Pairabi logo

माघ १३, २०८२, सोमबार                    

प्रेस युनियन बाँकेको वार्षिक साधारणसभा सम्पन्न

सम्वाददाता

सम्वाददाता

प्रेस युनियन बाँकेको वार्षिक साधारणसभा सम्पन्न
ADVERTISEMENT

नेपालगञ्ज १५ भदौ । नेपाल प्रेस युनियन बाँकेको शनिबार वार्षिक साधारण सभा सम्पन्न भएको छ । युनियन बाँकेले पहिलो पटक वार्षिक साधारण सभा गरेको हो । युनियनको इतिहासमा यसभन्दा अघि वार्षिक रुपमा साधारण सभा भएको छैन् । युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा भएको साधारण सभामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभाको उद्घाटन शत्रमा बोल्दै प्रमुख आतिथि बाल्मिकीले साधारण सभाको सफलताको शुभकामनासँगै व्यवसायीक पत्रकारको क्षमता अभिबृद्धि गर्न युनियनले बिशेष भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष हेमन्त कर्माचार्य, पूर्व महासचिव एवं नेपाली काँग्रेस बाँके क्षेत्र नं १ का सभापति पोषण केसी, ट्रेड युनियन काँग्रेस बाँकेका कार्यवाहक अध्यक्ष तोजेन्द्र विक, युनियनका अग्रज नेता निरज गौतम, युनियन बाँकेका पूर्व अध्यक्षको तर्फबाट जयनारायण शाहले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

युनियन बाँकेका उपाध्यक्ष कमल खत्रीले स्वागत मन्तब्य राख्नुभएको उद्घाटन शत्रमा सचिव भिष्म लोधले युनियनको एक वर्षको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष खडक बहादुर खत्रीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यस्तै उद्घाटन शत्रपछि भएको बन्दशत्रले विविध बिषयमा निर्णय गरेको छ ।

साधारण सभाले पत्रकारहरुको राहतका लागि एनपियू कल्याण कोष स्थापना गर्ने निर्णय गरेको छ । जोखिम अवस्थामा रहेका बेला पत्रकारलाई सोही कल्याण कोषमार्फत सहयोग गर्न सहज बनाउने कोष स्थापना गर्ने निर्णय गरेको हो ।

युनियनका पूर्व अध्यक्ष जयनारायण शाहको संयोजकत्वमा महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियनका निवर्तमान अध्यक्ष अर्जुन ओलीसहितको अध्यक्ष मण्डलले कोषलाई व्यवस्थित ढङ्गले संचालनका लागि कार्यबिधि निर्माण गरेर कार्यान्वयन गर्नेसमेत निर्णय गरेको सचिव लोधले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका उपाध्यक्ष जय सिंह केसी, सचिवालय सदस्य गौरव गिरी, नेपाली काँग्रेस लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य रबिन्द्र घिमिरे, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष एवं ठकुरी पत्रकार संघ बाँके अध्यक्ष करुणा शाह, युनियनका अग्रज रुपन ज्ञवाली, अवधी पत्रकार संघ बाँकेका प्रहलाद बिश्वकर्मा, चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेललगायतको उपस्थिति रहेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …