Pairabi logo

भदौ २३, २०८१, आइतबार                    

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै

सम्वाददाता

सम्वाददाता

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै
ADVERTISEMENT

नेपालगन्ज 

नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निमार्ण गरेको छ । नेपालगन्जको स्थानीय पहिचानलाई पाठ्यक्रममार्फत परिचय गराउन थालिएको हो ।

नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, बाताबरण, धार्मिक स्थल, गौरवमय स्तम्भलगायतको पहिचान लगायत विषयबस्तु पाठ्यक्रममा समेटिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय पाठयक्रमले समेटन नसकेका स्थानीय आवश्यकता र प्राथमिकताका विषयबस्तुमा बालबालिकाहरुको क्षमता विकास गर्नका लागि स्थानीय पाठ्यक्रम तयार गरेका छौ । 

पाठ्यक्रममा नेपालगन्जमा रहेका विभिन्न स्थान, रहनसहन, पर्यटकियलगायत विभिन्न थिम अनुसार विषय छनौट गरि निर्धारण गरिएको छ । स्थानीय विषयको ज्ञान प्रदान गर्नका लागि यो पाठ्यक्रमले मद्दत पुरयाउने छ ।

शाखा अधिकृत शाहीले भन्नुभयो,–‘स्थानीय विषयको ज्ञान र सिपमा बृद्धि हुन्छ, स्थानीयको बारेमा जानकारी भएपछि अरु विषय बुझ्न सहज हुन्छ ।’ गत वर्ष पाठ्यक्रम तयार गर्नका लागि कार्यदल निमार्ण गरिएको थियो । उक्त कार्यदलले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम तयार गरेको हो । हाल तयार भएको पाठ्यक्रम छपाई समेत गरिसकिएकोले अब केही दिनभित्र सबै विद्यालयमा वितरण गरिने शिक्षा महाशाखाले जनाएको छ । 

पाठ्यक्रम पढाउनका लागि विद्यालयका शिक्षकहरुलाई तालिम समेत प्रदान गरिएको छ । नेपालगन्जका विद्यालयहरुमा अब नियमित रुपमा यो पाठ्यक्रमलाई पढाइने छ । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत ४३ वटा सामुदायिक विद्यालय, ३९ वटा धार्मिक विद्यालय र ८२ वटा निजी विद्यालयहरु रहेका छन । 

उपमहानगरपालिको आफ्नै पाठ्यपुस्तकको पुस्तक नहुँदा विद्यार्थीहरू बिना पुस्तक पढ्न बाध्य भएका थिए । अब भने चालू आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हातहातमा पु¥याउने निती लिएको छ । 

पाठ्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण गरिएको पाठ्यक्रम निमार्ण कार्यदलका सदस्य विरेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षको जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ । 

बृहत्तर विद्यालय सुरक्षा योजना 

नेपालगञ्जका विद्यालयलाई विपद्बाट जोखिमरहित बनाउन बृहत्तर विद्यालय सुरक्षा योेजना लागू गरिएको छ । नेपालगन्जका विद्यालयलाई विपद्को जोखिमबाट बचाउन तथा पुर्व तयारीका लागि विशेष सुरक्षा योजना कार्यन्वयन गरिएको हो । भूकम्प, आगलागी, लगायत अन्य विपदजन्य जोखिमबाट विद्यालयलाई सुरक्षित राख्दै भयरहित शिक्षण सिकाईमा जोड दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । 

विद्यालयमा विद्यार्थी र शिक्षक कर्मचारीहरुको सुरक्षाका सवालमा उपमहानगरपालिका संवेदनशील रहेको र बृहत्तर विद्यालय सुधारका लागि विद्यालय, शिक्षक अभिभावक तथा विद्यार्थीहरु पनि सक्रिय भई आ–आफ्नो ठाउंबाट सक्रिय भई लाग्न शिक्षा महाशाखा प्रमुख थापाले सवैमा आग्रह गर्नुभयो । 

सुपर परियोजनामार्फत नेपालगन्ज वडा नम्बर ३, ७, ८ र ११ का विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा अध्यक्ष, वडा सचिवलाई विद्यालय सुरक्षा योजनाका बारेमा अभिमुखीकरण समेत गरिएको छ । भुकम्प प्रतिरोधी संरचना निर्माणदेखि खुला ठाउँको पहिचानसंगै बृहत्तर विद्यालय सुरक्षा योजनाका विषयमा पुर्व तयारी गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

