Pairabi logo

असोज २६, २०८३, सोमबार                    

नेपालगञ्ज वडा न-१० को वडा भेला सम्पन्न

सम्वाददाता

सम्वाददाता

नेपालगञ्ज वडा न-१० को वडा भेला सम्पन्न
ADVERTISEMENT

नेपालगन्ज ८ असार । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वार्षिक योजना तर्जुमा एवं वडा भेला शुक्रबार सम्पन्न भएको छ । आर्थिक वर्ष ०८१÷ ०८२ को लागि प्रस्तावित योजना, कार्यक्रम संकलनका लागि गरिएको भेलामा सार्वजनिक सनुवाई  एवं वार्षिक प्रगती समिक्षा पनि गरिएको थियो । 

वडा सचिव शान्ता घर्तीले नेपालगन्ज उपमहानगरपालिका वडा नं १० मा एक करोड ५ लाख ५० हजारको बजेट सिलिङ नेपालगन्ज उपमहानगरपालिकाबाट प्राप्त भएको जानकारी गराउनु भयो । उहाँले आर्थिक वर्ष २०८०।०८१मा सम्पन्न भएका समग्र योजना र आगामी कार्यक्रम तथा योजनाबारे पनि प्रकाश पार्नु भएको थियो ।

भेलाको उदघाटन गर्दै पुर्व प्राध्यापक एवं जेष्ठ नागरिक जनार्दन आचार्यले वडाको विकासको लागि अरुको मुख मात्रै ताक्ने प्रवृति त्याग्नु पर्ने भन्दै सामुहिक हातेमालो गर्न आहवान गर्नु भयो । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का अध्यक्ष श्रवण कुमार श्रेष्ठले वजेट कम  तर अपेक्षा धेरै भएकाले अनेकन चुनौती पनि रहेको दाबी गर्नु भयो ।

उहाँले स्थानीय माग र आवश्यक्ताअनुसार नै योजनाका काम सम्पन्न गर्ने विश्वास पनि दिलाउनुभयो । वडा सदस्य विना थापामगरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा वडा सदस्य दिपेन्द्र श्रेष्ठले सहभागीका तर्फबाट उठाइएका जिज्ञाशा हल गर्ने प्रयास गर्नु भएको थियो ।

वडा न १० जेष्ठ नागरिक मञ्चका अध्यक्ष केदार प्रसाद घिमीरे, एमाले वडा न १०  अध्यक्ष वेवी मण्डल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएके थियो ।  आर्थिक वर्ष २०८१।०८२ को लागि वडा भित्रका टोल विकास संस्था, विद्यालय, क्लव, विभिन्न संघ संस्था र वडाबासीहरुले आफ्नो योजना लिखित तथा मौखिक रुपमा पेश गरेका थिए ।

भेलामा बिशेषतः सडक निर्माण, ग्रावेल, सरसफाई, नाला व्यवस्थापन, शिक्षा,स्वास्थ्य, वत्ती, खानेपानी, लक्षित वर्गका लागि व्यवसायिक दक्षता सम्वन्धी तालिम आदि विषयलाई प्राथमिकतामा राख्न माग गरिएको छ । कार्यक्रममा वडा सदस्यहरू, जेष्ठ नागरिक, बालबालिका, समाजसेवी लगाएतको सहभागिता रहेको थियो ।

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…