Pairabi logo

असोज २७, २०८३, मंगलबार                    

जनप्रतिनिधीसंग परियोजनाबारे छलफल

सम्वाददाता

सम्वाददाता

जनप्रतिनिधीसंग परियोजनाबारे छलफल
ADVERTISEMENT

बर्दिया, भदौ ७ । प्लान इन्टरनेशनल नेपालको एक उच्चस्तरीय टोलीले बर्दियाको भ्रमण गरेर गुलरिया नगरपालिकाका जनप्रतिनिधिहरुसंग विभिन्न परियोजनाका बारेमा  छलफल गरेको छ । 

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनको नेतृत्वमा रहेको सो टोली र बाँके युनेस्को क्लबको टोलीले संयुक्त रुपमा गुलरिया नगरपालिकामा पुगेर मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत लगायतसंग बैठक गरेर विभिन्न बिषयमा छलफल गरेको हो । 

प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर रामकिशनसंगै प्लान इन्टरनेशनल नेपाल सुर्खेतका दुर्गा क्षेत्री र जनक गिरीको टोलीले गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, उपमेयर सावित्रा गौतम प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, महिला तथा बालबालिका प्रमुख शीला शाह, शिक्षा शाखा प्रमुख सतीश यादव र विपद फोकल पर्सन मुकुन्द अर्यालसँग छलफल गरेको थियो । 

प्लान इन्टरनेशनल नेपालको सहयोगमा गुलरियामा सञ्चालन गरिएका विभिन्न परियोजनाले पारेको प्रभावसंगै सुधार गर्नुपर्ने पक्ष र थप आवश्यक परियोजना बारे प्लान इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टरलाई जानकारी गराईएको गुलरियाका मेयर यादवले बताउनुभयो । उहाँले प्लान इन्टरनेशनल र बाँके युनेस्कोको साझेदारीमा सचालित परियोजनाबाट जोखिममा परेका समुदायको जीवनस्तर उकास्ने, युवती तथा बालिका सशक्तीकरण, गुणस्तरीय शिक्षाका लागि सामुदायिक विद्यालयलाई सहयोग गर्ने, विद्यालयका शिक्षकहरूको क्षमता अभिवृद्धि, बाल क्लबलाई सक्रिय गर्ने र वालवालिकाको विकासका लागि सहयोग पुगेको बताउनुभयो । 

परियोजनाले मानवअधिकार समिति, किशोर समुह क्लब र विपद् पिडितलाई मानवीय राहतमा गरेको सहयोग पनि सराहनीय रहेको मेयर यादवले बताउनुभयो । 

सो बैठकमा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक प्रवेज अली सिद्दिकी, वरिष्ठ उपाध्यक्ष पन्चम गुरुंग, कार्यकारी सदस्यहरू मिना भुषाल र फिरदौस जहाँ, निमित्त कार्यकारी निर्देशक महेश नेपाली, टेक्निकल एडभाइजर साजिद अलि सिद्दिकी, परियोजना प्रमुखहरु विनिता आरसी र गोविन्द लामिछाने लगायत परियोजनाका अन्य कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…