Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्जमा बृहत्तर विद्यालय सुरक्षा योजना बारे छलफल

सम्वाददाता

सम्वाददाता

नेपालगञ्जमा बृहत्तर विद्यालय सुरक्षा योजना बारे छलफल
ADVERTISEMENT

नेपालगञ्ज ८ असार । नेपालगञ्जका विद्यालयलाई विपद्बाट जोखिमरहित बनाउन बृहत्तर विद्यालय सुरक्षा योेजनाका विषयमा छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकामा सञ्चालित सहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना ९सुपर को आयोजनामा बृहत्तर विद्यालय सुरक्षा योजना सम्बन्धि छलफल गरिएको हो । 

कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले विद्यालय सुरक्षा योजनाका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । कार्यक्रममा भूकम्प लगायत अन्य विपदजन्य जोखिमबाट विद्यालयलाई सुरक्षित राख्दै भयरहित शिक्षण सिकाईमा जोड दिइएको छ ।

कार्यक्रममा वडा नम्बर ३, ७, ८ र ११ का विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, वडा अध्यक्ष, वडा सचिव लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा भुकम्प प्रतिरोधी संरचना निर्माणदेखि खुला ठाउँको पहिचानसंगै बृहत्तर विद्यालय सुरक्षा योजनाका विषयमा ब्यापक छलफल भएको आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

नेपालगञ्ज उपमहानगरपालिका विपद तथा वातावरण समिति संयोजक समिर प्रताप सिंहले विद्यालयलाई भूकम्पीय जोखिमरहित बनाउन आवश्यक रहेको बताउनुभयो । वडा नम्बर ११ का वडा अध्यक्ष नन्द किशोर कश्यपले विपद जतिबेला पनि आउन सक्ने भन्दै पूर्व तयारी र सचेतनामा जोड दिनुभयो । युनिसेफका नरेश निदालले पुराना संरचनालाई भूकम्प प्रतिरोधी बनाउन रेट्रोफिटिङ गर्न सकिनेमा जोड दिनुभयो । 

युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारी तथा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकामा सुपरले भूकम्पीय जोखिम न्यूनीकरणका लागि काम गरिरहेको छ ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …