Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

स्थानीय अवधीलाई संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण

डेक्स

डेक्स

स्थानीय अवधीलाई संरक्षण गर्न नेपालगन्ज उपमहानगरपालिकाको ध्यानाकर्षण
ADVERTISEMENT

नेपालगन्ज ४ साउन । पश्चिम नेपालको नेपालगन्ज क्षेत्रमा स्थानीय अवधी भाषा, संस्कृति र कलाको संरक्षणका लागि स्थानीय सरकारको ध्यानाकर्षण गराइएको छ ।

पछिल्लो समयमा स्थानीय अवधी भाषा, कला, संस्कृति लोप हुन लागेपछि त्यसको संरक्षण सम्वद्र्धन गर्ने प्रमुम दायित्व स्थानीय तहको भएकाले संरक्षण र सम्बद्र्धन गर्न दबाब दिइएको हो । नेपालगन्जका सामाजिक अभियन्ताहरुको एक समुहले आज नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई ज्ञापन पत्र बुझाउदै ध्यानाकर्षण गराइएको छ । 

नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय भाषा, कला संस्कृतिको संरक्षण सम्बद्र्धन गर्ने संबैधानिक जिम्मेवारी भएकाले सोको कार्यन्वयनका लागि पहल गरिएको हो । 

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीको नेतृत्वमा गएको टोलीमा सामाजिक अभियन्ताहरु डा विनोद कर्ण, विनोद अग्रहरी, ललित रौनियार, विनय चन्द्र गुप्ता, डा. राहुल कुर्मी, करण शाह, सुशिल बर्मा, मो. अहमद राई, साहिल अन्सारी, अब्दुल अजिज हलवाई लगायतको सहभागिता रहेको थियो । 


 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

आज दसहरा मेला, रामलिलामा रावण बध गरिदै

नेपालगन्ज, ४ कार्तिक । नेपालगञ्ज रामलिला मैदानमा विजयादशमीको घटनास्थापनादेखि शुरु भ…

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

थारु बस्तीमा सखिया नाचले दसैँको रौनक

नेपालगञ्ज, ३ कात्तिक : दसैँ पर्वका अवसरमा बाँकेका थारु गाउँबस्तीमा परम्परागत सखिया न…

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्जमा १५९औँ ऐतिहासिक रामलिलामामा रावण बधको तयारी

नेपालगन्ज, ३ असोज । नेपालगन्जमा जारी १५९औँ ऐतिसाहिस रामलिला मन्चनको विशेष आकर्षण रा…

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…