Pairabi logo

असोज २९, २०८३, बिहीबार                    

वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ

डेक्स

डेक्स

वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ
ADVERTISEMENT

नेपालगञ्ज, साउन ६ । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

नेपाली कांग्रेस बाँकेले माल्यार्पण तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेर ४२औं स्मृति दिवस मनाएको छ । कांग्रेस बाँकेले आइतबार विहान नेपालगञ्जस्थित वीपी चोकमा अवस्थित शालिकमा माल्यार्पण गरेर महामानव कोइरालालाई स्मरण गरेको हो । कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले वीपीको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

माल्यार्पण कार्यक्रममा पूर्व पार्टी सभापतिहरु सनत रेग्मी, गजेन्द्र हमाल, किरण कोइराला लगायत पार्टी पदाधिकारी, अग्रज नेता, कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले बताउनुभयो ।

यसैगरी कांग्रेस बाँकेले सामुदायिक विद्यालयहरुका बीचमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा फुल्टेक्रा मावि प्रथम, धम्बोझी मावि द्वितीय, आदर्श मावि तृतीय र महाराजा मावि सान्त्वना भएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयहरुलाई कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कार्यबहाक सभापति अधिकारी, लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सापकोटा ९चौधरी०, सचिव कोइराला, सहसचिव रेनु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा फुल्टेक्रा मावि, महाराजा मावि, सरस्वती मावि, धम्बोझी मावि, नारायण मावि, नेपालगञ्ज कन्या मावि, आदर्श मावि, युद्ध संस्कृत मावि र मंगल प्रसाद मावि सहभागी थिए । त्यसक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले वीपी कोइरालाको विचार र आदर्श कांग्रेस मात्र नभएर मुलुककै लागि अपरिहार्य र अनुकरणीय रहेको बताउनुभयो ।  

कार्यबहाक सभापति अधिकारीले महामानव वीपी कोइराला नेपाली राजनीतिको आदर्श ब्यक्ति भएको चर्चा गर्दै कोइरालाले देखाएको बाटोमा हिँड्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्दै अधिकारीले वीपीमा देश बनाउने सपना र हुटहुटी भए पनि समय नरहेको बताउँदै अब समकालीन नेताहरुले उनको सपना पूरा गर्न राजनीतिक संकल्प लिनुपर्नेमा जोड दिनुभयो । 

 

ताजा

सबै

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बर्दियामा अवैध हतियार फेला पर्दै

बर्दिया, २८ असोजः चाडपर्व नजिकिँदै गर्दा बर्दियामा बेवारिसे अवस्थामा हतियार फेला पर्न…

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

यो पनि

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…