Pairabi logo

असोज २६, २०८३, सोमबार                    

मानव अधिकारको सवालमा स्थलगत अध्ययन बारे क्षमता अभिबृद्धि

डेक्स

डेक्स

मानव अधिकारको सवालमा स्थलगत अध्ययन बारे क्षमता अभिबृद्धि
ADVERTISEMENT

नेपालगन्ज, १३ असार । समुदायमा मानव अधिकारका सवाल तथा विषयबस्तुको बारेमा स्थलगत अध्ययन किन र कसरी गर्ने बारेमा स्थानीय मानव अधिकार रक्षकको क्षमता अभिबृद्धि गरिएको छ । 

डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा आज विहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा विभिन्न संघ संस्था र स्थानीय मानव अधिकार रक्षकहरुको क्षमता विकास गरिएको हो । 

कार्यक्रममा नेपालको संविधान २०७२, मौलिक हक, सविधानको औचित्य, कार्यान्वयनको अवस्थाका बारेमा अधिबक्ता लोकबहादुर शाह, मानव अधिकारका सवालमा स्थलगत अध्ययन किन र कसरी, प्रतिबेदन लेखन र सार्वजनिकीकरणका विषयमा अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले मानव अधिकार अन्र्तगतका सवाल तथा घटनाको अभिलेखीकरण निकै महत्वपुर्ण भएको र स्थानीय तथा प्रदेश तहमा मानव अधिकारसम्वन्धी अभिलेखीकरणको विषयमा ज्ञान हासिल गर्न जरुरी रहेकोे बताउनुभयो । 

उहाँले मानव अधिकारका सवाल तथा विषयबस्तुहरुको पहिचान गरि सत्य तथ्य घटना विवरण संकलन तथा अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संयोजक महतले समुदायस्तरमा मानव अधिकारको अवस्थालाई सही तरिकाले अनुगमन गरि घटनाको स्थलगत अध्ययन गरेर गुणस्तरीय प्रतिबेदन तयार गर्नमा यो अभिमुखीकरणले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा बातावरणीय मानव अधिकार रक्षक समुहका पदाधिकारी, स्थानीय मानव अधिकार रक्षक, नागरिक संगठनका प्रतिनिधी लगायत गरि लुम्विनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग कपिलबस्तुका करिब ३० जनाको सहभागिता रहेको थियो । 

अभिमुखीकरण पश्चात सहभागीहरुले समुदायमा मानव अधिकारको अवस्थाको पहिचान, स्थालगत अनुगमनको आधारमा प्रतिबेदन तयार गरेर सार्वजनिकीकरण गर्ने क्षमता विकास हुनेछ ।  

इन्सेकले संरक्षण परियोजनामार्फत मानव अधिकार रक्षकहरुको अधिकारलाई सुनिश्चिता गर्न कानूनी वकालत गर्ने, पीडितहरुको न्यायमा पहुँचका लागि सहजीकरण गर्ने, प्रदेश तहमा मानव अधिकार लगायतका विभिन्न सवालमा अनुगमन गरि अवस्थाबारे छलफल तथा वकालत गर्ने, दलित तथा विपन्न महिाल, बालबालिका, सिमान्तकृत समुदायलाई सचेत गराई उनीहरुको क्षमता अभिबृद्धि गर्ने कार्य भईरहेको इन्सेकका परियोजना अधिकृत टेकनाथ आचार्यले बताउनुभयो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…