Pairabi logo

माघ १६, २०८२, बिहीबार                    

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’

डेक्स

डेक्स

पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
ADVERTISEMENT

नेपालगन्ज, २ कार्तिक : बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ यस क्षेत्रका आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बनेको छ । 

कोहलपुर बजारबाट करिब ६ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकोले पिकनिक गर्ने, वन्यजन्तु अवलोकन गर्ने र वन जङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो । 

सो ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले गत एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको सो ताल गत केही समययता आन्तरिक पर्यटकको पहिलो रोजाई बन्दै गएको देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष महेन्द्र थारुले बताउनुभयो । 

उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि महत्वपुर्ण छ । उहाँले भन्नुभयो, ‘ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन्, अहिले पाटेबाघ, चित्तल, बँदेल लगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन्, । 

ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटन सम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना देखिन्छन् । तर, स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोत, साधन नहुँदा सो कार्य हुन सकेको छैन । 

बैजनाथ गाउँपालिकाले सो तालका लागि हरेक वर्ष केही न केही बजेट छुट्याउँदै आएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर शाहीले सुतैया ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको जनाउँदै स्थानीय सरकारले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको बताउनुभयो । 
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …