Pairabi logo

माघ १३, २०८२, सोमबार                    

नेपालगञ्ज वडा न-१० को वडा भेला सम्पन्न

सम्वाददाता

सम्वाददाता

नेपालगञ्ज वडा न-१० को वडा भेला सम्पन्न
ADVERTISEMENT

नेपालगन्ज ८ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वार्षिक योजना तर्जुमा एवं वडा भेला शुक्रबार सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१÷ ०८२ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा सार्वजनिक सनुवाई  एवं वार्षिक प्रगती समिक्षा पनि गरिएको थियो । 

वडा सचिव शान्ता घर्तीले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा एक करोड ५ लाख ५० हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी गराउनु भयो । उहाँले आर्थिक वर्ष २०८०।०८१मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पार्नु भएको थियो ।

भेलाको उदघाटन गर्दै पुर्व प्राध्यापक एवं जेष्ठ नागरिक जनार्दन आचार्यले वडाको विकासको लागि अरुको मुख मात्रै ताक्ने प्रवृति त्याग्नु पर्ने भन्दै सामुहिक हातेमालो गर्न आहवान गर्नु भयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले वजेट कम  तर अपेक्षा धेरै भएकाले अनेकन चुनौती पनि रहेको दाबी गर्नु भयो ।

उहाँले स्थानीय माग र आवश्यक्ताअनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाउनुभयो । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले सहभागीका तर्फबाट उठाइएका जिज्ञाशा हल गर्ने प्रयास गर्नु भएको थियो ।

वडा न १० जेष्ठ नागरिक मञ्चका अध्यक्ष केदार प्रसाद घिमीरे, एमाले वडा न १०  अध्यक्ष वेवी मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएके थियो ।  आर्थिक वर्ष २०८१।०८२ को लागि वडा भित्रका टोल विकास संस्था, विद्यालय, क्लव, विभिन्न संघ संस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिक रुपमा पेश गरेका थिए ।

भेलामा बिशेषतः सडक निर्माण, ग्रावेल, सरसफाई, नाला व्यवस्थापन, शिक्षा,स्वास्थ्य, वत्ती, खानेपानी, लक्षित वर्गका लागि व्यवसायिक दक्षता सम्वन्धी तालिम आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …