Pairabi logo

माघ १३, २०८२, सोमबार                    

विपद् पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारीमा जोड

सम्वाददाता

सम्वाददाता

विपद् पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारीमा जोड
ADVERTISEMENT

नेपालगन्ज ६ असार । विपद् व्यवस्थापनमा निजी क्षेत्रको भुमिका महत्वपुर्ण रहेकाले पुर्व तयारीका लागि साझेदारी गर्नुपर्नेमा जोड दिइएको छ । 

सुपर परियोजना अन्र्तगत नेपाल रेडक्रस सोसाईटी बाँके शाखा र नेपालगन्ज उद्योग बाणिज्य संघद्धारा आज नेपालगन्जमा आयोजित अन्र्तक्रिया कार्यक्रममा सहभागी प्रतिष्ठित उद्योगी व्यापारीले विपद् व्यवस्थापनमा निजी क्षेत्रले आवश्यक सहयोग र समन्वय गर्ने बताएका थिए । 

कार्यक्रममा सहभागी उद्योगीहरुले विपद्को पुर्व तयारीका लागि सबै सरोकारवाला निकायसंगको सहयोग र साझेदारीमा प्रभावकारी योजना बनाउनुपर्ने भन्दै विपद् व्यवस्थापनमा निजी क्षेत्रहरुले आवश्यकता अनुसारको सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । 

कार्यक्रम नेपालगन्ज उपमहानगरपालिकाका आपतकालिन कार्यसञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले विपदमा निजी क्षेत्रको भुमिका र साझेदारीका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । शहरमा विपद्का बेला पसल व्यवसाय बढी क्षती हुने भएकाले जोखिम न्युनीकरणका लागि पुर्व तयारीका लागि निजी क्षेत्रको साझेदारी आवश्यक रहेको छ । 

नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्विनी प्रदेश सरकारका मुख्य महान्याधिबक्ता तिर्थ ज्ञवाली, नेपाल रेडक्रस सोसाईटी बाँके शाखा सभापति गोर्बद्धनसिंह सम्झना, नेपालगन्ज उपमहानगरपालिका विपत समितिका संयोजक समिरप्रताप सिंह, वरिष्ठ उद्योगपति कन्हैयालाल बैद्य, व्यापारी प्रदिप गुप्ता लगायतको उपस्थिती रहेको थियो । 

सुपर परियोजनाले विपद् व्यवस्थापन तथा पुर्व तयारीका लागि नेपालगन्जका निजी क्षेत्रसंग निरन्तर रुपमा छलफल गर्दै आएको छ । परियोजनाले निजी क्षेत्रको व्यवसाय निरन्तरता योजना निमार्ण, बैंकहरुले सामाजिक उत्तरदायी कोष स्थापना, विमा कम्पनीसंगको सहकार्यमा नगरपालिकाको विपद् बिमा कार्यविधी निमार्ण लगायतको कार्य भएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारणा स्थापित र विपद् पुर्व तयारीका लागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ । 

कार्यक्रममा जाजरकोट र पश्चिम रुकुममा गएको भुकम्प प्रभावितलाई सहयोग गर्ने दाताहरुलाई सम्मान समेत गरिएको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …