Pairabi logo

कात्तिक ०६, २०८३, बिहीबार                    

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’

डेक्स

डेक्स

बाँकेमा प्रदेश सरकारको ३१ प्रतिशत बढि बजेट ‘फ्रिज’
ADVERTISEMENT

बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बढी बजेट ‘फ्रिज’ भएको छ । प्रदेश सरकारअन्तर्गतका कार्यालयले बजेट खर्च गर्न नसकेपछि फिर्ता भएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारबाट बाँकेका लागि कूल रु तीन अर्ब ६० करोड ९२ लाख ५६ हजार बजेट विनियोजन भएकामा ६८ दशमलव ९६ प्रतिशत रु दुई अर्ब ४८ करोड ८८ लाख १२ हजार पाँच सय ९० मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक मोहनशरण भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रदेश सरकारले पुँजीगत खर्चतर्फ रु दुई अर्ब २२ करोड ८२ लाख २२ हजार विनियोजन गरेकामा ६८ दशमलव ८५ प्रतिशत अर्थात् रु एक अर्ब ५३ करोड ४१ लाख ७८ हजार चार सय १४ खर्च भएको हो । चालुतर्फ ६९ दशमलव १२ प्रतिशत खर्च अर्थात् विनियोजित बजेट रु एक अर्ब ३८ करोड १० लाख ३४ हजारमध्ये रु ९५ लाख ४६ हजार ३४ हजार एक सय ७५ मात्रै खर्च भएको छ ।

प्रदेश सरकारले गत आव २०८०/८१ मा अघिल्ला दुई आवको तुलनामा बजेट कम खर्च गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा प्रदेश सरकारले चालु तर्फ ७५ दशमलव ५१ प्रतिशत, पुँजीगततर्फ ७८ दशमलव शून्य दुई प्रतिशत र कूल बजेटको ७६ दशमलव ९९ प्रतिशत बजेट खर्च गरेको थियो । 

त्यस्तै आव २०७९/८० मा कुल बजेटको ७३ दशमलव ११ प्रतिशत बजेट खर्च गरेको प्रदेश सरकारले चालुतर्फ ७१ दशमलव ६२ र पुँजीगत तर्फ ७४ दशमलव शून्य आठ प्रतिशत बजेट खर्च गरेको कोष तथा लेखा नियन्त्रणक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले बताउनुभयो । 

आर्थिक वर्ष २०८०/८१ मा बाँकेमा सङ्घअन्तर्गतका कार्यालयहरूले ८६ दशमलव ६४ प्रतिशत पुँजीगत बजेट खर्च गरेका छन् । यो खर्च प्रतिशत त्यसअघिको दुई आवको तुलनामा बढी हो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रक भण्डारीले जिल्लामा विगतको तुलनामा पुँजीगत खर्च प्रतिशत बढेको बताउनुभयो । 

सङ्घीय कार्यालयतर्फ आर्थिक वर्ष २०७८/७९ मा ७५ दशमलव ३७ प्रतिशत, आव २०७९/८० मा ७७ दशमलव १९ र आव २०८०/८१ मा ८६ दशमलव ६४ प्रतिशत विकास खर्च भएको हो । आर्थिक वर्ष २०८०/८१ मा बाँकेलाई संघीय सरकारले चालु र पुँजीगत गरी कूल रु १८ अर्ब २४ करोड ७० लाख ९२ हजार चार सय २६ विनियोजन गरेको थियो । त्यसमध्ये पुँजीगततर्फ रु छ अर्ब १३ करोड २९ लाख १५ हजार सात सय १६ विनियोजन भएकामा रु पाँच अर्ब ३१ करोड ३४ लाख ६४ हजार नौ सय ६९ रूपैयाँ खर्च भएको हो । 

त्यस्तै चालु तर्फ रु १२ अर्ब ११ करोड ४१ लाख ७६ हजार सात सय १० विनियोजन भएकामा रु ११ अर्ब ३५ करोड ९८ लाख ३८ हजार छ सय २१ खर्च भएको प्रमुख कोष नियन्त्रक भण्डारीले जानकारी दिनुभयो ।

बाँकेमा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलन वृद्धि भएको छ ।

 

 

ताजा

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

खसीबोका बिक्री गरेर दसैँ मनाउँदै फत्तेपुरका किसान महिला

बाँके, ३ कात्तिक । बाँकेको राप्ती सोनारी गाउँपालिका६ फत्तेपुरका किसान महिलाले खसीब…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

लोकप्रिय

सबै

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

‘दसैँ गाउँमा नै रमाइलो’

कर्णाली, २ कात्तिकः बडादसैँ नजिकिदै गर्दा देश विदेशबाट घर फर्कनेहरुको यतिबेला घुँइच…

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

शम्भुप्रसाद थारु बर्दिया, २ कात्तिक स् घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहे…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

यो पनि

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

नेपालगन्ज २७ असोजः नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दियामा युवा उद्यम परियोजनाको अभिमुखिकरण र स्थलगत अवलोकन

बर्दिया, असोज २५ । युवा उद्यमशीलता प्रवद्र्धन, परियोजना कार्यान्वयनलाई प्रभावकारी बनाउन…