Pairabi logo

असोज २६, २०८३, सोमबार                    

गौरव स्मृति फाउन्डेसनको कार्यालय निमार्ण गर्न भुमि पुजन

सम्वाददाता

सम्वाददाता

गौरव स्मृति फाउन्डेसनको कार्यालय निमार्ण गर्न भुमि पुजन
ADVERTISEMENT

नेपालगञ्ज, २ असार । गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले आफ्नो भवन निर्माणका लागि भुमि पूजन गरेको छ । नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–६ नेपाल क्षयरोग निवारण संस्था बाँकेको छेऊमा रहेको जग्गामा कार्यालय भवन निमार्णका लागि भूमि पूजन गरिएको हो । 

नेपलगन्जका समाजसेवी माधवराम वर्माले ५ धुर जग्गा भवन निर्माणका लागि दान गर्नुभएको थियो । फाउन्डेसनका अध्यक्ष मधु शाहको अध्यक्षतामा आयोजित एक कार्यक्रमका विच समाजसेवी माधवराम वर्माले बिधिवत भूमिपूजन गर्नुभएको फाउन्डेसनका संरक्षक प्रदीप कुमार शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार फाउण्डेशनले शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ । गौरवको सम्झनामा केही रकम अक्षयकोष समेत स्थापना गरेको संरक्षक शाहले बाउनुभयो । 

त्यस अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति रमेश गुप्ता, साहु समाज समितिका बाँकेका अध्यक्ष हंसराम साहू, नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका अध्यक्ष नरेन्द्र थापा, लुम्बिनी प्रदेश औषधी व्यवसायी संघका अध्यक्ष सुदिप खड्का, पत्रकार मधु पौडेल, नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.– ४ का वडा सदस्य मोहम्मद सलिम मुसलमान, साहु समाज समिति युवा समाजका अध्यक्ष रामकिसुन साहू, समाजका हरिश साहू लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा फाउण्डेशनका आजीवन सदस्य तथा पत्रकार पवन जायसवालले एक सय पटक रक्तदान गरी शतक रक्तदाता सम्मानबाट सम्मानित हुनुभएकोमा दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…