Pairabi logo

माघ १३, २०८२, सोमबार                    

दुर्घटना बढ्न थालेपछि छाडा चौपाया व्यवस्थापन

सम्वाददाता

सम्वाददाता

दुर्घटना बढ्न थालेपछि छाडा चौपाया व्यवस्थापन
ADVERTISEMENT

नेपालगन्ज, २३ भदौः नेपालगञ्ज उपमहानगरपालिकाले छाडा चौपाया व्यवस्थापन गर्न सुरु गरेको छ । रत्न राजमार्गको कोहलपुर नेपालगञ्ज खण्डमा छाडा चौपायाका कारण सडक दुर्घटना बढ्न थालेपछि प्रत्येक शनिबार स्थानीय प्रशासनको सहयोगमा व्यवस्थापन सुरु गरेको हो ।

उपमहानगरपालिका–२१ स्थित बिर्तामा निमार्ण गरिएको गौशाला ९काञ्जी हाउस० मा छाडा पशुचौपायालाई व्यवस्थापन गर्ने गरिएको छ । रु ३५ लाखको लगानीमा निर्माण गरिएको गौशालामा गाईगोरु र घोडासहित एक सय २६ चौपाया रहेका उपमहानगर प्रमुख प्रशान्त विष्टले जानकारी दिनुभयो ।

“पशु अधिकारको रक्षा गर्दै छाडा चौपायालाई काञ्जी हाउसमा राख्नेगरी व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “छाडा चौपायालाई सुरक्षित रूपमा राख्नाका साथै उचित दानापानीको व्यवस्थापन पनि नगरपालिकाले गरिरहेको छ ।” सडकमा छाडा छोडिएका पशुलाई नियन्त्रण लिन र स्याहार–सुसार गर्नका लागि चारजना कर्मचारीको व्यवस्थापन गरिएको नगर प्रमुख विष्टले जानकारी दिनुभयो । 

तीन बिगाहा क्षेत्रफलमा निर्माण गरिएको गौशालामा राखिएका चौपायाका लागि नगरपालिकाले आफ्नै जग्गामा घाँसखेती पनि गर्दै आएको गौशालाका इन्चार्ज राकेश भारतीले बताउनुभयो । विगत पाँच वर्षदेखि गौशालाको रेखदेख गर्ने जिम्मेवारी सम्हाल्दै आउनुभएका भारतीले वस्तुभाउलाई खुवाउनका लागि मौसम सुहाउँदो घाँसखेती गर्ने गरिएको जानकारी दिनुभयो ।

“घाँसखेतीका लागि मात्रै झन्डै अढाई बिगाहा जमिनको प्रयोग गरिएको छ । हिउँदमा बिहान–बेलुका गाईवस्तुलाई चराएर दिनमा एकपटक मात्र दानापानी दिने गरिन्छ भने वर्षाको समयमा बिहान र बेलुका गरी दुईपटक दानापानी दिने गरिएको छ”, उहाँले भन्नुभयो, “दिनभरि चरनका लागि सडकमा छाडिएका वस्तुलाई नगरपालिकाले नियन्त्रणमा लिएर गौशालामा राख्ने गरेको छ । पछि सम्बन्धित धनीले गाईको रु एक हजार पाँच सय, घोडाको रु पाँच हजार र घोडाको बच्चाको रु दुई हजार जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ ।” 

छाडा पशुचौपायाका कारण पछिल्लो समयमा बाँकेमा सडक दुर्घटनाहरु बढ्दै गइरहेका छन् । समस्या जटिल हुँदै गएपछि उपमहानगरपालिकाले राप्तीसोनारी गाउँपालिकासँगको सहकार्यमा छाडा चौपाया व्यवस्थापनको योजना तय गरेको जनाइएको छ । 

बाँकेमा छाडा पशुचौपायाका कारण गत आर्थिक वर्ष ०८०/८१ मा १९ वटा दुर्घटना भएका छन् । जसमध्ये  एक पुरुषको मृत्यु भएको छभने दुई पुरुष र एक महिला गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । सोही अवधिमा १३ चौपायाको सडक दुर्घटनामा परी मृत्यु भएको छभने चार चौपाया घाइते भएका जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कमा उल्लेख छ । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीका अनुसार चालु आर्थिक वर्ष ०८१/८२ को हालसम्म छाडा चौपायाका कारण एक पुरुष गम्भीर घाइते भएका छन् । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …