Pairabi logo

असोज २६, २०८३, सोमबार                    

तीन वटै सरकारको समन्वय प्रभावकारी बनाउनु पर्नेमा जोड

डेक्स

डेक्स

तीन वटै सरकारको समन्वय प्रभावकारी बनाउनु पर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज १४ असार । जिल्लास्तरमा तीन वटै सरकारको प्रभावकारी समन्वय बनाउनुपर्नेमा कुरामा जोड दिइएको छ । स्थानीय तह, प्रदेश र संघिय सरकार अन्र्तगतका संरचनाहरुबीच समन्वय र सहकार्यको अवस्थालाई सुदृढ बनाउन जिल्ला समन्वय समितिको भुमिका बढाउनुपर्ने कुरामा जोड दिइएको हो ।

जिल्ला समन्वय समिति बाँकेद्धारा शुक्रबार नेपालगन्जमा आयोजित जिल्लाका स्थानीय तह, संघिय र प्रदेश अन्र्तगतका सरारकारी कार्यालय तथा गैसस संस्थाविच अन्र्तक्रियाका सहभागिहरुले समन्वयात्मक विकास गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले जिल्लास्तरमा अहिले तीन वटै सरकारले आ–आफ्नो मनोमानी तरिकाले कार्य गरिरहेकाले उक्त कार्यको प्रभावकारिता नभएको भन्दै निकास विनाको विकास भएको छ भन्नुभयो । उहाँले भन्नुभयो, ‘तीन वटै सरकारको समन्वय छैन, आ–आफ्नो ढंङ्गले विकास निर्माणका काम समेत हचुवाको भरमा हुन्छ, त्यसले लाभग्राहीलाई फाइदा गरेको छैन, कति योजना फर्किएको छ भने कति योजनाको बजेट समेत फ्रिज भएको अवस्था छ ।’ त्यसैले जिल्ला स्तरमा सबैले र सबै कार्यालय निकायसंग प्रभावकारी समन्वय भएमा मात्र गुणस्तरिय काम हुने बताउनुभयो । 

कार्यक्रममा डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जिल्लास्थित समन्वय समिति र स्थानीय तहविचको समन्वन्ध नङ्ग र मासुको समन्वन्ध जस्तो बनाउनुपर्नेमा जोड दिदै तीन वटै सरकारविचको समन्वय अभावमा नागरिकले फाइदा लिन नसकेको दुःखद कुरा भएको बताउनुभयो । अध्यक्ष चौधरीले समन्वय समितिको भुमिकालाई प्रभावकारी बनाई अनुगमनको कार्य र सेवा प्रवाह प्रक्रियालाई गुणस्तरिय तथा सुशासनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा समन्वय अधिकारी विक्रम प्रसाद पाण्डेले जिल्ला समन्वय समितिको काम कर्तव्य अधिकार र समन्वयको अवस्थालगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सहभागी विभिन्न सरकारी कार्यालयका प्रमुख प्रतिनिधीले कार्यालयको प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा समन्वय समितिका उपप्रमुख सिता कार्की, नरैनापुर गाउँपालिका अध्यक्ष इस्त्यिाक अहमद शाह, जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ, उपाध्यक्ष रामप्यारी यादव, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय लगायतको उपस्थिती रहेको थियो । 

समन्वय समितिले जिल्लास्तरमा स्थानीय तह र सरकारी कार्यालयको काम कारवाही प्रक्रियालाई प्रभावकारी बनाउन कार्यक्रम आयोजना गरेको हो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…