Pairabi logo

असोज २६, २०८३, सोमबार                    

अन्टाको अध्यक्षमा नेपालका तौलेश्वर चौधरीको नेतृत्वमा नया कार्य समिति चयन

सम्वाददाता

सम्वाददाता

अन्टाको अध्यक्षमा नेपालका तौलेश्वर चौधरीको नेतृत्वमा नया कार्य समिति चयन
ADVERTISEMENT

नेपालगन्ज १ असार । अमेरिकामा रहेको नेपाली तराइ एनको संस्था (अन्टा)को ७औं महाधिबेशनले नयाँ नेतृत्व चयन गर्दै भव्यतापुर्वक सम्पन्न भएको छ । नेपालको अवधी भाषी क्षेत्रबाट प्रतिनिधित्व गर्नुभएका पहिलो पटक तौलेश्वर प्रसाद चौधरीलाई अन्टाको अध्यक्षमा चयन गरिएको छ ।

चौधरीको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अमेरिकाको वाशिङटन डी.सी. मा सम्पन्न महाधिबेशनले दुई वर्षे कार्यकालका लागि नया कार्यसमिति चयन गरेको हो । 

नवनिर्वाचित केन्द्रीय कार्यकारी समिति पदाधिकारहरुको नामावली :

१     तौलेश्वर प्रसाद चौधरी, अध्यक्ष 
२     ध्रुव कुमार झा, उपाध्यक्ष 
३     सुनिल मिश्र, उपाध्यक्ष (राष्ट्रिय) 
४     सुनैना चौधरी, उपाध्यक्ष (अन्तर्राष्ट्रिय) 
५     प्रभात झा, महासचिव 
६     सन्तोष साह, उप कोषाध्यक्ष
७    बसंत चौधरी, उप महासचिव
८    दिवाकर जैसवाल, ल्ऋः उप कोषाध्यक्ष
९    सुश्मिता मिश्र, प्रवक्ता
१०    रुबी देव, मुख्य प्रविधि अधिकारी र सदस्य
११    श्यामली साह, केंद्रीय सदस्य
१२    नासिम अंसारी, केंद्रीय सदस्य
१३    प्रतिभा रानी कर्ण, केंद्रीय सदस्य
१४    निलम यादव, केंद्रीय सदस्य
१५    सन्तोष झा, केंद्रीय सदस्य
१६    अमिरी मोची, केंद्रीय सदस्य

सम्मेलन एउटा महत्त्वपूर्ण अवसरको रूपमा लिइएको छ । महाधिवेशनको प्रमुख अतिथिमा नेपालका प्रतिनिधि सभा सदस्य तथा जनमत पार्टीका राष्ट्रीय अध्यक्ष, डा. सि.के. राउत रहनुभएको थियो । संस्थाका चार जना संस्थापक सदस्यहरूः अन्नपूर्णा देव, ललित झा, मुकेश सिंह, रतन झा, साथै सल्लाहकारहरूः लोकेन्द्र ठाकुर र मुकेश कर्णको विशेष उपस्थिति थियो रहेको थियो । 

विभिन्न राष्ट्रिय र क्षेत्रीय संस्थाहरूका प्रमुख व्यक्तित्वहरू सम्मेलनमा समाविष्ट भएका थिए, जसमा कविन्द्र सिटौला (एएनएस–कार्यकारी), खगेन्द्र अधिकारी (एसोसिएसन अफ नेपालीज इन अमेरिका), चन्दन सिंह (अध्यक्ष–मधुर), निलु के. उप्रेती (उपाध्यक्ष–अमेरिका नेपाली समाज), एड्रियन पोख्रेल (राजनीतिज्ञ), किरण सिटौला (उपमेयर–इन्डियन हेड, मेरील्याण्ड ), राम खरेल (सीईओ, सगरमाथा टिभी), इन्द्रजीत यादव (राष्ट्रिय उप महासचिव–जनमत पार्टी), धिरज के शाह (वरिष्ठ उपाध्यक्ष–एनआरएन–गैर आवासीय मधेसी संघ) लगायत प्रसिद्ध मिथिला चित्रकला कलाकार अजित साहको उपस्थितिले कार्यक्रममा समृद्ध सांस्कृतिक आयाम थपिएको थियो ।

महाधिवेशनमा करिब २०० जना अन्टाका सदस्यहरू सम्मेलनमा सहभागिता जनाएका थिए । निवर्तमान सभापति डा. मृदुला गुप्ताले नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण गरेपछि निवर्तमान तथा नवनिर्वाचित दुवै अध्यक्षले मन्तव्य राख्नुभएको थियो । 

नवनिर्वाचित नयाँ सदस्यहरूले संस्थाको उपनियम तथा अमेरिकी संविधानप्रति वफादार रहने वाचा गरेका थिए । महाधिबेशनमा डा. नम्रता जीआर राउत र सम्राट झाले किशोर बालबालिकाहरुको  सभा संचालन गर्नुभएको अध्यक्ष चौधरीले बताउनुभयो । 

त्यस अवसरमा (सुष्मा, आद्या, ईशा, प्रिशा, ओपल, सौरभ, रिद्धी, आराध्या, जिशा र अन्य) ले सामुदायिक संलग्नताको बारेमा व्यावहारिक अन्तरक्रिया गरिएको थियो । साँझको सत्रमा संस्था र समुदायप्रतिको प्रतिबद्धताका लागि उपलब्धिहरूलाई सम्मान गरिएको थियो । सामुदायिक सेवामा संलग्न अन्य सदस्य र युवा स्वयंसेवकहरूलाई विभिन्न पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । 

ताजा

सबै

सार्वजनिक सरोकारका मुद्दामा निरन्तर पैरवी, असहाय पक्षलाई निःशुल्क कानुनी सहायता

नेपालगञ्ज । नागरिकका मौलिक हक, मानव अधिकार तथा न्यायमा सर्वसाधारणको पहुँच सुनिश्चित…

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

आधुनिक चामल मिल सञ्चालन भएपछि राप्ती सोनारीका किसानलाई राहत

बाँके २६ असोजः बाँकेको राप्ती सोनारी गाउँपालिकाका किसानले अब आफ्नै गाउँठाउँमा उत्प…

नेपालगन्जमा ऐतिहासिक १५९औँ संस्करण रामलीला सुरु

नेपालगन्ज,२६ असोजः नेपालगन्जमा लामो समयदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीलाको …

लोकप्रिय

सबै

छोरीको विवाहमा ३० लाखको जीवन बिमा उपहार

बर्दिया, २६ असोज । छोरीको विवाहमा नगद तथा जिन्सी उपहार दिने परम्परालाई फरक ढंगले प्…

डुडुवामा संयुक्त जग्गाको रुख गैर कानूनी रुपमा कटान, स्थानीयद्धारा छानबिन र कारबाहीको माग

डुडुवा (बाँके) २४ असोज । बाँकेको डुडुवा गाउँपालिका४ स्थित संयुक्त नाममा दर्ता रहेक…

स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश

नेपालगन्जःदिर्घायु हाउस प्रालिद्वारा सञ्चालित स्वास्थ्यपेज डटकम सातौं वर्षमा प्रवेश गरेको…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

यो पनि

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ, २४ असोजः आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा दिव…

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बाल संरक्षण प्रणाली सुदृढ गर्न राजापुर र गेरुवामा क्षमता अभिवृद्धि तालिम

बर्दिया, १३ असोज । बर्दियाको राजापुर र गेरुवा क्षेत्रमा स्थानीय बाल अधिकार तथा संरक्ष…

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

नेपालगन्ज, ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहा…

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

ठाकुरबाबा र मधुवनमा युवा उद्यमबारे जानकारी लिन संयुक्त अनुगमन

बर्दिया, असोज ६ । बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेसनल नेपालको साझेदारी…