Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने माग

डेक्स

डेक्स

राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने माग
ADVERTISEMENT

नेपालगन्ज, १९ भदौः बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिले राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । वन्यजन्तु, वातावरण र जलवायु अनुकुलतालाई आत्मसाथ नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकोले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायतका संरचना निर्माण गर्दा सबैपक्षलाई ध्यान दिनुपर्ने उहाँहरुको माग छ । 

बाँकेको कोहलपुरमा मङ्गलवार आयोजित पूर्वाधार विकासमा प्राकृतिक स्रोत संरक्षण मूलप्रवाहिकरणसम्बन्धी कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले वन्यजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य भएकाले वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिनुभयो । 

“हामी सबै एक अर्काको परिपुरक हौैँ, यो कुरालाई अङ्गालेर जान सके समस्या हुँदैन”, मन्त्री कुर्मीले भन्नुभयो । आफू जुन क्षेत्रमा काम गर्छौँ त्यहि क्षेत्रलाई मात्रै मध्यनजर गर्दा अहिले समस्या देखिएको उल्लेख गर्दै मन्त्री कुर्मीले सबैको अस्तित्व स्वीकारेर आगामी दिनमा विकास र वातावरण संरक्षणका योजना अगाडि बढाएमात्रै दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु समस्यामा परेको बताउनुभयो । एउटै गाउँ पुग्न अहिले पाँचवटा बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको दाबी गर्नुभयो । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिनुभयो । “वन्यजन्तु संरक्षणकर्मी विकास विरोधी होइनन्, सडकलगायतका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ”, उहाँले भन्नुभयो, “जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जान्छ ।” उहाँले राजमार्गमा सडकको मुनीबाट र सडक माथिबाट वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न सक्ने संरचना निर्माण गर्न जरुरी भएकोमा जोड दिनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोककुमार रामले निकुञ्जमात्रै नभएर वनक्षेत्रमा बन्ने संरचनामा पनि वन्यजन्तु सहज रुपमा आवत जावत गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । जथाभावी रुपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबैपक्षलाई ध्यान दिएर मात्रै संरचना बनाउन सके मात्रै दिगो विकास हुने उल्लेख गर्नुभयो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…