Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

न्यायिक निकायलाई पीडित मैत्री बनाउनुपर्नेमा जोड

डेक्स

डेक्स

न्यायिक निकायलाई पीडित मैत्री बनाउनुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज, १३ पुस । न्यायिक निकायलाई पिडित मैत्री बनाउन नेपालगन्जमा जोड दिइएको छ । लैङ्गिक हिंसा लगायत विभिन्न कारणले पीडित बनेका महिलाहरुलाई सम्मान जनक रुपमा सहज सेवा उपलब्ध गराउनुपर्ने कानून विज्ञहरुले सुझाव दिएका हुन । 

पीडित महिलाहरुलाई विशेष गरि अदालत, प्रहरी, सरकारी वकिलको कार्यालय, न्यायिक समितिमा महिलालाई गरिने व्यहवारमा परिवर्तन गरि पीडितमैत्री सेवा उपलब्ध गराउनुपर्ने सरोकारवालाले जोड दिएका छन । पीडित केन्द्रित दृष्टीकोणबाट लैङ्गिक हिंसाको मुद्दामा न्यायमा पहुँचबारे तीन दिने कार्यशालाका सहभागीलाई जानकारी गराउने क्रममा अदालतका न्यायधिसले महिलाहरुलाई समान रुपमा न्याय प्रदान गर्नुपर्ने बताएका थिए । 

महिला कानून र विकास मंच (एफडब्लुएलडी)द्धारा नेपालगन्जमा आयोजित कार्यशालामा न्यायिक क्षेत्रमा लैङ्गिक हिंसाबाट पीडित महिलाहरुको न्यायको अवस्था, सेवाको प्रभावकारिता, सरोकारवाला निकायको भुमिका तथा कानूनी प्रक्रियालगायतका बारेमा छलफल गरिएको छ । 

कार्यशालामा उच्च अदालत नेपालगन्ज इजलास, बाँके र बर्दिया जिल्ला अदालत, जिल्ला तथा उच्च सरकारी वकिलको कार्यालय, कानून व्यवसायी र स्थानीय तहका न्यायिक समितिका कर्मचारीहरुको सहभागिता रहेको छ । 

कार्यशालामा हिंसाबाट पिडित महिलाहरुलाई न्यायिक निकायमा प्रदान गर्ने सेवा, गरिने व्यवहार, प्रमाण, अध्ययन अनुसन्धान प्रक्रिया, महिला मैत्री सेवालगायतका बारेमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायधिस पुनमसिंह चन्द, बाँके जिल्ला अदालतका माननीय न्यायधिस भिष्म प्रसाई, वरिष्ठ अधिबक्ता सुनिल कुमार श्रेष्ठ, एफडब्लुएलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले सहजीकरण गर्नुभएको छ ।  

भोली आइतबार उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका सहन्याधिबक्ता अशोक रेग्मी साईबर अपराध कानूनका बारेमा सहजीकरण गर्नुहुनेछ ।  

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…