Pairabi logo

असोज ०१, २०८३, बिहीबार                    

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या

डेक्स

डेक्स

नेपालगञ्जमा उत्पादित गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या
ADVERTISEMENT

नेपालगञ्ज ३० कात्तिकः नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी तेजनगरका वीरबहादुर हमाललाई गड्यौलाको मल जुम्लामा पुर्‍याउन समस्या भएको छ । जुम्लासहित उच्च हिमाली भेगमा स्याउ किसानले गड्यौलाको मलको माग गरेपछि मल ढुवानीमा समस्या भएको हो ।

हमालले जमिन उर्वर बनाउन र विद्यमान मलको अभावलाई हटाउन गड्यौलाको मल सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । “कृषि कर्म गर्दा स्वस्थ उत्पादनमा जोड दिनुपर्छ । अनावश्यक रूपमा रसायनिक मलको प्रयोग गर्दा माहो र जलमा नकारात्मक असर गर्न सक्छ”, उहाँले भन्नुभयो । 

अन्य किसानले उत्पादन गरेका गोलभेँडा, काउलीलगायत तरकारी सङ्कलन गरेर प्रशोधन र बजारीकरण गर्दै किसानको उत्थान गरिरहेको बताउँदै हमालले जैविक मलका रूपमा गड्यौला मल प्रभावकारी हुनुका साथै कमटोको उर्वरशक्ति बढाउने उल्लेख गर्नुभयो । 

विसं २०७१ देखि २०७५ सम्म करिब ५० क्विन्टल मल उत्पादन भएको भन्दै हमालले पछिल्लो समय त्यसलाई बढाएर वार्षिक ३२ टन पु¥याइएको जानकारी दिनुभयो । गड्यौलाको मलको उत्पादन वृद्धि गर्दै एक सय टन पु¥याउने योजना रहेको उहाँले जानकारीदिनुभयो । आत्मनिर्भर कृषि कर्मको विकास गर्न, विदेशी कम्पनीले उत्पादन गरेका बिउ र रासायनिक मललाई विस्थापित गर्न अर्गानिक उत्पादनमा स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्नेमा हमालले जोड दिनुभयो । “हामी परनिर्भर हुँदा उत्पादकत्व घटेको छ”, उहाँले भन्नुभयो । 

हमालले स्थानीय स्रोतसाधनको कच्चापदार्थ सदुपयोग गरेर गड्यौलाको मल उत्पादन गरिरहनुभएको छ । दश फिट लम्बाई र २२ फिट चौडाईमा निर्माण भएको ५२ पिटमा ४० क्विन्टल गड्यौला बिक्री भएको उहाँले जानकारी दिनुभयो । भारतको पिलिभितबाट ती गड्यौला नेपालगञ्ज ल्याएको उहाँको भनाइ छ । रु १५ हजारबाट सुरु भएको फार्ममा अहिले रु २२ लाख लगानी भइसकेको छ । सबै खर्च कटाएर वार्षिक रु २२ लाखसम्म आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो ।

मल प्रतिकिलोलाई रु ३० र गड्यौला प्रतिकिलो रु तीन सयमा बिक्री भइरहेको हमालले जानकारी दिनुभयो । उहाँले गाईभैँसीको गोबर र स्याउला सङ्कलन गरेर खाडलमा राखी पाँचदेखि १० महिनामा ‘आइसनिया फेडिडा’ नामक प्रजातिको गड्यौलालाई गोबर खुवाएर मल उत्पादन हुने बताउनुभयो ।

यसले माटोको उर्वर शक्ति १० गुणा बढी वृद्धि हुने विश्वास गरिएको छ । गड्यौलाले बिरुवाका लागि तयारी खाना उत्पादन गर्दछ । यो मल पानीमा पनि घुलनशील हुने, प्रतिफल पनि छिटो दिने र बालीको उत्पादन पनि बढाउने विज्ञहरू बताउँछन् । 

उपमहानगरको कृषि शाखा र कृषि ज्ञान केन्द्र बाँकेबाट प्राविधिक सहयोगसहित रु पाँच लाख आर्थिक सहयोग प्राप्त भएको हमालले जानकारी दिनुभयो । चार कट्ठा जमिन भाडामा लिएर फार्म सञ्चालन भएको हो ।

ताजा

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

बाँकेमा १९३ कुष्ठरोगी

गत आर्थिक वर्ष ०८२र०८३ मा १९३ नयाँ कुष्ठरोगी फेला परेका छन् । बाँकेको जानकी गाउँपाल…

राप्ती नदीमा निर्माणाधीन पुल विस्तार गर्न स्थानीयको माग

नेपालगञ्ज, २५ भदौः बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाको भूभागमा …

लोकप्रिय

सबै

समुदायमा आधारित बालसंरक्षण संयन्त्र सुदृढीकरणका लागि तीन दिने प्रशिक्षण

बर्दिया, भदौ २९ । सुरक्षित भविष्य परियोजनाअन्तर्गत मधुवन नगरपालिकामा समुदायमा आधारित…

राजापुरका शिक्षक अभिभावकलाई बाल संरक्षणसम्बन्धी तालिम

बर्दिया, भदौ २९ । बाँके युनेस्को क्लबद्वारा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथ…

यो पनि

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

भारतबाट सागसब्जी आयात घटेपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो

नेपालगन्ज, २७ साउनः भारतीय सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय किसानको…

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

सन्तानेश्वर महादेव मन्दिरः धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज, १७ साउनः बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा …

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार

नेपालगन्ज १० साउनः बाँकेमा सङ्कटमा परेका १९१ वन्यजन्तुको उद्धार गरिएको छ । जिल्लास्थित…

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि

नेपालगञ्ज, ९ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जस्थित मत्स्य विकास केन्द्…