Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

संविधान दिवसमा विभिन्न व्यक्तीलाई सम्मान

डेक्स

डेक्स

संविधान दिवसमा विभिन्न व्यक्तीलाई सम्मान
ADVERTISEMENT

नेपालगन्ज ३ असोज । विभिन्न क्षेत्रमा ठुलो योगदान पुर्‍याउनुभएका बाँकेका सात जना वरिष्ठ व्यक्तिहरुलाई संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगन्जमा सम्मान गरिएको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेले आयोजना गरेको एक कार्यक्रममा उहाँहरुलाई सम्मान गरेको हो । 

सम्मानित हुनुहुनेहरुमा बाँकेका वरिष्ठ साहित्यकारहरु वरिष्ठ कथाकार सनतकुमार रेग्मी, उर्दूका वरिष्ठ शायर अब्दुल लतिफ शोैक, समाजसेवी तथा करिब २० करोडको जग्गादाता जयकेश सिंह, बाँकेमा सबैभन्दा बढी १७६ पटक रक्तदान गर्ने रक्तदाता गोपीलाल बैश्य, महिलाहरुमा सबैभन्दा बढी ६५ पटक रक्तदान गर्ने रक्तदाता सरिता ज्ञवाली, कोभिडको समयदेखि नै भेरी अस्पताल परिसरमा सस्तोमा राम्रो खाना खुवाउँदै आउनुभएका अन्जनी माता रसोईका सञ्चालक जितेन्द्र कुमारसिंह र योगमार्फत मानवसेवा निरन्तर क्रियाशील योग गुरु गिरिराज भट्टराई रहनुभएको छ । 

उहाँहरुलाई जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु, नेपालगन्जका मेयर प्रशान्त बिष्ट र संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेर सम्मानित गर्नुभयो । 

ऐतिहासिक र महान् दिनमा सम्मान गरिएकोमा गौरवको अनूभूति भइरहेको प्रतिक्रिया सम्मानित हुनुभएका वरिष्ठ कथाकार सनतकुमार रेग्मीले दिनुभयो । संविधान दिवसकै अवसर पारेर आयोजना गरिएको भलिभल प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा विजयी भएकाहरुलाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो । 

भलिबल प्रतियोगितामा बाँके जिल्ला भलिबल सङ्घ प्रथम, नेपाली सेना दोस्रो र नेपाल प्रहरीको टोली तेस्रो स्थान पाउन सफल भएका थिए । संविधानको महत्व र आवश्यकता विषयमा आयोजित वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय भएका तीन जना बालक र तीन जना बालिकालाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । 

प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली काँग्रेस बाँकेका उपसभापति गोपाल अधिकारी, नेकपा एमालेका मीनबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका नरेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका बसन्त कनौजिया, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ र वरिष्ठ अधिबक्ता सुनिल श्रेष्ठलगायतले संविधानको महत्व बारे आआफ्नो धारणा राख्नुभएको थियो । 

यसअघि बाजागाजासहित जिल्ला प्रशासन कार्यालयबाट निस्केको संविधान दिवसको र्‍यालीले नगर परिक्रमा गर्दै भेरी प्राविधिकमा पुगेर कार्यक्रममा परिणत भएको थियो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…