Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित

डेक्स

डेक्स

मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित
ADVERTISEMENT

बर्दिया ४ पुस। बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्‍याउन थालेपछि उनीहरु बेसार खेती गर्न थालेका हुन । 

पहिले धान, मकै, गहुँ र तोरीजस्ता परम्परागत बाली लगाउँदै आउनुभएका मधुवन नगरपालिका–१ कैलासीका किसान नयाँराम सुनारले विगत चार वर्षदेखि बेसार खेती गर्न थाल्नुभएको छ । धान, मकै, गहुँ र तोरीजस्ता बाली भित्र्याउने बेलामा वन्यजन्तुले ठुलो क्षति पुर्याउने गरेकोले वैकल्पिक खेतीतर्फ लाग्नुपरेको सुनारले बताउनुभयो । 

मधुवनकै अर्का किसान नरेश चौधरी पनि अहिले बेसार खेतीमा रमाइरहनुभएको छ । वन्यजन्तुको डर बिना खेती गर्न पाउँदा धेरै सजिलो भएको जनाउँदै उहाँले  बेसारबाट राम्रै आम्दानी गर्न सकिएको बताउनुभयो । खेतीमा लाग्ने खर्च पनि कम हुँदा परम्परागत अन्नबालीले भन्दा बेसारले बढी आर्थिक फाइदा दिन थालेको चौधरीको भनाइ छ । 

बर्दियामा प्रत्येक वर्ष निकुञ्जका वन्यजन्तुबाट अन्नबालीमा ठूलो क्षति हुने गरेको छ । बेसार, कागती र अन्य जडीबुटी खेतीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यी बालीहरूले किसानको आर्थिक अवस्था सुधार्नुका साथै खेतीप्रति थप रुचि जगाएको पाइएको छ ।

बेसार खेतीले पारिवारिक आम्दानीमा ठूलो सुधार ल्याएको किसानहरुको भनाइ छ । बेसार खेतीबाट प्रत्येक वर्ष एक देखि दुई लाख रुपियाँसम्म आम्दानी भइरहेकोले यसले घर खर्चदेखि बालबालिकाको पढाइसम्म सहज बनाएको मधुवन १ का अर्का किसान सुनीता सुनारले बताउनुयो । 

किसानहरूलाई प्राविधिक ज्ञान, आवश्यक उपकरण र बजारसम्मको पहुँच उपलब्ध गराउन सकेमा वन्यजन्तुबाट हुने अन्नबाली क्षति न्यून गर्न सकिने मात्र नभई ग्रामीण क्षेत्रका कृषकहरूलाई आर्थिक रूपमा सुदृढ बनाउन सकिने उहाँको भनाइ छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्न र वातावरणमैत्री खेतीको प्रवर्धन गर्न, बेसार र कागती जस्ता बालीहरू भविष्यका लागि उत्कृष्ट समाधान बन्न सक्ने कृषि विज्ञहरूले विश्वास छ ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…