Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

पिडितको न्यायमा पहुँचबारे तीन दिने कार्यशाला शुरु

डेक्स

डेक्स

पिडितको न्यायमा पहुँचबारे तीन दिने कार्यशाला शुरु
ADVERTISEMENT

नेपालगन्ज १२ पुस । पीडित केन्द्रित दृष्टीकोणबाट लैङ्गिक हिंसाको मुद्दामा न्यायमा पहुँचबारे तीन दिने कार्यशाला नेपालगन्जमा शुरु भएको छ । महिला कानून र विकास मंच एफडब्लुएलडीद्धारा आयोजित कार्यशालामा न्यायिक क्षेत्रमा लैङ्गिक हिंसाबाट पिडित महिलाहरुको न्यायको अवस्था, सेवाको प्रभावकारिता, सरोकारवाला निकायको भुमिका तथा कानूनी प्रक्रियालगायतका बारेमा जानकारी गराइने छ । 

कार्यशालामा उच्च अदालत नेपालगन्ज इजलास, बाँके र बर्दिया जिल्ला अदालत, जिल्ला तथा उच्च सरकारी वकिलको कार्यालय, कानून व्यवसायी र स्थानीय तहका न्यायिक समितिका कर्मचारीहरुको सहभागिता रहेको छ । 

कार्यशालामा हिंसाबाट पिडित महिलाहरुलाई न्यायिक निकायमा प्रदान गर्ने सेवा, गरिने व्यवहार, प्रमाण, अध्ययन अनुसन्धान प्रक्रिया, महिला मैत्री सेवालगायतका बारेमा छलफल गरिने एफ डब्लु एलडीका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताउनुयो । 

कार्यशालाको उद्घाटन गर्दै उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका बरिष्टतम न्यायधिस चन्द्रबहादुर सारुले समाजमा महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि परिवर्तन नभएकाले सबै भन्दा पहिला पुरुष र महिला बराबरको सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिदै महिलाहरुको कानूनी रुपमा समाबेशीताको कोटा अझै बढाउनुपर्ने बताउनुभयो । 

उहाँले राजनितिक रुपमा हरेक तहतप्कामा महिलाको पहुँच तथा सहभागिता बढाउनुपर्ने भन्दै पिडित तथा विपन्न महिलाहरुको हितमा स्थानीय सरकारले कानून निमार्ण गरि कार्यान्वयन गर्न सुझाव दिनुभयो । वरिष्टतम न्यायधिस सारुले पिडित महिलाहरुले अदालत, प्रहरी र सरकारी वकिल कार्यालयमा उजुरी, प्रमाण, वकपत्र, सुरक्षालगायतको सेवा छिटो र सहज बाताबरणमा प्रदान गर्नुपर्ने भन्दै न्यायिक निकायमा समेत महिला मैत्री संरचनाको विकास गरि कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यशालामा सार्वजनिक सरोकार कानून व्यवसायी समुहका संयोजक वरिष्ठ अधिबक्ता सुनिलकुमार श्रेष्ठले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो । कार्यशालामा कानूनकाविज्ञले सहजीकरण गर्ने एफडब्लुएलडीका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । 


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…