Pairabi logo

पुस ०४, २०८२, शुक्रबार                    

रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै

डेक्स

डेक्स

रैथाने प्रजातीका वनस्पतिको संरक्षण गरिँदै
ADVERTISEMENT

नेपालगञ्ज, १० साउन : बाँकेमा रैथाने प्रजातीका वनस्पतिको संरक्षण तथा संवद्र्धन गर्न थालिएको छ ।  वनस्पति अनुसन्धान केन्द्र, नेपालगञ्जले दुर्लभ र लोपोन्मुख प्रजातीका विभिन्न वनस्पतिको अवस्था अध्ययन गरेर संरक्षण सुरु गरिएको वनस्पति अनुसन्धान केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक अधिकृत शिशिर पन्थीले जानकारी दिनुभयो ।

दुर्लभ सर्पगन्धा प्रजाती वनस्पतिको लामो समय लगाएर अध्ययन तथा अनुसन्धान गरी त्यसको बासस्थान संरक्षण गर्न कोहलपुरको रक्षा सामुदायिक वनमा एक हजार बिरुवा लगाइएको छ । सर्पगन्धा साइटिसको अनुसूचीमासमेत समावेश रहेको प्रजाति हो ।  उहाँले ढकेरी वनस्पति उद्यानमार्फत विभिन्न प्रजातिका वनस्पतिको अध्ययन तथा अनुसन्धान भएको जानकारी दिँदै चार सय ५० बढी वनस्पति प्रजातिको संरक्षण गरिएको बताउनुभयो ।

 उक्त उद्यान राप्तीसोनारी गाउँपालिका–९ मा पर्छ । “नेपालमा पाइने सबै प्रकारका वनस्पति रैथाने प्रजातीका नै हुन”, वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले भन्नुभयो । उद्यानमा संरक्षित भएका मुख्य प्रजातिमा सर्पगन्धा बाहेक कुचिला, श्रीखण्ड, सिकाकाइ, कुरिलो, बेतलौरी, बोझो, आँक, राजवृक्ष, कालोमुसली, तेजपात, शीतल चिनी, बेल, सोनटाटा, सिन्दुर, खयर, अनन्तमूल, अगई, गुडमार, विजयसाल, सतिसाल, अर्जुन, गुर्जोलगायत रहेका छन् । 

लहरे झार, बुट्यान र सङ्कटापन्न जडीबुटीको अध्ययन गरेर प्रयोगशालामा समेत परीक्षण हुने गरेको उल्लेख गर्दै वरिष्ठ वैज्ञानिक अधिकृत पन्थीले झयाउ, जटामसी, कुटकीलगायत सुगन्धित तेलको परीक्षण भएको बताउनुभयो । बाँकेको राप्ती पीडित तथा गुलरी सामुदायिक वनमा पनि अर्जुन, मौवालागयत चार सय प्रजातीका बिरुवा रोपिएका छन् । वनस्पति संरक्षण कार्यअन्तर्गत ६ हेक्टर क्षेत्रफलमा ती बिरुवा रोपिएका हुन् ।  

जटीबुटी व्यवसायी सङ्घ, बाँकेका अध्यक्ष टङ्क शर्माले जिल्लामा मेन्था र कुरिलो जातका प्रजातीको व्यावसायिक खेती गरिएको जानकारी दिनुभयो । अहिले पनि जमुनाहा नाकाबाट जटीबुटी भारत निकासी गर्न सहज वातावरण नभएको उल्लेख गर्दै उहाँले लामो समयदेखिको निकासीको समस्या यथावत रहेको बताउनुभयो ।

सो नाकाबाट ८० प्रकारका जडीबुटी भारत निकासी हुने गरेको छ । तीमध्ये जटामसी, अमला, झ्याउ र बोझो निकासी गर्न समस्या भएको कार्यालयले जनाएको छ । 

ताजा

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

बाँके युनेस्को क्लबको पाँच वर्षे संगठनात्मक रणनीति कार्यशाला

नेपालगन्ज,। बाँके युनेस्को क्लबले पाँच वर्षे संगठनात्मक रणनीति योजना निर्माण गर्ने उद्द…

नेताको विरोधको नाममा मर्यादा नाघ्न पाइन्दैन : सहमहामन्त्री राठौर

दांग ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले नेपाली काँग्रेस लोकतान्त्रिक प…

लोकप्रिय

सबै

जनमत पार्टीद्धारा कपिलबस्तु-१ बाट नरेन्द्र प्रसाद चौधरीको नाम सर्बसम्मत सिफारिस

कपिलबस्तु । जनमत पार्टी केन्द्रीय समितिको निर्णयअनुसार देशभर एकैसाथ प्रतिनिधिसभा निर्व…

मिथिला–अवध सम्बन्ध स् जानकीक नैहर सँ वागेश्वरीभूमि धैर

धर्मेन्द्र विह्वल नेपालगञ्ज अर्थात माता वागेश्वरीक नगरीक यात्रा हमरालेल सदैत विशेष रहि …

यो पनि

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो

नेपालगञ्ज, १० मङ्सिरः बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटक…

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्जमा किसानको प्रदर्शन, किसानको समस्या सम्बोधन गर्न सरकारलाई दबाब

नेपालगञ्ज, २३ कात्तिक । राष्ट्रिय किसान सञ्जालले आइतवार नेपालगञ्जमा जुलुस प्रदर्शन गरेक…

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगन्जमा किसानद्धारा प्रदेशस्तरीय जुलुस र सभा हुदै

नेपालगञ्ज, २२ कात्तिक । राष्ट्रिय किसान सञ्जाल लुम्बिनी प्रदेशले किसान आन्दोलन कार्यक्रम …

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

‘जाउँ है बेगनास पोखरा’ बर्दियाको ठाकुरबाबामा

बर्दिया, १८ कात्तिकः आन्तरिक पर्यटनको विकासका लागि पर्यटकीय साझेदारी बढाउने लक्ष्यका स…