Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा जोड

डेक्स

डेक्स

सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा जोड
ADVERTISEMENT

नेपालगन्ज २९ असार । उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीश नित्यानन्द पाण्डेयले सार्वजनिक सरोकारका मुद्दामा भएको अदालती फैसला कार्यान्वयनमा समन्वयात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ । 

सार्वजनिक सरोकारको मुद्दामा सरोकारवालाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य न्यायाधीश पाण्डेयले सार्वजनिक सरोकारको मुद्दाले ब्यक्तिगत हित भन्दा सार्वजनिक हितलाई हेर्ने भन्दै सार्वजनिक सरोकारको मुद्दामा फैसला कार्यान्वयन हुन नसक्नुका कारण खोज्दै यसको कार्यान्वनका लागि सबैले जिम्मेवारी र जवाफदेही भै कार्य गर्नु पर्नेमा जोड दिनुभयो । 

सार्वजनिक सरोकार कानून ब्यवसायी समुह नेपालगन्ज, एडभोकेसी फोरम नेपाल, नेपालगन्ज उच्च तथा जिल्ला बार एशोसिएसन, इन्टरनेशनल कमिसन अफ जुरिष्ट, महिला कानून र बिकास मञ्च, इन्सेक, सुचना र मानव अधिकार अनुसन्धान केन्दको संयुक्त आयोजनामा शुक्रबार सार्वजनिक सरोकारका मुद्दामा उच्च अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको संग्रह २०८० पुस्तक विमोचन तथा सार्वजनिक सरोकारका मुद्दामा सरोकारवालाको भूमिका विषयक प्रदेश स्तरीय गोष्ठीमा मुख्य न्याधिसले पाण्डेयले पुस्तक विमोचन गर्दै नागरिक अधिकार र सार्वजनिक सरोकारका मुद्दामा अदालत संवेदनशील रहेको बताउनुभयो । 

पुस्तक विमोचिन तथा सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सार्वजनिक सरोकारका मुद्दामा अदालतले गरेका फैसलाहरूका बारेमा अधिबक्ता लोकबहादुर शाहले सरोकारवालालाई जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजाल, सहन्यायाधीवक्ता उमाकान्त पौडेल, बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाई, उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्र बहादुर सारुले सार्वजनिक सरोकारको मुद्दामा सार्वजनिक हितका सवाल हुने भएकाले यसको कार्यान्वयनमा जोड दिनुभयो । 

मानव अधिकार, कानूनी शासन र सामाजिक न्यायका सवालमा भएका फैसलाहरू बारे सरोकारवाला निकायलाई जानकारी गराई कार्यान्वयनमा मद्दत पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका सचिव बसन्त गौतमले बताउनुभयो । ४७ वटा फैसला समावेश गरि प्रकाशित पुस्तकमा मानव अधिकार र सार्वजनिक सरोकार बिषयहरू रहेका छन् ।

कार्यक्रममा उच्च तथा जिल्ला अदालका न्यायाधीश, उच्च तथा सरकारी वकिल कार्यालयका प्रमुखहरू, बार एशोसिएसनका अध्यक्ष, तथा पदाधिकार लगायत न्याय क्षेत्र सम्बद्ध निकायका साथै अधिकारवादी संघ सस्थाका प्रतिनिधि नागरिक समाज लगायतका सम्बद्ध पक्षको सहभागिता रहेको थियो ।

कार्यक्रमबाट सार्वजनिक सरोकारका मुद्दामा भएका अदालती फैसलाहरू सम्बद्ध पक्षलाई जानकारी गराई नागरिक संरक्षणका लागि अदालतले गरेका फैसला कार्यान्वयनमा सम्बद्ध पक्षलाई जिम्मेवार बनाउन उद्देश्य फैसलाहरूको संग्रह प्रकाशन गरिएको सार्वजनिक सरोकार कानून ब्यवसायी समुहका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठले बताउनुभयो । 

 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी विधेयकमाथि कानुन व्यवसायीसँग छलफल

नेपालगन्ज। सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न प्रस्ताव…