Pairabi logo

माघ १३, २०८२, सोमबार                    

जनप्रतिनिधीसंग परियोजनाबारे छलफल

सम्वाददाता

सम्वाददाता

जनप्रतिनिधीसंग परियोजनाबारे छलफल
ADVERTISEMENT

बर्दिया, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा  छलफल गरेको छ । 

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो । 

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग छलफल गरेको थियो । 

प्लान इन्टरनेशनल नेपालको सहयोगमा गुलरियामा सञ्चालन गरिएका विभिन्न परियोजनाले पारेको प्रभावसंगै सुधार गर्नुपर्ने पक्ष र थप आवश्यक परियोजना बारे प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरलाई जानकारी गराईएको गुलरियाका मेयर यादवले बताउनुभयो । उहाँले प्लान इन्टरनेशनल र बाँके युनेस्कोको साझेदारीमा सचालित परियोजनाबाट जोखिममा परेका समुदायको जीवनस्तर उकास्ने, युवती तथा बालिका सशक्तीकरण, गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई सहयोग गर्ने, विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि, बाल क्लबलाई सक्रिय गर्ने र वालवालिकाको विकासका लागि सहयोग पुगेको बताउनुभयो । 

परियोजनाले मानवअधिकार समिति, किशोर समुह क्लब र विपद् पिडितलाई मानवीय राहतमा गरेको सहयोग पनि सराहनीय रहेको मेयर यादवले बताउनुभयो । 

सो बैठकमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी सदस्यहरू मिना भुषाल र फिरदौस जहाँ, निमित्त कार्यकारी निर्देशक महेश नेपाली, टेक्निकल एडभाइजर साजिद अलि सिद्दिकी, परियोजना प्रमुखहरु विनिता आरसी र गोविन्द लामिछाने लगायत परियोजनाका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …