Pairabi logo

माघ १३, २०८२, सोमबार                    

वन अन्तर्गतका कार्यालयमा दुई वर्ष कार्य अवधि पुगेका अधिकृतको सरुवा

सम्वाददाता

सम्वाददाता

वन अन्तर्गतका कार्यालयमा दुई वर्ष कार्य अवधि पुगेका अधिकृतको सरुवा
ADVERTISEMENT

दाङ, ८ भदौं । लुम्बिनी प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले १ सय २४ जना कर्मचारीको सरुवा एकैपटक गरेको छ । लुम्बिनी प्रदेश सरकारको नीति अनुसार वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले अधिकृतस्तर आठौं सम्मका कर्मचारीको सरुवा गर्नुभएको हो । 

वन तथा वातावरण मन्त्री कुर्मीले गरेको निर्णय प्रदेशको सरकारको नीति अनुसार हाल सम्मकै ऐतिहासिक निर्णय हो । दुई वर्ष अवधि पुगेका कर्मचारीलाई सरुवा गर्ने नीति प्रदेश सरकारको रहेको छ । तर त्यसको कार्यान्वयन कुनै पनि मन्त्रालयले गरेका थिएनन् । प्रदेश सरकारले हरेक वर्ष भदौं ७ गतेसम्म कर्मचारी सुरुवा गर्नुपर्ने नीति बनाएको छ । 

त्यही नीतिलाई पालना गर्दै मन्त्री कुर्मीले एउटै कार्यालयमा दुई वर्ष भन्दा धेरै कार्यरत कर्मचारीहरुको सरुवा गर्नु भएको हो । मन्त्रालयले सार्बजानिक गरेको सरुवा लिष्टमा दुई बर्ष भन्दा बढी कार्यरत सबै अधिकृत र रेन्जरहरुको सरुवामा भएको छ ।लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री बादशाह कुर्मीले नीतिगतरुपै निर्णय गरिएको बताउनु भयो । 

उहाँले भन्नु भयो,‘एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारिता पनि घटेर जान्छ । कर्मचारीको नियमित सरुवा नहुँदा जिल्लामा समस्याहरु पनि सृजना भैरहेको हुन्छ । गुनासोका आधारमा हामीले यो निर्णय गरेका हौं । कर्मचारीको कामको मुल्यांकन गर्नको लागि नियमित सरुवा आवश्यक छ ।’

अब दोस्रो चरणमा वनरक्षक तहसम्म यस प्रकारको सरुवा गर्ने योजना रहेको उहाँले बताउनु भयो । गत बर्षपनि मन्त्रालयले ७ बर्ष बढी अबधी काम गरेका अधिकृतहरु सरुवा गरेको थियो । मन्त्रालयले वन प्रशासनलाई व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तर भएको पहिलो निर्णय हो ।

हालसम्म दुई बर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाई लगाउन सकेको छैन । सरुवाका लागि ऐनमा उक्त कुरा समाबेश भएपनि कार्यान्वयन भने यो नै पहिलो देखिन्छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …