Pairabi logo

कात्तिक ०२, २०८३, आइतबार                    

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै

सम्वाददाता

सम्वाददाता

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम पढाइदै
ADVERTISEMENT

नेपालगन्ज 

नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निमार्ण गरेको छ । नेपालगन्जको स्थानीय पहिचानलाई पाठ्यक्रममार्फत परिचय गराउन थालिएको हो ।

नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, बाताबरण, धार्मिक स्थल, गौरवमय स्तम्भलगायतको पहिचान लगायत विषयबस्तु पाठ्यक्रममा समेटिएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा अधिकृत लोकबहादुर शाहीले बताउनुभयो । उहाँका अनुसार राष्ट्रिय पाठयक्रमले समेटन नसकेका स्थानीय आवश्यकता र प्राथमिकताका विषयबस्तुमा बालबालिकाहरुको क्षमता विकास गर्नका लागि स्थानीय पाठ्यक्रम तयार गरेका छौ । 

पाठ्यक्रममा नेपालगन्जमा रहेका विभिन्न स्थान, रहनसहन, पर्यटकियलगायत विभिन्न थिम अनुसार विषय छनौट गरि निर्धारण गरिएको छ । स्थानीय विषयको ज्ञान प्रदान गर्नका लागि यो पाठ्यक्रमले मद्दत पुरयाउने छ ।

शाखा अधिकृत शाहीले भन्नुभयो,–‘स्थानीय विषयको ज्ञान र सिपमा बृद्धि हुन्छ, स्थानीयको बारेमा जानकारी भएपछि अरु विषय बुझ्न सहज हुन्छ ।’ गत वर्ष पाठ्यक्रम तयार गर्नका लागि कार्यदल निमार्ण गरिएको थियो । उक्त कार्यदलले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम तयार गरेको हो । हाल तयार भएको पाठ्यक्रम छपाई समेत गरिसकिएकोले अब केही दिनभित्र सबै विद्यालयमा वितरण गरिने शिक्षा महाशाखाले जनाएको छ । 

पाठ्यक्रम पढाउनका लागि विद्यालयका शिक्षकहरुलाई तालिम समेत प्रदान गरिएको छ । नेपालगन्जका विद्यालयहरुमा अब नियमित रुपमा यो पाठ्यक्रमलाई पढाइने छ । नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत ४३ वटा सामुदायिक विद्यालय, ३९ वटा धार्मिक विद्यालय र ८२ वटा निजी विद्यालयहरु रहेका छन । 

उपमहानगरपालिको आफ्नै पाठ्यपुस्तकको पुस्तक नहुँदा विद्यार्थीहरू बिना पुस्तक पढ्न बाध्य भएका थिए । अब भने चालू आर्थिक वर्षभित्रै पुस्तक विद्यार्थीहरूको हातहातमा पु¥याउने निती लिएको छ । 

पाठ्यक्रममा कक्षा १ देखि कक्षा ८ सम्म पाठ्यपुस्तक लेखन, सम्पादन, चित्र निर्माण गरिएको पाठ्यक्रम निमार्ण कार्यदलका सदस्य विरेन्द्र यादवले बताउनुभयो । उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्जको सामाजिक, आर्थिक एवं ऐतिहासिक पक्षको जानकारी दिने विषयलाई पाठ्यक्रममा समावेश गरेको छ । 

बृहत्तर विद्यालय सुरक्षा योजना 

नेपालगञ्जका विद्यालयलाई विपद्बाट जोखिमरहित बनाउन बृहत्तर विद्यालय सुरक्षा योेजना लागू गरिएको छ । नेपालगन्जका विद्यालयलाई विपद्को जोखिमबाट बचाउन तथा पुर्व तयारीका लागि विशेष सुरक्षा योजना कार्यन्वयन गरिएको हो । भूकम्प, आगलागी, लगायत अन्य विपदजन्य जोखिमबाट विद्यालयलाई सुरक्षित राख्दै भयरहित शिक्षण सिकाईमा जोड दिइएको नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । 

विद्यालयमा विद्यार्थी र शिक्षक कर्मचारीहरुको सुरक्षाका सवालमा उपमहानगरपालिका संवेदनशील रहेको र बृहत्तर विद्यालय सुधारका लागि विद्यालय, शिक्षक अभिभावक तथा विद्यार्थीहरु पनि सक्रिय भई आ–आफ्नो ठाउंबाट सक्रिय भई लाग्न शिक्षा महाशाखा प्रमुख थापाले सवैमा आग्रह गर्नुभयो । 

सुपर परियोजनामार्फत नेपालगन्ज वडा नम्बर ३, ७, ८ र ११ का विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा अध्यक्ष, वडा सचिवलाई विद्यालय सुरक्षा योजनाका बारेमा अभिमुखीकरण समेत गरिएको छ । भुकम्प प्रतिरोधी संरचना निर्माणदेखि खुला ठाउँको पहिचानसंगै बृहत्तर विद्यालय सुरक्षा योजनाका विषयमा पुर्व तयारी गरिएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

नेपालगन्जका विद्यालयलाई भूकम्पीय जोखिमरहित बनाउन आवश्यक रहेकोले कुनै पनि विपद् जतिबेला पनि आउन सक्ने भएकाले त्यसको पुर्बतयारी गर्नुपर्ने नेपालगञ्ज उपमहानगरपालिका विपद् तथा वातावरण समिति संयोजक समिरप्रताप सिंहले बताउनुभयो । 

वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले पुराना संरचनालाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्न सकिने भन्दै विपद जतिबेला पनि आउने भएकाले पूर्व तयारी र सचेतना अभिबृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । 

विद्यालय भवनको प्रबलीकरण 

नेपालगञ्जको वडा नम्बर ३ स्थित इस्लामिक चिल्ड्रेन स्कूललाई नमुनाको रुपमा प्रबलीकरण गरिएको छ । “पुराना संरचना जो भूकम्पको उच्च जोखिममा छन्, ती संरचनालाई भूकम्प प्रतिरोधी बनाउने उद्देश्यले प्रबलीकरण (रेट्रोफिटिङ) गर्न सकिन्छ भन्ने सन्देश समुदायस्तरमा प्रवाह गर्न नमुनाको रुपमा इस्लामिक स्कुललाई रोज्यो’ सिभिल इन्जिनियर नरेश निदालले भन्नुभयो,– “पुरानो संरचना भत्काएर नयाँ बनाउन नसक्ने अवस्थामा रेट्रोफिटिङ पनि गर्न सकिन्छ, जसले भूकम्पको जोखिमलाई धेरै हदसम्म कम गर्दछ ।“

परियोजना अन्र्तगत विद्यालयको सुरक्षा योजना, शिक्षकहरुलाई मनोसामाजिक विमर्शकर्ता तालिम, विपद्का बेला विद्यालयमा गरिने पुर्व तयारी, पुरानो संरचनाको रेट्रोफिटिङ्ग, विपद् बारे विद्यार्थीहरुलाई सचेतना अभिबृद्धिलगायतका क्रियाकलापहरु गरिएको छ ।  

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा सिडिएम र नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर) ले भूकम्पीय जोखिम न्यूनीकरणका लागि डेढ वर्षदेखि विपद पूर्व तयारी र प्रतिकार्यका लागि काम गरिरहेको छ ।


 

ताजा

सबै

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता

बर्दिया २८ असोज । मानव बेचबिखन रोकथामका लागि स्थानीय तहको नेतृत्व, सरोकारवालाबीचको…

लोकप्रिय

सबै

नेपालगन्जमा दसैँको रौनकः चोकचोकमा दुर्गा मूर्ति, रातभर भजनकीर्तन

बाँके, २८ असोजः दसैँको आगमनसँगै नेपालगन्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ । सहरका च…

बालविवाह न्यूनीकरण तथा लागुऔषध नियन्त्रण गर्न धार्मिक सञ्जालले अभियान संचालन गर्ने

बर्दिया २९ असोज । बाँके युनेस्को क्लब राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान इन्टरनेसनल …

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल

बाँके, २८ असोजः दसैँको आगमनसँगै बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास ९होमस्टे० म…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…