Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व मनाइयो

डेक्स

डेक्स

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व मनाइयो
ADVERTISEMENT

नेपालगन्ज, ६ साउन : आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले  भौंरी पर्व मनाएका छन । यो पर्व आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमाको दिन पश्चिम नेपालको बाँके, बर्दिया, दाङ्ग, कपिलबस्तुलगायत मधेशी समुदायको बहुल्यता भएको स्थानमा यो पर्व मनाउने गरिन्छ । 

मधेशी समुदायका अवधी भाषीहरुले भौंरी पर्व धुमधामसंग मनाएका हुन । यो पर्व मान्ने समुदायका व्यक्तिहरु भौरी पर्वका दिन विहानै घरको गोठ लिपपोत गर्छन । भौंरी पकाउन गुहुँको पिठो मुछी पुर्णिमा आर्थत पुर्ण गोलो आकारको परिकार बनाउने गरिएको बाँके डुडुवा गाउँपालिका–५ अगुव तिरथराम यादवले बताउनुभयो ।  

 गोलो अकारको परिकार बनाई सकेपछि गाई गोरुको गोबरबाट बनेको कन्डा अर्थात गुँइठा बनाई गाईगोरु बस्ने गोठमै कन्डाको आगो तयार गरिन्छ । सोही आगोमा उक्त गोलो आकारको पिठोको परिकार पकाउने गरिन्छ, जसलाई भौरी भन्ने गरिन्छ । 

अवधी समुदायमा यो पर्वको छुट्टै महत्व छ । गाई गोरु नै घरको सम्पती हो भन्ने विश्वासले गोठमै पकाउने परम्परा रहेको छ । यी परिकारहरु विधिवत रुपले पकाइ सकेपछि केराको पातमा राखी अगियार अर्थात पुजा गर्ने गरिन्छ । सर्वप्रथम आफुलाई कमाइ खुवाउने हलिया गोरुलाई खान दिइन्छ । 

घरमा पालेको गाई गोरुलाई भौंरी खुवाई त्यसपछि आफना घरका अन्य सदस्यले खाने गरिन्छ । विशेष गरि दही, भेली र चिनीसंग भौंरी खाने गरिन्छ । आजकै दिनमा मधेशी समुदायमा विवाहित छोरी चेलीहरु माइत जाने र ज्वाईलाई ससुरालीमा बोलाएर भौरीसंग मिठो परिकार खाने खुवाउने प्रचलन रहेको नेपालगन्ज ६ का अवधी अगुवा शिवप्रसाद पाठकले बताउनुभयो । 
–––

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

यो पनि

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

दसैँ नजिकिँदै गर्दा मूर्तिकारलाई चटारोः परम्परा जोगाउँदै जीविकोपार्जन

नेपालगन्ज, ६ असोज । नेपालीको महान चाड दसैँ नजिकिँदै जाँदा नेपालगञ्जका मूर्तिकारलाई…

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

गुरु पूर्णिमा : अवधी समुदायमा भौंरी पर्व

नेपालगन्ज, १३ साउन । आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आज मधेशी समुदायले भौंर…