Pairabi logo

असोज २२, २०८३, बिहीबार                    

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

डेक्स

डेक्स

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’
ADVERTISEMENT

बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल रु तीन अर्ब ६० करोड ९२ लाख ५६ हजार बजेट विनियोजन भएकामा ६८ दशमलव ९६ प्रतिशत रु दुई अर्ब ४८ करोड ८८ लाख १२ हजार पाँच सय ९० मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले पुँजीगत खर्चतर्फ रु दुई अर्ब २२ करोड ८२ लाख २२ हजार विनियोजन गरेकामा ६८ दशमलव ८५ प्रतिशत अर्थात् रु एक अर्ब ५३ करोड ४१ लाख ७८ हजार चार सय १४ खर्च भएको हो । चालुतर्फ ६९ दशमलव १२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट रु एक अर्ब ३८ करोड १० लाख ३४ हजारमध्ये रु ९५ लाख ४६ हजार ३४ हजार एक सय ७५ मात्रै खर्च भएको छ ।

प्रदेश सरकारले गत आव २०८०/८१ मा अघिल्ला दुई आवको तुलनामा बजेट कम खर्च गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारले चालु तर्फ ७५ दशमलव ५१ प्रतिशत, पुँजीगततर्फ ७८ दशमलव शून्य दुई प्रतिशत र कूल बजेटको ७६ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको थियो । 

त्यस्तै आव २०७९/८० मा कुल बजेटको ७३ दशमलव ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालुतर्फ ७१ दशमलव ६२ र पुँजीगत तर्फ ७४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो । 

आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा सङ्घअन्तर्गतका कार्यालयहरूले ८६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आवको तुलनामा बढी हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले जिल्लामा विगतको तुलनामा पुँजीगत खर्च प्रतिशत बढेको बताउनुभयो । 

सङ्घीय कार्यालयतर्फ आर्थिक वर्ष २०७८/७९ मा ७५ दशमलव ३७ प्रतिशत, आव २०७९/८० मा ७७ दशमलव १९ र आव २०८०/८१ मा ८६ दशमलव ६४ प्रतिशत विकास खर्च भएको हो । आर्थिक वर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कूल रु १८ अर्ब २४ करोड ७० लाख ९२ हजार चार सय २६ विनियोजन गरेको थियो । त्यसमध्ये पुँजीगततर्फ रु छ अर्ब १३ करोड २९ लाख १५ हजार सात सय १६ विनियोजन भएकामा रु पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार नौ सय ६९ रूपैयाँ खर्च भएको हो । 

त्यस्तै चालु तर्फ रु १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार सात सय १० विनियोजन भएकामा रु ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार छ सय २१ खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिनुभयो ।

बाँकेमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन वृद्धि भएको छ ।

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

बर्दिया, ५ असोजः वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँप…

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण

नेपालगञ्ज भदौ २५ । नेपालगञ्जमा रहेको सिद्धार्थ कटेजको खाना अतिउत्तम वर्गको प्रमाणीकरण …

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

भोटेकोशी बाढीपिडितको राहतका लागि सुनाखरीद्धारा ५१ हजार सहयोग

नेपालगन्ज १६ भदौ । भोटेकोशी नदीमा आएको बाढीबाट पिडित भएकाहरुको राहतका लागि सुनाख…