Pairabi logo

कात्तिक ११, २०८३, मंगलबार                    

निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यन्वयन बारे छलफल

सम्वाददाता

सम्वाददाता

निर्वाचनका बेला गरिएको प्रतिबद्धता कार्यन्वयन बारे छलफल
ADVERTISEMENT

नेपालगन्ज, १ असार : स्थानीय तहको प्रभावकारी सेवा बनाउने उद्देश्यले नेपाली कांग्रेस बाँकेले पार्टीबाट निर्वाचित जनप्रतिनिधिसंग छलफल सुरु गरेको छ । कांग्रेसबाट पालिकामा निर्वाचित प्रमुख एवम् उपप्रमुखसंग पार्टी कार्यालय नेपालगञ्जमा छलफल गरिएको हो । 

स्थनीय तहमा प्रवाह हुने सेवाको गुणस्तरियता, हालसम्म भएका प्रगति र पार्टीसंगको समन्वयका विषयमा छलफल गरिएको सभापति नारायणप्रसाद गौडेलले बताउनुभयो । 

“प्रमुख–उपप्रमुखले निर्वाचन पश्चात गरेका प्रतिबद्धता के–कति पूरा भए, के–कति पूरा हुने चरणमा छन्, जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्ने सन्दर्भमा भएका प्रगति, भौतिक र मानवीय विकासको सूचक लगायत सुशासन र समग्र समृद्धिका हिसाबले भए गरेका प्रगतिबारे जानकारी लिने उद्देश्यले उहाँहरुसंग बैठक गरेका हौं,“ सभापति गौडेलले भने–“जनतालाई सन्तुष्ट बनाउने गरी काम गर्न भनेका छौं, उहाँहरुले अहिलेसम्म भएका प्रगति, चुनौती र भावी योजनाबारे हामीलाई जानकारी गराउनुभएको छ ।’

सीमित स्रोत साधनका बाबजुद जनअपेक्षा अनुसार काम गर्ने कोशिस गरिरहेको उनीहरुको भनाई छ । 

छलफलमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, कोहलपुरका प्रमुख पूर्णप्रसाद आचार्य, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरी, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, खजुरा गाउँपालिकाकी उपाध्यक्ष मञ्जु मल्लले आ–आफ्नो दुई बर्षे कार्यकालबारे जानकारी गराउनुभएको थियो । 
–––


 

ताजा

सबै

बैतडीमा भूकम्प

बैतडी, ८ कार्तिक : बैतडीको ऐरीगाउँलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भू…

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

नेपालगन्ज, ८ कात्तिकः जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ म…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

लोकप्रिय

सबै

चार स्थानीय तहमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान

नेपालगन्ज, ५ कात्तिकः बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अ…

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

यो पनि

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

परिवारको निष्ठा र पार्टीको शिर कहिले झुक्न दिन्न : केन्द्रिय सदस्य कोइराला

नेपालगन्ज :नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रिय सदस्य सुधान्सु कोइरालालाई गृहनगर ने…

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

कांग्रेस सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु शिवाकोटी निर्वाचित

काठमाडौँ कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री खुलातर्फ रामहरि खतिवडा र अजयबाबु …

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…