Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको चासो

डेक्स

डेक्स

विद्यालयको गुणस्तर सुधारमा पालिका अध्यक्ष पौडेलको चासो
ADVERTISEMENT

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा विद्यालयको अनुगमन गरिएको छ । गाउँपालिका अध्यक्षसहितको टोलीले विद्यालयको अनुगमन गरेको हो । अनुगमन टोलीले राप्ती सोनारी गाउँपालिका वडा नं–८ स्थित शिवशक्ति माध्यमिक विद्यालय पेरानीको अनुगमन गरेको हो । 

त्यसक्रममा गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले पालिकाले शैक्षिक सुधारका लागि आवश्यक बजेट बिनियोजन गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकहरुको बिशेष ध्यान गुणस्तर सुधारमा लगाउन निर्देशन दिनुभयो ।

 ‘विद्यालयमा आवश्यक कुराहरुको पालिकाले व्यवस्थापन गर्न हरसम्भव प्रयासरत रहनेछ, अध्यक्ष पौडेलले भन्नुभयो, ‘त्यसकारण कहीँ कतै कसैले पनि आफ्नो जिम्मेवारीबाट पन्छिन हुन्न ।’ उहाँले विद्यार्थीहरुसँग साक्षात्कार समेत गर्नुभएको थियो । विद्यालयको पढाईबारे उहाँले विद्यार्थीहरुसँग साक्षात्कार गर्नुभएको हो । 

अनुगमनमा सहभागि राप्ती सोनारी गाउँपालिका ८ का वडा अध्यक्ष शालिकराम डाँगीले  व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र शिक्षकहरुको सक्रियता आवश्यक रहेकाले यसतर्फ पनि हरेक विद्यालयले सोच्नपर्ने कुरामा जोड दिनुभयो । 

टोलीले अन्य योजनाहरुको समेत अनुगमन गरेको थियो । टोलीमा गाउँपालिकाका इन्जिनियर दुर्गा केसी, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । यो वर्ष शैक्षिक सुधारका लागि भन्दै पालिकाले विभिन्न कार्यक्रमहरु तयार गरेर योजना बनाएको छ । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…