Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

संविधान दिवसमा विभिन्न व्यक्तीलाई सम्मान

डेक्स

डेक्स

संविधान दिवसमा विभिन्न व्यक्तीलाई सम्मान
ADVERTISEMENT

नेपालगन्ज ३ असोज । विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्‍याउनुभएका बाँकेका सात जना वरिष्ठ व्यक्तिहरुलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगन्जमा सम्मान गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेले आयोजना गरेको एक कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो । 

सम्मानित हुनुहुनेहरुमा बाँकेका वरिष्ठ साहित्यकारहरु वरिष्ठ कथाकार सनतकुमार रेग्मी, उर्दूका वरिष्ठ शायर अब्दुल लतिफ शोैक, समाजसेवी तथा करिब २० करोडको जग्गादाता जयकेश सिंह, बाँकेमा सबैभन्दा बढी १७६ पटक रक्तदान गर्ने रक्तदाता गोपीलाल बैश्य, महिलाहरुमा सबैभन्दा बढी ६५ पटक रक्तदान गर्ने रक्तदाता सरिता ज्ञवाली, कोभिडको समयदेखि नै भेरी अस्पताल परिसरमा सस्तोमा राम्रो खाना खुवाउँदै आउनुभएका अन्जनी माता रसोईका सञ्चालक जितेन्द्र कुमारसिंह र योगमार्फत मानवसेवा निरन्तर क्रियाशील योग गुरु गिरिराज भट्टराई रहनुभएको छ । 

उहाँहरुलाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु, नेपालगन्जका मेयर प्रशान्त बिष्ट र संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नुभयो । 

ऐतिहासिक र महान् दिनमा सम्मान गरिएकोमा गौरवको अनूभूति भइरहेको प्रतिक्रिया सम्मानित हुनुभएका वरिष्ठ कथाकार सनतकुमार रेग्मीले दिनुभयो । संविधान दिवसकै अवसर पारेर आयोजना गरिएको भलिभल प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा विजयी भएकाहरुलाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । 

भलिबल प्रतियोगितामा बाँके जिल्ला भलिबल सङ्घ प्रथम, नेपाली सेना दोस्रो र नेपाल प्रहरीको टोली तेस्रो स्थान पाउन सफल भएका थिए । संविधानको महत्व र आवश्यकता विषयमा आयोजित वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय भएका तीन जना बालक र तीन जना बालिकालाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, नेकपा एमालेका मीनबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका नरेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका बसन्त कनौजिया, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ र वरिष्ठ अधिबक्ता सुनिल श्रेष्ठलगायतले संविधानको महत्व बारे आआफ्नो धारणा राख्नुभएको थियो । 

यसअघि बाजागाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको संविधान दिवसको र्‍यालीले नगर परिक्रमा गर्दै भेरी प्राविधिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नाङ्गो विद्युत् तारबाट १७ वर्षीय किशोर घाइते भएपछि क्षतिपूर्तिको माग गर्दै अदालतमा मुद्दा

नेपालगन्ज। सार्वजनिक सडकमा लत्रिएको नाङ्गो विद्युत् तारको सम्पर्कमा परी गम्भीर घाइते भएक…

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…