Pairabi logo

असोज ०१, २०८३, बिहीबार                    

मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित

डेक्स

डेक्स

मधुवनका किसान बेसार खेतीतर्फ आकर्षित
ADVERTISEMENT

बर्दिया ४ पुस। बर्दिया मधुवनका किसानहरू वैकल्पिक खेतीको रुपमा बेसार खेतीतर्फ आकर्षित भएका छन । बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तुले परम्परागत बालीलाई क्षति पुर्‍याउन थालेपछि उनीहरु बेसार खेती गर्न थालेका हुन । 

पहिले धान, मकै, गहुँ र तोरीजस्ता परम्परागत बाली लगाउँदै आउनुभएका मधुवन नगरपालिका–१ कैलासीका किसान नयाँराम सुनारले विगत चार वर्षदेखि बेसार खेती गर्न थाल्नुभएको छ । धान, मकै, गहुँ र तोरीजस्ता बाली भित्र्याउने बेलामा वन्यजन्तुले ठुलो क्षति पुर्याउने गरेकोले वैकल्पिक खेतीतर्फ लाग्नुपरेको सुनारले बताउनुभयो । 

मधुवनकै अर्का किसान नरेश चौधरी पनि अहिले बेसार खेतीमा रमाइरहनुभएको छ । वन्यजन्तुको डर बिना खेती गर्न पाउँदा धेरै सजिलो भएको जनाउँदै उहाँले  बेसारबाट राम्रै आम्दानी गर्न सकिएको बताउनुभयो । खेतीमा लाग्ने खर्च पनि कम हुँदा परम्परागत अन्नबालीले भन्दा बेसारले बढी आर्थिक फाइदा दिन थालेको चौधरीको भनाइ छ । 

बर्दियामा प्रत्येक वर्ष निकुञ्जका वन्यजन्तुबाट अन्नबालीमा ठूलो क्षति हुने गरेको छ । बेसार, कागती र अन्य जडीबुटी खेतीले वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । यी बालीहरूले किसानको आर्थिक अवस्था सुधार्नुका साथै खेतीप्रति थप रुचि जगाएको पाइएको छ ।

बेसार खेतीले पारिवारिक आम्दानीमा ठूलो सुधार ल्याएको किसानहरुको भनाइ छ । बेसार खेतीबाट प्रत्येक वर्ष एक देखि दुई लाख रुपियाँसम्म आम्दानी भइरहेकोले यसले घर खर्चदेखि बालबालिकाको पढाइसम्म सहज बनाएको मधुवन १ का अर्का किसान सुनीता सुनारले बताउनुयो । 

किसानहरूलाई प्राविधिक ज्ञान, आवश्यक उपकरण र बजारसम्मको पहुँच उपलब्ध गराउन सकेमा वन्यजन्तुबाट हुने अन्नबाली क्षति न्यून गर्न सकिने मात्र नभई ग्रामीण क्षेत्रका कृषकहरूलाई आर्थिक रूपमा सुदृढ बनाउन सकिने उहाँको भनाइ छ । वन्यजन्तु र मानवबीचको द्वन्द्व कम गर्न र वातावरणमैत्री खेतीको प्रवर्धन गर्न, बेसार र कागती जस्ता बालीहरू भविष्यका लागि उत्कृष्ट समाधान बन्न सक्ने कृषि विज्ञहरूले विश्वास छ ।

ताजा

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

लोकप्रिय

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

यो पनि

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…