Pairabi logo

माघ १३, २०८२, सोमबार                    

बैकुण्ठधाम निर्माण गर्न धार्मिक आध्यात्मिक महोत्सवको तयारी सुरु

सम्वाददाता

सम्वाददाता

बैकुण्ठधाम निर्माण गर्न धार्मिक आध्यात्मिक महोत्सवको तयारी सुरु
ADVERTISEMENT

नेपालगन्ज, १० भदौ : बाँकेको राप्ती नदी सिधनियाघाटमा बैकुण्ठधाम निर्माणका लागि सहयोगार्थ धार्मिक आध्यात्मिक महोत्सवको तयारी सुरु भएको छ । यही कार्तिक २२ देखि २७ गतेसम्म नेपालगन्जको रामलिला मैदानमा गरिने धार्मिक महोत्सवका लागि आज यहाँ औपचारीक सचिवालय संचालनमा आएको छ । 

कृष्णजन्माष्टमी पर्वको साईत पारेर संचालनमा ल्याइएको सचिवालयको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले उदघाटन गर्दै बैकुण्ठधामको डिपीआरको सम्पूर्ण जिम्मा उपमहानगरले लिने बताउनुभयो । “खासमा त्यहाँ आवश्यक जग्गा प्राप्ति लगायतका कामहरू स्थानीय सरकारले गर्नुपर्ने र स्थानीय सरकारको दायित्व पनि हो, तर निजी क्षेत्रबाट पहल हुनु सराहनीय कार्य हो ।” उहाँले भन्नुभयो, “जग्गा प्राप्तिका लागि खासै केही सहयोग गर्न नसकेपनि त्यसको डिपिआर गर्दा लाग्ने खर्च सबै उपमहानगरबाट व्यवस्थापन गर्नेछु ।” 

नगरप्रमुख विष्टले लामो समयदेखि दाहसंस्कार स्थलको चर्चा गरिएपनि समयको माग अनुसार अहिले बैकुण्ठधाम निर्माणको कामले सार्थकता पाएको भन्दै हरेकले धाम निर्माणमा सहयोग गर्नुपर्ने औंल्याउनुभयो । उहाँले आफुले ब्यक्तिगतरुपमा धाम निर्माणको सहयोगार्थ रु ५१ हजार प्रदान गर्ने घोषणा पनि गर्नुभयो ।  

डुडुवा गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष झंकबहादुर थापाले आफुले बषौंदेखि देखेको सपना पुरा हुन लागेको भन्दै आफु बैदेशीक रोजगारीमा जाँदा देखेको अन्तिम संस्कार गर्ने स्थलको सजावट र व्यवस्थापनबाट आफुले राप्ती तटमा पनि ब्यवस्थित दाहसंस्कार स्थलको सपना देखेको बताउनुभयो । 

महोत्सव संचालन समितिका संयोजक डा. सुरेशकुमार कनोडियाले वास्तबिक धाम निर्माणका लागि पर्याप्त जग्गा आवश्यक पर्ने भएको उल्लेख गर्दै जग्गा प्राप्तीका लागि सबैको पहलकदमी आवश्यक रहेको बताउनुभयो । राप्ती बग्ने भाग समेत लालपुर्जा वाला जग्गा परेका कारण धामका नाममा जग्गा प्राप्तीमा समस्या देखिएको भन्दै उहाँले सबैको सहयोगमा त्यो समस्या पनि समाधान हुने विश्वास ब्यक्त गर्नुभयो । 

मूल समारोह समितिले कथाबाचन शिरोमणी दीनबन्धु पोखरेलको मुख्य संयोजनमा कार्तिक २२ देखि २७ गते सम्म आध्यात्मिक महोत्सव आयोजना गर्ने भएको छ ।


–––
 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …