Pairabi logo

माघ १३, २०८२, सोमबार                    

तीन वटै सरकारको समन्वय प्रभावकारी बनाउनु पर्नेमा जोड

डेक्स

डेक्स

तीन वटै सरकारको समन्वय प्रभावकारी बनाउनु पर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज १४ असार । जिल्लास्तरमा तीन वटै सरकारको प्रभावकारी समन्वय बनाउनुपर्नेमा कुरामा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार अन्र्तगतका संरचनाहरुबीच समन्वय र सहकार्यको अवस्थालाई सुदृढ बनाउन जिल्ला समन्वय समितिको भुमिका बढाउनुपर्ने कुरामा जोड दिइएको हो ।

जिल्ला समन्वय समिति बाँकेद्धारा शुक्रबार नेपालगन्जमा आयोजित जिल्लाका स्थानीय तह, संघिय र प्रदेश अन्र्तगतका सरारकारी कार्यालय तथा गैसस संस्थाविच अन्र्तक्रियाका सहभागिहरुले समन्वयात्मक विकास गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लास्तरमा अहिले तीन वटै सरकारले आ–आफ्नो मनोमानी तरिकाले कार्य गरिरहेकाले उक्त कार्यको प्रभावकारिता नभएको भन्दै निकास विनाको विकास भएको छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘तीन वटै सरकारको समन्वय छैन, आ–आफ्नो ढंङ्गले विकास निर्माणका काम समेत हचुवाको भरमा हुन्छ, त्यसले लाभग्राहीलाई फाइदा गरेको छैन, कति योजना फर्किएको छ भने कति योजनाको बजेट समेत फ्रिज भएको अवस्था छ ।’ त्यसैले जिल्ला स्तरमा सबैले र सबै कार्यालय निकायसंग प्रभावकारी समन्वय भएमा मात्र गुणस्तरिय काम हुने बताउनुभयो । 

कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जिल्लास्थित समन्वय समिति र स्थानीय तहविचको समन्वन्ध नङ्ग र मासुको समन्वन्ध जस्तो बनाउनुपर्नेमा जोड दिदै तीन वटै सरकारविचको समन्वय अभावमा नागरिकले फाइदा लिन नसकेको दुःखद कुरा भएको बताउनुभयो । अध्यक्ष चौधरीले समन्वय समितिको भुमिकालाई प्रभावकारी बनाई अनुगमनको कार्य र सेवा प्रवाह प्रक्रियालाई गुणस्तरिय तथा सुशासनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा समन्वय अधिकारी विक्रम प्रसाद पाण्डेले जिल्ला समन्वय समितिको काम कर्तव्य अधिकार र समन्वयको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधीले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा समन्वय समितिका उपप्रमुख सिता कार्की, नरैनापुर गाउँपालिका अध्यक्ष इस्त्यिाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय लगायतको उपस्थिती रहेको थियो । 

समन्वय समितिले जिल्लास्तरमा स्थानीय तह र सरकारी कार्यालयको काम कारवाही प्रक्रियालाई प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरेको हो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …