Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बाँकेमा रु दुई करोडको मुर्ति स्थापना

सम्वाददाता

सम्वाददाता

बाँकेमा रु दुई करोडको मुर्ति स्थापना
ADVERTISEMENT

नेपालगन्ज, २७ असोज : यस वर्ष दसैँको अवसरमा बाँके जिल्लाका विभिन्न स्थानमा करिब रु दुई करोड बराबरको दुर्गा भवानीका प्रतिमा प्रतिष्ठापन (स्थापना) गरिएको छ । 

घटस्थापनाको दिन र पछिल्लो दिन गरि जिल्लाभरि तीन सय ५३ वटा दुर्गाभवानीका मूर्ति स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक यामबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार शहर तथा ग्रामिण क्षेत्र अन्र्तगत विभिन्न टोल, गल्ली, चोक तथा सार्वजनिक स्थान सडकमा दुर्गा मूर्ति स्थापना गरिएको छ । 

बाँकेमा करिब रु दुई करोड बढीको दुर्गा मूर्ति खरिद तथा स्थापनामा खर्च भएको हिन्दु समाज नेपालगन्ज नगर संयोजक कृष्णमुरारी प्रसाद भट्टले बताउनुभयो । उहाँका अनुसार ३० देखि ७० हजार मूल्यका मूर्तिहरु खरिद गरि प्रतिष्ठापन गरिएका छन् । 

जिल्लाको नेपालगन्ज, खजुरा, कोहलपुर, राँझा, डुडुवा, नरैनापुर, जानकीलगायत क्षेत्रमा राखिएका दुर्गा मूर्तिहरु नेपालगन्ज र केहि भारतीय सीमा बजार रुपइडिहाबाट ल्याइएको छ । स्थानीयबासीले भारतीय बजारबाट मूर्ति खरिद गरेर ल्याएको स्थानीय अगुवा नन्दलाल वैश्यले बताउनुभयो । 

विजयादशमीको घटस्थापनादेखि स्थापना भएका मुर्ति स्थलमा दैनिक पुजापाठ, भजन किर्तन, जागरण, गित संगितका साथै भण्डाराको कार्यक्रम हुदै आएको छ । 
–––

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …