Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

प्रेस युनियन बाँकेको वार्षिक साधारणसभा सम्पन्न

सम्वाददाता

सम्वाददाता

प्रेस युनियन बाँकेको वार्षिक साधारणसभा सम्पन्न
ADVERTISEMENT

नेपालगञ्ज १५ भदौ । नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक वार्षिक साधारण सभा गरेको हो । युनियनको इतिहासमा यसभन्दा अघि वार्षिक रुपमा साधारण सभा भएको छैन् । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको साधारण सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख आतिथि बाल्मिकीले साधारण सभाको सफलताको शुभकामनासँगै व्यवसायीक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व महासचिव एवं नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसी, ट्रेड युनियन काँग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विक, युनियनका अग्रज नेता निरज गौतम, युनियन बाँकेका पूर्व अध्यक्षको तर्फबाट जयनारायण शाहले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य राख्नुभएको उद्घाटन शत्रमा सचिव भिष्म लोधले युनियनको एक वर्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष खडक बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै उद्घाटन शत्रपछि भएको बन्दशत्रले विविध बिषयमा निर्णय गरेको छ ।

साधारण सभाले पत्रकारहरुको राहतका लागि एनपियू कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ । जोखिम अवस्थामा रहेका बेला पत्रकारलाई सोही कल्याण कोषमार्फत सहयोग गर्न सहज बनाउने कोष स्थापना गर्ने निर्णय गरेको हो ।

युनियनका पूर्व अध्यक्ष जयनारायण शाहको संयोजकत्वमा महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियनका निवर्तमान अध्यक्ष अर्जुन ओलीसहितको अध्यक्ष मण्डलले कोषलाई व्यवस्थित ढङ्गले संचालनका लागि कार्यबिधि निर्माण गरेर कार्यान्वयन गर्नेसमेत निर्णय गरेको सचिव लोधले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, सचिवालय सदस्य गौरव गिरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य रबिन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष एवं ठकुरी पत्रकार संघ बाँके अध्यक्ष करुणा शाह, युनियनका अग्रज रुपन ज्ञवाली, अवधी पत्रकार संघ बाँकेका प्रहलाद बिश्वकर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…