Pairabi logo

कात्तिक १५, २०८३, शनिबार                    

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

डेक्स

डेक्स

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने
ADVERTISEMENT

नेपालगन्ज, १८ असारः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई देशकै प्राविधिक शिक्षालयका रुपमा विकास गरिने बताउनुभएको छ । नेपालगन्जमा आज भएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको दोस्रो वार्षिकोत्सव समारोहमा उहाँले विश्वविद्यालयमा व्यावहारिक ज्ञान प्रदान गर्न आविष्कार, अनुसन्धान र नवप्रवर्तन केन्द्र स्थापना गर्नेगरी विद्यार्थीलाई व्यावहारिक ज्ञान दिने व्यवस्था मिलाइने मुख्यमन्त्री महराले बताउनुभयो । 

नेपाल र अन्तर्राष्ट्रियस्तरका उद्योग एवं शैक्षिक संस्थाहरुबीच आवश्यक भएकामा जोड दिँदै  उहाँले भन्नुभयो, “यस्ता साझेदारीले हाम्रो शैक्षिक प्रयासलाई अझ सुदृढ बनाउने छभने लुम्बिनी प्रदेशमा राष्ट्रको सामाजिक आर्थिक विकासमा योगदान गर्ने अवसर प्राप्त हुनेछ ।” लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री रत्नबहादुर खत्रीले लुम्बिनी प्राविधिक विश्वविद्यालयको जग्गा प्राप्तिको निर्णय तत्काल गर्न सङ्घीय सरकारसँग माग गर्दै शिक्षा क्षेत्रलाई भरोसायोग्य बनाउन आवश्यक भएको बताउनुभयो । 

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल यादव, प्रदेशसभा सदस्यद्वय मीना श्रेष्ठ, दुर्गाबहादुर चौधरीलगायत वक्ताले विश्वविद्यालयको शैक्षिक उन्नयनका विविध विषयमा मन्तव्य व्यक्तभएको थियो ।  गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा गणेशमान गुरुङले विश्वविद्यालयलाई राजनीतिक गतिविधिबाट मुक्त गर्नुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा उत्कृष्ट विद्यार्थीलाई सम्मान पनि गरिएको थियो । 

ताजा

सबै

मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बेचविखन गर्न आग्रह

बाँके, १३ कात्तिकः नेपालगञ्ज आसपासका बजारमा रहेका मिठाइ व्यवसायीलाई लेबलिङ गरेर बे…

चाडपर्व मनाउन सस्तो दरमा धान बेच्दै किसान

बाँके, १३ कात्तिकः नजिकिँदो तिहारलगायतका चाडपर्व मनाउन यहाँका किसानले व्यापारीलाई …

मानब बेचबिखनविरुद्ध सामूहिक प्रतिबद्धता : सुरक्षा परियोजनाको संयुक्त अनुगमन

बर्दिया, १३ कार्तिक । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चाल…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

लोकप्रिय

सबै

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…