Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

डेक्स

डेक्स

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या
ADVERTISEMENT

नेपालगञ्ज ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो ।

हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको अभावलाई हटाउन गड्यौलाको मल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । “कृषि कर्म गर्दा स्वस्थ उत्पादनमा जोड दिनुपर्छ । अनावश्यक रूपमा रसायनिक मलको प्रयोग गर्दा माहो र जलमा नकारात्मक असर गर्न सक्छ”, उहाँले भन्नुभयो । 

अन्य किसानले उत्पादन गरेका गोलभेँडा, काउलीलगायत तरकारी सङ्कलन गरेर प्रशोधन र बजारीकरण गर्दै किसानको उत्थान गरिरहेको बताउँदै हमालले जैविक मलका रूपमा गड्यौला मल प्रभावकारी हुनुका साथै कमटोको उर्वरशक्ति बढाउने उल्लेख गर्नुभयो । 

विसं २०७१ देखि २०७५ सम्म करिब ५० क्विन्टल मल उत्पादन भएको भन्दै हमालले पछिल्लो समय त्यसलाई बढाएर वार्षिक ३२ टन पु¥याइएको जानकारी दिनुभयो । गड्यौलाको मलको उत्पादन वृद्धि गर्दै एक सय टन पु¥याउने योजना रहेको उहाँले जानकारीदिनुभयो । आत्मनिर्भर कृषि कर्मको विकास गर्न, विदेशी कम्पनीले उत्पादन गरेका बिउ र रासायनिक मललाई विस्थापित गर्न अर्गानिक उत्पादनमा स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्नेमा हमालले जोड दिनुभयो । “हामी परनिर्भर हुँदा उत्पादकत्व घटेको छ”, उहाँले भन्नुभयो । 

हमालले स्थानीय स्रोतसाधनको कच्चापदार्थ सदुपयोग गरेर गड्यौलाको मल उत्पादन गरिरहनुभएको छ । दश फिट लम्बाई र २२ फिट चौडाईमा निर्माण भएको ५२ पिटमा ४० क्विन्टल गड्यौला बिक्री भएको उहाँले जानकारी दिनुभयो । भारतको पिलिभितबाट ती गड्यौला नेपालगञ्ज ल्याएको उहाँको भनाइ छ । रु १५ हजारबाट सुरु भएको फार्ममा अहिले रु २२ लाख लगानी भइसकेको छ । सबै खर्च कटाएर वार्षिक रु २२ लाखसम्म आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मल प्रतिकिलोलाई रु ३० र गड्यौला प्रतिकिलो रु तीन सयमा बिक्री भइरहेको हमालले जानकारी दिनुभयो । उहाँले गाईभैँसीको गोबर र स्याउला सङ्कलन गरेर खाडलमा राखी पाँचदेखि १० महिनामा ‘आइसनिया फेडिडा’ नामक प्रजातिको गड्यौलालाई गोबर खुवाएर मल उत्पादन हुने बताउनुभयो ।

यसले माटोको उर्वर शक्ति १० गुणा बढी वृद्धि हुने विश्वास गरिएको छ । गड्यौलाले बिरुवाका लागि तयारी खाना उत्पादन गर्दछ । यो मल पानीमा पनि घुलनशील हुने, प्रतिफल पनि छिटो दिने र बालीको उत्पादन पनि बढाउने विज्ञहरू बताउँछन् । 

उपमहानगरको कृषि शाखा र कृषि ज्ञान केन्द्र बाँकेबाट प्राविधिक सहयोगसहित रु पाँच लाख आर्थिक सहयोग प्राप्त भएको हमालले जानकारी दिनुभयो । चार कट्ठा जमिन भाडामा लिएर फार्म सञ्चालन भएको हो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

नेपालगन्ज, ६ असोजः नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी…

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…