Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ

डेक्स

डेक्स

वीपी स्मृति दिवसः बाँकेमा माल्यार्पण र हाजिरीजवाफ
ADVERTISEMENT

नेपालगञ्ज, साउन ६ । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व पार्टी सभापति एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री महामानव वीपी कोइरालाको ४२औं स्मृति दिवस आज बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

नेपाली कांग्रेस बाँकेले माल्यार्पण तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरेर ४२औं स्मृति दिवस मनाएको छ । कांग्रेस बाँकेले आइतबार विहान नेपालगञ्जस्थित वीपी चोकमा अवस्थित शालिकमा माल्यार्पण गरेर महामानव कोइरालालाई स्मरण गरेको हो । कार्यबहाक सभापति गोपाल प्रसाद अधिकारीले वीपीको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

माल्यार्पण कार्यक्रममा पूर्व पार्टी सभापतिहरु सनत रेग्मी, गजेन्द्र हमाल, किरण कोइराला लगायत पार्टी पदाधिकारी, अग्रज नेता, कार्यकर्ताको उपस्थिति रहेको सचिव सुधांशु कोइरालाले बताउनुभयो ।

यसैगरी कांग्रेस बाँकेले सामुदायिक विद्यालयहरुका बीचमा हाजिरीजवाफ प्रतियोगिता गरेको छ । १० वटा माध्यमिक विद्यालयहरुले सहभागिता जनाएको प्रतियोगितामा फुल्टेक्रा मावि प्रथम, धम्बोझी मावि द्वितीय, आदर्श मावि तृतीय र महाराजा मावि सान्त्वना भएको कार्यालय सचिव अमित कँडेलले जानकारी दिनुभयो।

प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका विद्यालयहरुलाई कांग्रेस केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, कार्यबहाक सभापति अधिकारी, लुम्बिनी प्रदेश सदस्य कृष्ण कुमारी सापकोटा ९चौधरी०, सचिव कोइराला, सहसचिव रेनु सिंह ठाकुर, कोषाध्यक्ष यज्ञ बहादुर बस्नेत लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा फुल्टेक्रा मावि, महाराजा मावि, सरस्वती मावि, धम्बोझी मावि, नारायण मावि, नेपालगञ्ज कन्या मावि, आदर्श मावि, युद्ध संस्कृत मावि र मंगल प्रसाद मावि सहभागी थिए । त्यसक्रममा बोल्दै केन्द्रिय सदस्य बाल्मिकीले वीपी कोइरालाको विचार र आदर्श कांग्रेस मात्र नभएर मुलुककै लागि अपरिहार्य र अनुकरणीय रहेको बताउनुभयो ।  

कार्यबहाक सभापति अधिकारीले महामानव वीपी कोइराला नेपाली राजनीतिको आदर्श ब्यक्ति भएको चर्चा गर्दै कोइरालाले देखाएको बाटोमा हिँड्न सके उनीप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा राख्दै अधिकारीले वीपीमा देश बनाउने सपना र हुटहुटी भए पनि समय नरहेको बताउँदै अब समकालीन नेताहरुले उनको सपना पूरा गर्न राजनीतिक संकल्प लिनुपर्नेमा जोड दिनुभयो । 

 

ताजा

सबै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

लोकप्रिय

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…