Pairabi logo

असोज २६, २०८३, सोमबार                    

डुडुवाद्धारा अग्निपिडितलाई नगदसहित राहत वितरण

सम्वाददाता

सम्वाददाता

डुडुवाद्धारा अग्निपिडितलाई नगदसहित राहत वितरण
ADVERTISEMENT

डुडुवा (बाँके), ६ असार । बाँके डुडुवा गाउँपालिका–१ छिटईपुर्वा पाझा गाउँका अग्निपिडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिकाले अग्नीपिडितलाई नगदसहित त्रिपाल, चाउ चाउ, नमकिन, चिउरा, गुण (मिठाई) र पानी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । 

उहाँका अनुसार प्रत्येक घरधुरीलाई तत्कालको खाजा सेटसंगै प्रति घरधुरीलाई नगद रु दुई हजार वितरण गरिएको छ । बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३४ घर जलेर नष्ट भएको थियो । पालिका अध्यक्ष चौधरीको नेतृत्वमा राहत सामाग्री लिएर गएको टोलीले अग्निपिडितलाई राहत वितरण गरिएको हो । 

अग्नीपिडितसंग अध्यक्ष चौधरीले भेटघाट गर्दै आगलागी र क्षतिको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँसंगै गएको स्वास्थ्यकर्मी टोलीले स्थानीयहरुको स्वास्थ्य समेत परिक्षण गरेको थियो । 

फुसको घरहरु जलेर नष्ट भएपछि विस्थापित भएका परिवारहरु गाउँपालिकाले निमार्ण गरेको आश्रय स्थालमा बसीरहेको पालिका उपाध्यक्ष शाहिदा बानोले बताउनुभयो । वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीलगायतको उपस्थिती रहेको थियो । 

अग्नीपिडितहरुलाई जिल्ला विपद् समितिले राहत स्वरुप नगद वितरण गरेको थियो । 


–––

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…