Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व मनाइयो

डेक्स

डेक्स

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व मनाइयो
ADVERTISEMENT

नेपालगन्ज, ६ साउन : आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले  भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व मनाउने गरिन्छ । 

मधेशी समुदायका अवधी भाषीहरुले भौंरी पर्व धुमधामसंग मनाएका हुन । यो पर्व मान्ने समुदायका व्यक्तिहरु भौरी पर्वका दिन विहानै घरको गोठ लिपपोत गर्छन । भौंरी पकाउन गुहुँको पिठो मुछी पुर्णिमा आर्थत पुर्ण गोलो आकारको परिकार बनाउने गरिएको बाँके डुडुवा गाउँपालिका–५ अगुव तिरथराम यादवले बताउनुभयो ।  

 गोलो अकारको परिकार बनाई सकेपछि गाई गोरुको गोबरबाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाईगोरु बस्ने गोठमै कन्डाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ, जसलाई भौरी भन्ने गरिन्छ । 

अवधी समुदायमा यो पर्वको छुट्टै महत्व छ । गाई गोरु नै घरको सम्पती हो भन्ने विश्वासले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरु विधिवत रुपले पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थात पुजा गर्ने गरिन्छ । सर्वप्रथम आफुलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । 

घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफना घरका अन्य सदस्यले खाने गरिन्छ । विशेष गरि दही, भेली र चिनीसंग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेशी समुदायमा विवाहित छोरी चेलीहरु माइत जाने र ज्वाईलाई ससुरालीमा बोलाएर भौरीसंग मिठो परिकार खाने खुवाउने प्रचलन रहेको नेपालगन्ज ६ का अवधी अगुवा शिवप्रसाद पाठकले बताउनुभयो । 
–––

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

बाँकेमा पान खेतीको सम्भावना पहिल्याउँदै बस्नेत

नेपालगञ्ज १० कात्तिक : कोहलपुर नगरपालिका११ निवासी कीट संरक्षण अभियन्ता अध्यक्ष पुरमल …

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…