Pairabi logo

कात्तिक १२, २०८३, बुधबार                    

१२३० बालबालिकालाई गर्मीबाट जोगाउन बिभिन्न सामाग्री बितरण

सम्वाददाता

सम्वाददाता

१२३० बालबालिकालाई गर्मीबाट जोगाउन बिभिन्न सामाग्री बितरण
ADVERTISEMENT

नेपालगन्ज, जेठ २३ ।  तातो हावा परियोजना अन्तर्गत बर्दियाका बिद्यालयका बालबालिकालाई गर्मीबाट जोगाउने अत्यावश्यक सामग्री वितरण गरिएको छ । 

बिद्यालयका बालबालिकालाई अत्यधिक गर्मीबाट जोगाउन बाँके युनेस्को क्लबले युके एड स्टार्ट फण्डको सहयोग र कतार च्यारिटी नेपालसँगको सहकार्यमा सञ्चालन गरेको सो परियोजना अन्तर्गत बर्दियाको गुलरियास्थित श्री नेपाल राष्ट्रिय शम्भुशरण माबि र जानकी माबिका १२३० बालबालिकालाई छाता, पानी पिउने बोतल, जीवन जल ९ओआरएस० र ग्लुकोज पाउडर जस्ता अत्यावश्यक सामग्री वितरण गरेको छ । 

वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादव, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षकहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै गुलरिया नगरपालिकाका मेयर यादवले तराई क्षेत्रमा अत्याधिक गर्मीको समयमा जोखिममा परेका बालबालिकालाई राहत प्रदान गरिएकोमा सहयोगी संस्थाहरुलाई धन्यवाद दिंदै सही समयमा सही कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । 

गर्मीको बेला सुरक्षित र स्वस्थ रहन अत्यावश्यक सामग्री पाएपछि बालबालिकाहरु हर्षित भएका थिए । कतार च्यारिटीका परियोजना संयोजक केफस महर्जनले विद्यार्थीहरूलाई गर्मीको लहरका लक्षणहरू र सुरक्षित रहन अपनाउनु पर्ने सावधानीहरूबारे सो अवसरमा बिस्तृत रुपमा जानकारी गराउनुभयो ।

बालबालिकाले त्यहाँ प्राप्त भएको जानकारीलाई परिवारका अन्य सदस्यहरू र साथीहरूसम्म पनि पुर्याउने प्रतिवद्धता जनाएका थिए । बाँके युनेस्को र कतार च्यारिटीको टोलीले विद्यालय परिसरमा बालबालिकाको चिसो र सुरक्षित खानेपानीको सुविधा र हाइड्रेटेड हुनको लागि जडान गरिएको वाटर कुलिङ सिस्टमको पनि अवलोकन गरेको थियो ।

सोही अवसरमा अत्यधिक गर्मीले मजदुरी गर्न नपाएका नगरपालिकाका १५० विपन्न घर परिवारलाई चामल, तेल, चना, सतुवा, पीठो, चिनी र अण्डा जस्ता खाद्यवस्तुहरू बितरण गर्नुका साथै उनिहरुलाई गर्मीबाट जोगाउन छाता, गम्छा, औषधियुक्त लामखुट्टेको झुल र चप्पल समेत वितरण गरिएको थियो ।

ती दुबै बिद्यालयमा गर्मीबाट बिद्यार्थिलाई राहतका लागि सिलिंग पंखाहरु प्नि जडान गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।

ताजा

सबै

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

बाँके, १० कात्तिकः सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा)लागि गन्तव्य स्थान बन्न थालेको छ । …

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

भेषराज बस्नेत बाँके : गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापि…

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

लोकप्रिय

सबै

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम  निर्माण : सिंचाइमा सहज

दाङ, ६ कात्तिक : दाङको तुलसीपुर उपमहानगरपालिका१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा …

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

नेपालगन्ज,६ कात्तिकः बाँकेको नेपालगञ्ज उपमहानगरपालिका१९ का अमजत अली शेख विगत सात व…

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

युवराज पाण्डे बुटवल ६ कात्तिक :सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा ९माओवादी० र नेपाली …

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

बाँके १० कात्तिकः गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षक…

यो पनि

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग

बर्दिया २९ असोज । बाँके युनेस्को क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापु…

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बाल संरक्षणलाई प्रभावकारी बनाउन राजापुरका विद्यालयमा संयुक्त अनुगमन

बर्दिया, असोज २५ । बाल अधिकार संरक्षण तथा विद्यालयमा बालमैत्री वातावरण निर्माणका लाग…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

शैक्षिक गुणस्तर सुधारमा सरोकारवालाको जोड

बर्दिया । राजापुर नगरपालिकामा शैक्षिक गुणस्तर अभिवृद्धि तथा बालबालिकाको सिकाइ उपलब्ध…