Pairabi logo

असोज २६, २०८३, सोमबार                    

बाँकेको जानकी गाउँपालिकाद्धारा रु ६८ करोड २७ लाखको बजेट पारित

डेक्स

डेक्स

बाँकेको जानकी गाउँपालिकाद्धारा रु ६८ करोड २७ लाखको बजेट पारित
ADVERTISEMENT

नेपालगन्ज २६ असार । बाँकेको जानकी गाउँपालिकाले रु ६८ करोड २७ लाखको बजेट ल्याएको छ । आगामी आर्थिक बर्ष २०८१।८२ का लागि उपाध्यक्ष रामप्यारी यादवले प्रस्तुत गरेको रु ६८ करोड २७ लाख ६ हजार ३२ को आयब्यय गाउँसभाको १६औं अधिवेशनबाट पारित भएको छ ।

पालिका अध्यक्ष छब्बन खाँले बजेट पुस्तिका रहेको ब्रिफकेस हस्तान्तरण गरेपछि उपाध्यक्ष यादवले बजेट वाचन गर्नुभएको थियो ।  त्यसअघि अध्यक्ष खाँको अनुमतिमा प्रबक्ता टिकानाथ यादवले नीति तथा कार्यक्रम सभासमक्ष प्रस्तुत गर्नुभएको थियो। शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र रोजगारलाई विशेष प्राथमिकता दिइएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले बताउनुभयो । 

जानकीले आगामी आर्थिक बर्षका लागि सशर्त अनुदानतर्फ संघीय सरकारबाट रु १९ करोड ७७ लाख र प्रदेश सरकारबाट ९० लाख प्राप्त गरेको छ । समानीकरणतर्फ संघीय सरकारको रु ११ करोड ९९ लाख र प्रदेश सरकारको ८२ लाख ३९ हजार बजेट छ । जानकी गाउँपालिकाले आन्तरिक आम्दानीतर्फ १ करोड २५ लाख राजश्व संकलन गर्ने लक्ष्य लिएको छ । सबैभन्दा बढी वडा स्तरीय योजना पूर्वाधार तथा चालु० तर्फ रु ५ करोड ४८ लाख, गाउँपालिका स्तरीय योजनामा ३ करोड ४० लाख, शिक्षामा २ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । 

गाउँसभाको १६औं अधिवेशनमा जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो । नीति कार्यक्रममाथिको छलफलमा प्रबक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष यादव, वडा नम्बर ६ का अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्य राजेन्द्र सिंह लगायतको सहभागिता रहेको थियो ।

 सभाको सञ्चालन राजेन्द्र प्रसाद बाजपेयीले गर्नुभएको थियो । असार १० गते ल्याउनुपर्ने बजेट आन्तरिक विवादका कारण जानकीले दुई साता ढिला गरी ल्याएको हो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…