Pairabi logo

माघ १३, २०८२, सोमबार                    

तातो हावाको लहर प्रतिकार्य कार्यक्रमको समिक्षा

डेक्स

डेक्स

तातो हावाको लहर प्रतिकार्य कार्यक्रमको समिक्षा
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्जमा सञ्चालित तातो हावाको लहर प्रतिकार्य कार्यक्रमकोे आज समिक्षा गरिएको छ । गत जेठदेखि हालसम्म यस कार्यक्रम अन्तर्गत सञ्चालित क्रियाकलापहरुको समिक्षा गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा बसेको तातो हावा कार्यदलको बैठकमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न १२ वटा क्रियाकलापहरुका बारेमा चर्चा गरिएको छ । 

कार्यदल संयोजक रहनुभएका नेपालगञ्ज उपमहानगरपालिका विपद समिति संयोजक समिर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा रेडक्रस बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगीले सञ्चालित कार्यक्रम र तिनको प्रभावबारे जानकारी गराउनुभएको थियो । 

डाँगीका अनुसार जेठ २ गतेदेखि असार ७ गतेसम्म जमुनाहा नाकामा आम सर्वसाधारणलाई निःशुल्क पिउने पानी वितरण गरिएको छ । यस अवधिमा करीब १ लाख १२ हजारले पानी पिएका छन् । यस्तै नाकामा जोखिम सचेतना सन्देश पनि प्रसार गरिएको छ ।

बैशाख १८ गतेदेखि जेठ ३१ गतेसम्म नेपालगञ्जका १९, २१ र २२ नम्बर वडाका ८०५ जोखिम परिवारमा सचेतना प्रबद्र्धन गर्न घरभेट कार्यक्रम सम्पन्न गरिएको छ । पेशागत समूहलाई तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण गरिएको छ । जसमा ५२ जना सहभागी थिए ।

जोखिमयुक्त समुदायका संकटासन्न घरपरिवार र विद्यालयमा सेतो रंग लेपन गर्ने कार्यक्रम नेपालगञ्जको वडा नम्बर १९ का १४ घर र २ वटा विद्यालयमा सम्पन्न भएको छ । आम नगरबासीका लागि लू सचेतना सम्बन्धि माइकिंग गर्दा करीब २५ हजार मानिस लाभान्वित भएको अनुमान गरिएको रेडक्रस बाँकेका उपनिर्देशक डाँगीले बताउनुभयो ।

यस्तै रेडियाहरुबाट सूचनामूलक सन्देश प्रशारण, डिजिटल बोर्डबाट सूचना प्रशारण, मिडिया बुष्टिंग गनेृ काम पनि सम्पन्न भएको छ । नेपालगञ्जका २० वटा सामुदायिक विद्यालयहरुमा पानी छान्ने फिल्टर मेशिन वितरण गरिएको छ । नेपालगञ्ज ४ बसपार्क क्षेत्रमा कुलिंग सेन्टर सितलन केन्द्र निर्माणाधीन अवस्थामा छ । २३ वडाका विभिन्न विद्यालयमा करीब २० हजार विद्यार्थीका लागि सचेतना अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

 नेपालगञ्ज उपमहानगपालिकामा अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको हो । तातो हावाको लहर प्रतिकार्य कार्यक्रम लाभग्राहीका लागि प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ । चर्को गर्मी हुने र तातो हावाको लहर ९लु० चल्ने नेपालगञ्जमा पूर्व तयारी र आवश्यक सजगतामा जोड दिइएको छ । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …