Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

दुर्घटना बढ्न थालेपछि छाडा चौपाया व्यवस्थापन

सम्वाददाता

सम्वाददाता

दुर्घटना बढ्न थालेपछि छाडा चौपाया व्यवस्थापन
ADVERTISEMENT

नेपालगन्ज, २३ भदौः नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको छ । रत्न राजमार्गको कोहलपुर नेपालगञ्ज खण्डमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि प्रत्येक शनिबार स्थानीय प्रशासनको सहयोगमा व्यवस्थापन सुरु गरेको हो ।

उपमहानगरपालिका–२१ स्थित बिर्तामा निमार्ण गरिएको गौशाला ९काञ्जी हाउस० मा छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने गरिएको छ । रु ३५ लाखको लगानीमा निर्माण गरिएको गौशालामा गाईगोरु र घोडासहित एक सय २६ चौपाया रहेका उपमहानगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

“पशु अधिकारको रक्षा गर्दै छाडा चौपायालाई काञ्जी हाउसमा राख्नेगरी व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “छाडा चौपायालाई सुरक्षित रूपमा राख्नाका साथै उचित दानापानीको व्यवस्थापन पनि नगरपालिकाले गरिरहेको छ ।” सडकमा छाडा छोडिएका पशुलाई नियन्त्रण लिन र स्याहार–सुसार गर्नका लागि चारजना कर्मचारीको व्यवस्थापन गरिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो । 

तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको गौशालामा राखिएका चौपायाका लागि नगरपालिकाले आफ्नै जग्गामा घाँसखेती पनि गर्दै आएको गौशालाका इन्चार्ज राकेश भारतीले बताउनुभयो । विगत पाँच वर्षदेखि गौशालाको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्दै आउनुभएका भारतीले वस्तुभाउलाई खुवाउनका लागि मौसम सुहाउँदो घाँसखेती गर्ने गरिएको जानकारी दिनुभयो ।

“घाँसखेतीका लागि मात्रै झन्डै अढाई बिगाहा जमिनको प्रयोग गरिएको छ । हिउँदमा बिहान–बेलुका गाईवस्तुलाई चराएर दिनमा एकपटक मात्र दानापानी दिने गरिन्छ भने वर्षाको समयमा बिहान र बेलुका गरी दुईपटक दानापानी दिने गरिएको छ”, उहाँले भन्नुभयो, “दिनभरि चरनका लागि सडकमा छाडिएका वस्तुलाई नगरपालिकाले नियन्त्रणमा लिएर गौशालामा राख्ने गरेको छ । पछि सम्बन्धित धनीले गाईको रु एक हजार पाँच सय, घोडाको रु पाँच हजार र घोडाको बच्चाको रु दुई हजार जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।” 

छाडा पशुचौपायाका कारण पछिल्लो समयमा बाँकेमा सडक दुर्घटनाहरु बढ्दै गइरहेका छन् । समस्या जटिल हुँदै गएपछि उपमहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा छाडा चौपाया व्यवस्थापनको योजना तय गरेको जनाइएको छ । 

बाँकेमा छाडा पशुचौपायाका कारण गत आर्थिक वर्ष ०८०/८१ मा १९ वटा दुर्घटना भएका छन् । जसमध्ये  एक पुरुषको मृत्यु भएको छभने दुई पुरुष र एक महिला गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । सोही अवधिमा १३ चौपायाको सडक दुर्घटनामा परी मृत्यु भएको छभने चार चौपाया घाइते भएका जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को हालसम्म छाडा चौपायाका कारण एक पुरुष गम्भीर घाइते भएका छन् । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…