Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

स्वः सुशील कोइरालाको जन्मजयन्तीमा आश्रममा भोजन खुवाइयो

डेक्स

डेक्स

स्वः सुशील कोइरालाको जन्मजयन्तीमा आश्रममा भोजन खुवाइयो
ADVERTISEMENT

नेपालगञ्ज, साउन २८ । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको जन्मजयन्तिमा नेपाली कांग्रेस बाँकेले निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाएको छ । आज ८६औं जन्मजयन्तिको अवसर पारेर नेपालगञ्ज वडा नम्बर ९ शान्तिनगरस्थित निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

पार्टीका दिवंगत नेताहरुको जन्मजयन्ति र स्मृति दिवसहरुमा नियमित कार्यक्रम गर्दै आइरहेको नेपाली कांग्रेस बाँकेले औपचारिकसंगै विभिन्न सामाजिक एवम् रचनात्मक कार्यहरुलाई प्राथमिकता दिँदै आएको छ । यसैक्रममा संविधान पिता स्वर्गीय कोइरालालाई स्मरण गर्दै आज निलसागर सेवा आश्रममा आश्रित ब्यक्तिहरुलाई खाना खुवाइएको हो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले सुशील कोइरालाको सादगी जीवनशैलीको अनुशरण गर्नुपर्नेमा जोड दिए । गौडेलले पार्टीलाई सामाजिक सेवाभावमा पनि जोड्ने उद्देश्यका साथ यस प्रकारका कार्यक्रम गर्दै आइरहेको बताउनुभयो ।

सुशील कोइरालाको प्रेरणा र मार्गदर्शन कांग्रेसजनका निम्ति सदा अनुकरणीय रहेको भन्दै उहाँले संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर संविधान जारी गर्ने कोइराला नेपाली राजनीतिमा सदा स्मरणीय रहने बताउनुभयो। निलसागर सेवा आश्रमले सहाराविहिनहरुलाई सेवा प्रदान गरेर पूण्य काम गरिरहेको गौडेलले बताउनुभयो ।

नेपाली कांग्रेस बाँकेका पूर्व सभापति एवम् पूर्व मन्त्री गजेन्द्र बहादुर हमालले सुशील कोइराला कांग्रेसको गर्विलो नेता भएको स्मरण गर्दै कोइरालालाई प्रधानमन्त्री पाउनु बाँकेबासीका लागि अहोभाग्य भएको बताउनुभयो । कार्यक्रममा पार्टी सभापति गौडेलले मानव सेवा आश्रमकी अध्यक्ष सरिता खनाललाई पार्टीको तर्फबाट १५ हजार रुपैयाँ सहयोग प्रदान गर्नुभएको थियो । दीप प्रज्ज्वलन तथा स्वर्गीय कोइरालाको तस्बीरमा माल्यार्पण गरेर कार्यक्रमको सुरुवात गरिएको थियो ।

जिल्ला सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा महासमिति सदस्य लक्ष्मी नारायण शाह, लुम्बिनी प्रदेशसभा सदस्य सुशिला नेपाली ९बादी०, जिल्ला सहसचिवद्वय रेनु सिंह ठाकुर र विनोद कुमार थारु, जिल्ला सदस्य उमा थापा मगर लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो । निलसागर सेवा आश्रममा हाल २३५ जना आश्रित छन् ।

यसैबीच स्वर्गीय कोइरालाको जन्मजयन्तिमा जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ । कांग्रेस जानकी गाउँपालिका कार्यसमितिको आयोजनामा मानपुरस्थित कन्या विद्यालयमा बृक्षारोपण गरिएको हो ।

पालिका सभापति दयाराम यादवको अध्यक्षता एवम् कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकीको प्रमुख आतिथ्यता र जिल्ला सभापति गौडेलको बिशिष्ट आतिथ्यतामा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पूर्व पार्टी सभापति कृष्णमान श्रेष्ठ, महासमिति सदस्य मेघराज ओली, उमा थापा, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ लगायतको उपस्थिति थियो । 


 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…