Pairabi logo

माघ १३, २०८२, सोमबार                    

राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने माग

डेक्स

डेक्स

राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने माग
ADVERTISEMENT

नेपालगन्ज, १९ भदौः बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिले राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । वन्यजन्तु, वातावरण र जलवायु अनुकुलतालाई आत्मसाथ नगरी गरिएको पूर्वाधार विकास दिगो नहुने भएकोले पूर्व–पश्चिम राजमार्ग, हुलाकी सडकलगायतका संरचना निर्माण गर्दा सबैपक्षलाई ध्यान दिनुपर्ने उहाँहरुको माग छ । 

बाँकेको कोहलपुरमा मङ्गलवार आयोजित पूर्वाधार विकासमा प्राकृतिक स्रोत संरक्षण मूलप्रवाहिकरणसम्बन्धी कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले वन्यजन्तुको संरक्षण गर्नु मानवको कर्तव्य भएकाले वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिनुभयो । 

“हामी सबै एक अर्काको परिपुरक हौैँ, यो कुरालाई अङ्गालेर जान सके समस्या हुँदैन”, मन्त्री कुर्मीले भन्नुभयो । आफू जुन क्षेत्रमा काम गर्छौँ त्यहि क्षेत्रलाई मात्रै मध्यनजर गर्दा अहिले समस्या देखिएको उल्लेख गर्दै मन्त्री कुर्मीले सबैको अस्तित्व स्वीकारेर आगामी दिनमा विकास र वातावरण संरक्षणका योजना अगाडि बढाएमात्रै दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय बर्दियाका प्रमुख विजयराज सुवेदीले वनक्षेत्रमा अहिले विकासका नाममा निर्माण भएका सडकले वन्यजन्तु समस्यामा परेको बताउनुभयो । एउटै गाउँ पुग्न अहिले पाँचवटा बाटो बनाउने अहिलेको कार्यशैलीले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको दाबी गर्नुभयो । 

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख मनोज साहले दिगो विकासका लागि नेपालमा वन्यजन्तुमैत्री पूर्वाधार प्रवद्र्धनमा जोड दिनुभयो । “वन्यजन्तु संरक्षणकर्मी विकास विरोधी होइनन्, सडकलगायतका पूर्वाधार निर्माण गर्दा वन्यजन्तुमैत्री हुनुपर्छ”, उहाँले भन्नुभयो, “जथाभावी सडक संरचना निर्माण गर्दा वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न पाउँदैनन्, त्यसैले मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जान्छ ।” उहाँले राजमार्गमा सडकको मुनीबाट र सडक माथिबाट वन्यजन्तु निर्वाध रुपमा आवतजावत गर्न सक्ने संरचना निर्माण गर्न जरुरी भएकोमा जोड दिनुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख डा अशोककुमार रामले निकुञ्जमात्रै नभएर वनक्षेत्रमा बन्ने संरचनामा पनि वन्यजन्तु सहज रुपमा आवत जावत गर्ने व्यवस्था हुनुपर्ने बताउनुभयो । जथाभावी रुपमा पूर्वाधार निर्माणले सामाजिक, आर्थिक र वातावरणमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले सबैपक्षलाई ध्यान दिएर मात्रै संरचना बनाउन सके मात्रै दिगो विकास हुने उल्लेख गर्नुभयो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …