उहाँले नेपाल–भारत सीमा क्षेत्रबाट हुने चोरी, तस्करी नियन्त्रणसँगै सीमा सुरक्षा, विपद् व्यवस्थापनलगायत क्षेत्रमा सशस्त्र प्रहरीले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै नेपाल–भारत सिमानामा हुने तस्करी नियन्त्रण गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।   

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…