Pairabi logo

कात्तिक ०१, २०८३, शनिबार                    

स्वः सुशील कोइरालाको जन्मजयन्तीमा आश्रममा भोजन खुवाइयो

डेक्स

डेक्स

स्वः सुशील कोइरालाको जन्मजयन्तीमा आश्रममा भोजन खुवाइयो
ADVERTISEMENT

नेपालगञ्ज, साउन २८ । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको छ । आज ८६औं जन्मजयन्तिको अवसर पारेर नेपालगञ्ज वडा नम्बर ९ शान्तिनगरस्थित निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

पार्टीका दिवंगत नेताहरुको जन्मजयन्ति र स्मृति दिवसहरुमा नियमित कार्यक्रम गर्दै आइरहेको नेपाली कांग्रेस बाँकेले औपचारिकसंगै विभिन्न सामाजिक एवम् रचनात्मक कार्यहरुलाई प्राथमिकता दिँदै आएको छ । यसैक्रममा संविधान पिता स्वर्गीय कोइरालालाई स्मरण गर्दै आज निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले सुशील कोइरालाको सादगी जीवनशैलीको अनुशरण गर्नुपर्नेमा जोड दिए । गौडेलले पार्टीलाई सामाजिक सेवाभावमा पनि जोड्ने उद्देश्यका साथ यस प्रकारका कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।

सुशील कोइरालाको प्रेरणा र मार्गदर्शन कांग्रेसजनका निम्ति सदा अनुकरणीय रहेको भन्दै उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर संविधान जारी गर्ने कोइराला नेपाली राजनीतिमा सदा स्मरणीय रहने बताउनुभयो। निलसागर सेवा आश्रमले सहाराविहिनहरुलाई सेवा प्रदान गरेर पूण्य काम गरिरहेको गौडेलले बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले सुशील कोइराला कांग्रेसको गर्विलो नेता भएको स्मरण गर्दै कोइरालालाई प्रधानमन्त्री पाउनु बाँकेबासीका लागि अहोभाग्य भएको बताउनुभयो । कार्यक्रममा पार्टी सभापति गौडेलले मानव सेवा आश्रमकी अध्यक्ष सरिता खनाललाई पार्टीको तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो । दीप प्रज्ज्वलन तथा स्वर्गीय कोइरालाको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली ९बादी०, जिल्ला सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद कुमार थारु, जिल्ला सदस्य उमा थापा मगर लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो । निलसागर सेवा आश्रममा हाल २३५ जना आश्रित छन् ।

यसैबीच स्वर्गीय कोइरालाको जन्मजयन्तिमा जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ । कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा बृक्षारोपण गरिएको हो ।

पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता र जिल्ला सभापति गौडेलको बिशिष्ट आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, महासमिति सदस्य मेघराज ओली, उमा थापा, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायतको उपस्थिति थियो । 


 

ताजा

सबै

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…