Pairabi logo

माघ १३, २०८२, सोमबार                    

मानव अधिकारको सवालमा स्थलगत अध्ययन बारे क्षमता अभिबृद्धि

डेक्स

डेक्स

मानव अधिकारको सवालमा स्थलगत अध्ययन बारे क्षमता अभिबृद्धि
ADVERTISEMENT

नेपालगन्ज, १३ असार । समुदायमा मानव अधिकारका सवाल तथा विषयबस्तुको बारेमा स्थलगत अध्ययन किन र कसरी गर्ने बारेमा स्थानीय मानव अधिकार रक्षकको क्षमता अभिबृद्धि गरिएको छ । 

डिसिएको सहयोगमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जको आयोजनामा आज विहीबार नेपालगन्जमा आयोजित कार्यक्रममा विभिन्न संघ संस्था र स्थानीय मानव अधिकार रक्षकहरुको क्षमता विकास गरिएको हो । 

कार्यक्रममा नेपालको संविधान २०७२, मौलिक हक, सविधानको औचित्य, कार्यान्वयनको अवस्थाका बारेमा अधिबक्ता लोकबहादुर शाह, मानव अधिकारका सवालमा स्थलगत अध्ययन किन र कसरी, प्रतिबेदन लेखन र सार्वजनिकीकरणका विषयमा अधिकारकर्मी प्रकाश उपाध्यायले सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै इन्सेकका लुम्विनी प्रदेश संयोजक भोला महतले मानव अधिकार अन्र्तगतका सवाल तथा घटनाको अभिलेखीकरण निकै महत्वपुर्ण भएको र स्थानीय तथा प्रदेश तहमा मानव अधिकारसम्वन्धी अभिलेखीकरणको विषयमा ज्ञान हासिल गर्न जरुरी रहेकोे बताउनुभयो । 

उहाँले मानव अधिकारका सवाल तथा विषयबस्तुहरुको पहिचान गरि सत्य तथ्य घटना विवरण संकलन तथा अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । संयोजक महतले समुदायस्तरमा मानव अधिकारको अवस्थालाई सही तरिकाले अनुगमन गरि घटनाको स्थलगत अध्ययन गरेर गुणस्तरीय प्रतिबेदन तयार गर्नमा यो अभिमुखीकरणले मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा बातावरणीय मानव अधिकार रक्षक समुहका पदाधिकारी, स्थानीय मानव अधिकार रक्षक, नागरिक संगठनका प्रतिनिधी लगायत गरि लुम्विनी प्रदेशको बाँके, बर्दिया, दाङ्ग कपिलबस्तुका करिब ३० जनाको सहभागिता रहेको थियो । 

अभिमुखीकरण पश्चात सहभागीहरुले समुदायमा मानव अधिकारको अवस्थाको पहिचान, स्थालगत अनुगमनको आधारमा प्रतिबेदन तयार गरेर सार्वजनिकीकरण गर्ने क्षमता विकास हुनेछ ।  

इन्सेकले संरक्षण परियोजनामार्फत मानव अधिकार रक्षकहरुको अधिकारलाई सुनिश्चिता गर्न कानूनी वकालत गर्ने, पीडितहरुको न्यायमा पहुँचका लागि सहजीकरण गर्ने, प्रदेश तहमा मानव अधिकार लगायतका विभिन्न सवालमा अनुगमन गरि अवस्थाबारे छलफल तथा वकालत गर्ने, दलित तथा विपन्न महिाल, बालबालिका, सिमान्तकृत समुदायलाई सचेत गराई उनीहरुको क्षमता अभिबृद्धि गर्ने कार्य भईरहेको इन्सेकका परियोजना अधिकृत टेकनाथ आचार्यले बताउनुभयो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …