Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

शिक्षकलाई बिशेष तालिम

डेक्स

डेक्स

शिक्षकलाई बिशेष तालिम
ADVERTISEMENT

बर्दिया ३ असोज । बर्दियाको गुलरियामा सञ्चालन गरिएको एकिकृत पाठ्यक्रम सम्बन्धि तीन दिन कार्यशाला गोष्ठि सम्पन्न भएको छ । प्लान नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लव र शिक्षा, युवा तथा खेलकुद शाखा गुलरिया नगरपालिकाको समन्वयमा सञ्चालित शसक्त बालिका परियोजना अन्र्तगत सो कार्यशालाको आयोजना गरिएको हो । 

सो कार्यशालामा गुलरिया नगरपालिका अन्र्तगतका ४६ वटा सामुदायिक बिद्यालयका कक्षा १ देखि ३ सम्मका १४० जना शिक्षकहरुको सहभागिता रहेको शसक्त बालिका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो ।

उहाँले सो गोष्ठिको मुख्य उदेश्य बिद्यार्थीहरुको सिकाई प्रकृया तथा मुल्याङ्कन पद्धतिमा सहजता ल्याउनका लागि बिद्यार्थीहरुको मानसवटलमा सकारात्मक लैगिंक अभ्यासहरुको सिकाई, समाजमा रहेका नकारात्मक लैगिंक अवधारणा सम्बन्धि सोचहरुमा परिवर्तन, बिधार्थीहरुको व्यवहारमा परिवर्तन ल्याउन, नैतिक शिक्षामा जोड, बिधार्थीहरुको सृजनासिलता सीप विकास, नव परिवर्तन र वैज्ञानिक र व्यवहारिक शिक्षण सिकाई उपलब्धि गर्नमा सहयोग पुरयाउनु रहेको बताउनुभयो । 

कार्यशालाको सहजिकरण मधुवन नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनाल तथा ठाकुरबाबा नगरपालिका शिशु बालमन्दिरका प्रधानाध्यापक शंकर प्रसाद आर्चायले गर्नु भएको थियो । गोष्ठिमा बाँके युनेस्को क्लवका परियोजना कार्यक्रम अधिकृत ईश्वर बि।क, अनुगमन तथा मुल्याङ्कन अधिकृत अनु चौधरी, फिल्ड सुपरभाईजर भगवती बि।क।को पनि उपस्थिती रहेको थियो ।

उक्त कार्यशालाको समापन कार्यक्रममा तालिमका सहभागि सुजना भुषालले कार्यशाला गोष्ठी अतिनै उपलब्धिमुलक सिकाई, सकारात्मक बुझाई, समय सान्दर्भिक, बिद्यार्थीहरुलाई एकिकृत पाठ्यक्रममा मुल्याङ्कन पद्धती तथा व्यवहारिक शिक्षण सिकाई तथा बिद्यार्थीेको सिकाई उपलब्धीमा सहयोग पुग्ने रहेको बताउनुभयो । 
 
ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…