नेपालगन्जका विद्यालयलाई भूकम्पीय जोखिमरहित बनाउन आवश्यक रहेकोले कुनै पनि विपद् जतिबेला पनि आउन सक्ने भएकाले त्यसको पुर्बतयारी गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका विपद् तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहले बताउनुभयो । 

वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले पुराना संरचनालाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्न सकिने भन्दै विपद जतिबेला पनि आउने भएकाले पूर्व तयारी र सचेतना अभिबृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । 

विद्यालय भवनको प्रबलीकरण 

नेपालगञ्जको वडा नम्बर ३ स्थित इस्लामिक चिल्ड्रेन स्कूललाई नमुनाको रुपमा प्रबलीकरण गरिएको छ । “पुराना संरचना जो भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाको रुपमा इस्लामिक स्कुललाई रोज्यो’ सिभिल इन्जिनियर नरेश निदालले भन्नुभयो,– “पुरानो संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ पनि गर्न सकिन्छ, जसले भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ ।“

परियोजना अन्र्तगत विद्यालयको सुरक्षा योजना, शिक्षकहरुलाई मनोसामाजिक विमर्शकर्ता तालिम, विपद्का बेला विद्यालयमा गरिने पुर्व तयारी, पुरानो संरचनाको रेट्रोफिटिङ्ग, विपद् बारे विद्यार्थीहरुलाई सचेतना अभिबृद्धिलगायतका क्रियाकलापहरु गरिएको छ ।  

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


 

ताजा

सबै

गणेश चतुर्थी पर्व मनाइँदै

काठमाडौँ, २२ भदौः प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नु…

कम्लरीका लागि आयमुलक कार्यक्रम संचालन गरिने

कमल राज पौडेल बर्दिया, भाद्र २१ गते । एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालय, गुलर…

अवधी पत्रकार संघद्धारा तीज मिलन

नेपालगन्ज २१ भदौ ।हिन्दु महिलाहरुको पर्व हरितालिका (कजरी तीज) को अवसरमा शुभकामना आ…

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना

बर्दिया, १९ भदौ :हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढै…

लोकप्रिय

सबै

कम्लरीका लागि आयमुलक कार्यक्रम संचालन गरिने

कमल राज पौडेल बर्दिया, भाद्र २१ गते । एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालय, गुलर…

अवधी पत्रकार संघद्धारा तीज मिलन

नेपालगन्ज २१ भदौ ।हिन्दु महिलाहरुको पर्व हरितालिका (कजरी तीज) को अवसरमा शुभकामना आ…

बर्दियामा तीज गीतमार्फत सामाजिक सचेतना

बर्दिया, १९ भदौ :हिन्दू नारीहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर बर्दियाको बढै…

राजमार्गका संरचना वन्यजन्तुमैत्री हुनुपर्ने माग

नेपालगन्ज, १९ भदौः बाँके र बर्दियाका वन तथा वन्यजन्तु संरक्षणकर्मी र जनप्रतिनिधिले राज…

यो पनि

राष्ट्रिय पुस्तकालय दिवस मनाइयो

राष्ट्रिय पुस्तकालय दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज १५ भदौ । १७औं राष्ट्रिय पुस्तकालय दिवस निरन्तर शिक्षाका लागि पु…

बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी

बाँकेमा बालिका शिक्षा कार्यक्रमको उपलब्धी

नेपालगन्ज २८ साउन । बाँकेमा बालिका शिक्षा कार्यक्रमको प्रभावकारितासंगै बालबालिकाहरुक…

एसइई पूरक परीक्षामा बाँकेबाट पाँच हजार बढी विद्यार्थी सहभागी

एसइई पूरक परीक्षामा बाँकेबाट पाँच हजार बढी विद्यार्थी सहभागी

नेपालगन्ज, साउन २३ गते । बुधबारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई ० को ग्रे…

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई प्राविधिक शिक्षालय बनाइने

नेपालगन्ज, १८ असारः लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री जोखबहादुर महराले लुम्बिनी प्रा…