Pairabi logo

कात्तिक १६, २०८३, आइतबार                    

युनियनको ३३औं स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

सम्वाददाता

सम्वाददाता

युनियनको ३३औं स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल
ADVERTISEMENT

नेपालगञ्ज, १२ जेठ । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा नेपालञ्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गर्नु भएको थियो ।

स्थापना दिवसको अवसरमा आइतबार युनियन बाँके शाखाले जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ । शनिबार बिहान बागेश्वरी फुटसल एण्ड स्पोटर््स हब नेपालगन्जमा भएको खेलमा महिला उद्यमी र महिला पत्रकारले दुबै टिमले १–१ गोल गर्नु भएको थियो । 

महिला पत्रकार तर्फबाट साबित्री गिरीले गोल गर्नु भएको थियो भने महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गर्नुभयो । यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेसँग आवद्ध स्वास्थ्यकर्मीबिच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७–० ले हराउनु भयो ।

स्वास्थ्यकर्मीको तर्फबाट डा.शिविन साहुले २ गोल, डा. शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १–१ गोल गर्नु भएको थियो । 

शनिबार मैत्रीपुर्ण फुटसल खेलको उद्घाटन नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले गर्नु भएको थियो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्त्व्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

कर्णालीका हिमाली जिल्लामा हिमपात, जनजीवन प्रभावित

कर्णाली, १४ कात्तिकः कर्णाली हिमाली जिल्लाका उच्च भागमा हिमपात हुँदा यहाँको जनजीवन प्…

फूल आयतमा रोक लगाएपछि व्यावसायीक फूलखेतीमा किसानको आकर्षण बढ्दै

नेपालगनज, १४ कात्तिकः भारतीय फूल आयतमा रोक लगाएसँगै बाँकेमा व्यावसायिक फूलखेतीमा …

बैजनाथ गाउँपालिकामा नौ किलोमिटर सडक निर्माण

बाँके, १४ कात्तिकः बैजनाथ गाउँपालिकाले गत आर्थिक वर्षमा नौ किलोमिटर सडक निर्माण गरे…

मानव बेचबिखन रोकथामका लागि स्थानीयस्तरमा समन्वय र सहकार्यमा जोड

बर्दिया १४ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत बाँके युनेस्को क्लबले प्लान इन्टरने…

लोकप्रिय

सबै

जवाफदेही सुशासनका लागि बर्दियामा युवा नागरिक स्कोर कार्डसम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु

बर्दिया १२ कार्तिक । सुरक्षित भविष्य परियोजनाअन्तर्गत युवा नागरिक स्कोर कार्डसम्बन्धी पाँ…

मानव बेचबिखन रोकथाम तथा बाल संरक्षण गर्न सरोकारवालाद्धारा सामूहिक प्रतिबद्धता

बर्दिया, ११ कार्तिक । मानव बेचबिखनको रोकथाम तथा नियन्त्रण र यससँग सम्बन्धित सामाजिक स…

नरैनापुरमा करदाता सेवा केन्द्रमार्फत सेवा सुरु, मदिना परफ्युम एण्ड जनरल स्टोरले पायो पहिलो प्यान

नरैनापुर, (बाँके) ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिकामा करदाताहरूलाई स्थानीय…

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके १० कार्तिक । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पा…

यो पनि

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

तीन करोडको लगानीमा आधुनिक ‘एम आर गुरु फिटनेस’ सञ्चालन

बाँकेमा करिब तीन करोडको लगानीमा अत्याधुनिक प्रविधि तथा आधुनिक फिटनेस उपकरणसहित एम…

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…