Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

राष्ट्रिय पुस्तकालय दिवस मनाइयो

सम्वाददाता

सम्वाददाता

राष्ट्रिय पुस्तकालय दिवस मनाइयो
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज १५ भदौ । १७औं राष्ट्रिय पुस्तकालय दिवस “निरन्तर शिक्षाका लागि पुस्तकालय” भन्ने मुख्य नाराका साथ ¥यालीसहित नेपालगञ्जमा मनाइएको छ । नेपालगञ्ज उप–महानगरपालिका वार्ड नं.–८ रानीतलाउस्थित रहेको महेन्द्र पुस्तकालयदेखि शुरु भएको ¥यालीमा विभिन्न नारासहित नेपालगञ्जका महेन्द्र नमूना माध्यमिक बिद्यलाय, सरस्वती माध्यमिक बिद्यलाय, नारायण नमूना माध्यमिक बिद्यालय र मंगल प्रसाद नमूना माध्यमिक बिद्यालयका छात्र–छात्रा, महेन्द्र पुस्तकालयका पदाधिकारी, कर्मचारी आजीवन सदस्यहरुको सहभागितामा त्रिभुवन चौक, त्रिबेणीमोड, न्यूरोडस्थित भानुभक्त चौक हुदैं पुन पुस्तकालयमा पुगेको थियो ।

महेन्द्र पुस्तकालय नेपालगञ्जका सचिव मणिदेव अर्यालद्वारा सञ्चालित, पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपालगञ्ज–उप महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले ब्यानर वाचन गरेर कार्यक्रमको विधिवत रुपमा उद्घाटन गर्नु भएको थियो । 

उद्घाटन गदै अहिलेको समयमा पुस्तकालमा गएर पढने कम भएको छ । मोबाइल एउटा साधन  मात्र हो, ज्ञान, शिक्षा प्राप्त मात्र पुस्तकालयबाट नै हुन्छ, कसैले आफुनो आमा बुवालाई हेपेर कहिले ठूलो मान्छे हुँदैंन, आमा बुवाको सेवा गर्न कहिले बिर्सनु हुँदैन ।   

पुस्तकालयका उपाध्यक्ष पंकज कुमार श्रेष्ठले कार्यक्रममा आएका पहुनाहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नु भएको थियो । 
बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले मोवाइलको कारणले गर्दा पढन, लेख्न संस्कृति हराएको छ ।

ज्ञान बृद्धिका लागी पुस्तकालयको आवश्यकता पर्दछ । बिशिष्ट अतिथि बिशिष्ट अतिथि लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोगका सदस्य प्रा.डा.कृष्ण प्रसाद घिमिरे, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशीराम कार्की, सर्वदा साहित्य संगमका अध्यक्ष खगेन्द्र गिरि कोपिला शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत कुमार रेग्मीले पुस्तकालयको बारेमा प्रकाश पार्नुभएको थियो । यसरी सो कार्यक्रममा वरिष्ठ कलाकार सुन्दरु गुरुङ्ग, साहित्यकार चन्द्रवती अधिकारी, शिक्षिका पुष्पा भट्टराई, ब्रहम कुमार कृष्ण बहादुर रानाभाट, बिद्यार्थीको तर्फबबाट निराजन बुढा लगायतले रचनावाचन गरेका थिए । 

कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेत, समजसेवी तथा नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय समितिका संस्थापक बिष्णुलाल कुमाल, जिल्ला हुलाक कार्यालय नेपालगञ्जका प्रमुख गोबिन्द प्रसाद पाण्डे, समाजसेवी सूर्यलाल यादव, प्रलेस बाँके अध्यक्ष पुष्पमणि प्रधान, भरत बहादुर रानाभाट, शिक्षाबिद् जीत बहादुर शाह, केशवराम वर्मा, श्याम बिहारी गुप्ता, बिष्णु प्रसाद सुवेदी, लक्ष्मी बस्याल, नरेन्द्र पोखरेल, मिथिला समाज बाँके अध्यक्ष रामलोचन शाह, राम चन्द्र पण्डित, वरिष्ठ साहित्यकार नरेन्द्र स्वाँर, जैद अहमद खाँ, मोती प्रसाद देवकोटा, जनकराम भण्डारी, स्वामीदयाल गुप्ता, अर्जुन शर्मा, शिक्षिका अनिता श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…