Pairabi logo

कात्तिक १४, २०८३, शुक्रबार                    

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन

डेक्स

डेक्स

लुम्बिनी कप महिला फुटबलको सल्लाहकारमा सम्झना र राठौर मनोनयन
ADVERTISEMENT

नेपालगन्जमा हुन लागेको प्रथम लुम्बिनी कप महिला फुटबल प्रतियोगिताको सल्लाहाकारमा बरिष्ट फुटबलकर्मी गोवद्र्धन सिंह सम्झना र प्रदेश सिंह राठौरलाई मनोनयन गरिएको छ । 

आयोजक अन्तरालले उहाँहरुलाई प्रतियोगिताको सल्लाहाकारको रुपमा मनोनयन गरेको जनाएको छ ।  सिंह अखिल नेपाल फुटबल संघ ( एन्फा) का पूर्व उपाध्यक्ष हुनुहुन्छ भने राठौर एन्फाका पूर्व केन्द्रीय सदस्य र बाँके जिल्ला फुटवल संघका पूर्व अध्यक्ष हुनुहुन्छ । 

बाँके जिल्ला फुटबल संघको सहकार्यमा अन्तरालले लुम्बिनी कप महिला फुटवल आगामी फागुन १९ गतेदेखि २९ गते सम्म नेपालगन्जमा आयोजना गर्ने तयारी गरेको छ । नेपालगन्ज रंगशालामा हुने उक्त फुटवल प्रतियोगितामा नेपाल र छिमेकी मित्र राष्ट्र भारतका ८ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताले पश्चिम नेपालको फुटबल विकासमा महत्वपुर्ण भुमिका खेल्ने अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य एवम् बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताउनु भयो । उहाँले भन्नु भयो,‘यो प्रतियोगिता हाम्रो लागि विशेष छ । पश्चिम नेपालमा महिलाको स्तरीय प्रतियोगिता हुँदैन । यसले महिला फुटबलमा नयाँ किसिमको उर्जा थप्ने हामीले विश्वास लिएका छौं ।’

अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले फुटबल क्षेत्रमा महत्वपुर्ण व्यक्तिलाई सल्लाहाकारको रुपमा नियुक्त गर्न पाउँदा खुसी लागेको बताउनु भएको छ । उहाँले भन्नु भयो,‘लुम्बिनी कप महिला फुटबल महिला खेलाडीलाई अवसर प्रदान गर्न आयोजना गर्न लागिएको हो । 


 

ताजा

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

अवधी समुदायका महिलाले करवा चौथ पर्ब मनाउदै

बाँके, १२ कार्तिक :आज कार्तिक कृष्ण चतुर्थी पश्चिम तराईका जिल्लामा अवधी समुदायका महिल…

बाँकेमा काला नमक धानको संरक्षण गरिँदै

बाँके, ११ कात्तिकः सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न थालि…

किसानलाई धान भित्र्याउन भ्याइनभ्याई

बाँके ११ कात्तिकः मौसम पूर्वानुमान महाशाखाले पानी पर्ने प्रक्षेपण गरेसँगै बाँकेका कि…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…