Pairabi logo

माघ १३, २०८२, सोमबार                    

हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध

सम्वाददाता

सम्वाददाता

हावाहुरीले विद्युत पोल ढलेपछि विद्युत सेवा अवरुद्ध
ADVERTISEMENT

नेपालगन्ज ८ जेठ : बाँकेमा सोमबार साँझ आएको ठुलो हावाहुरीका कारण यहाँका दुई सय भन्दा बढी विद्युतका पोल र पाँच वटा बढी ट्रान्सफर्मर ढलेर क्षतिग्रस्त भएपछि विद्युत् सेवा अवरुद्ध भएको छ । 

भीषण हावाहुरीले बाँकेको खजुरा, जानकी, नेपालगन्ज, डुडुवा हुदै राप्तीपारी नरैनापुर क्षेत्रसम्म दुई सय बढी विद्युतका पोल ढलेका छन भने केही पोल भाचिएपछि गएरातीदेखि विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले बताउनुभयो । 

उहाँका अनुसार हावाहुरीले विद्युत पोल र ट्रान्सफर्मर ढालेर भाँचिएर क्षति समेत पुगेको छ । हावाहुरी रोकिने बित्तिक राती नै वितरण केन्द्रबाट पाँच वटा छुट्टाछुट्टै प्राविधिकहरूको टोली परिचालन गरेर ढलेका पोलहरूको मर्मत सम्भारको कार्य भईरहेको उहाँले बताउनुभयो । 

वितरण केन्द्र प्रमुख लामिछानेले सोही प्रकारले तीन वटा ठेकेदारलाई क्रेनसहित परिचालन गरेर पोल र ट्रान्सफर्मरको मर्मतका लागि खटाइएको भन्दै अहिले मर्मत सम्भार र चुँडिएका तार जोड्ने कार्य तीव्र गतिमा भइरहेकोले मङ्गलवार बेलुकासम्म नेपालगन्ज बजारको विद्युत् पूर्ण रूपमा सुचारु हुने आशा रहेको  बताउनुभयो । 

साथै विद्युत् पोल, तार ट्रान्सफर्मर लगायत कुनै पनि उपकरण नछुनसमेत सर्वसाधारणलाई वितरण केन्द्रले आग्रह गरेको छ ।

यसैगरि हावाहुरीले जिल्लाका विभिन्न विद्यालयहरुका जस्ता पाताका छाना, पानी ट्याकी लगायतका सामाग्रीलाई हावाले उडाएर क्षति पुरयाएको छ । जिल्लाका स्थानीय सर्वसाधारणका टिनका पातलाई उडाएर क्षति पुरयाएको जनाइएको छ । 

बाँके जानकी गाउँपालिका वार्ड नं. ५ स्थित श्री राष्ट्रिय आधारभुत विद्यालय गुरुवागाउँका प्रधानाध्यापक सन्ध्या शर्माका अनुसार राती आएको हावा हुरीले विद्यालएको छाना, खानेपानी ट्यंकी, वाल वाउण्ड्री, गेटमा क्षति पुरयाएको छ । 


 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिताको मस्यौदा हस्तान्तरण

नेपालगन्ज ७ माघ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा कार्यस्थलमा हुने यौनजन्य दुव्र्यव…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

यो पनि

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

बाँकेमा तीन वटै निर्वाचन क्षेत्रमा कार्यालय स्थापना

नेपालगन्ज । बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन …

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

नेपालगन्ज, ३ माघः बाँकेको खजुरा गाउँपालिका३ बीगाउँमा निर्माणाधीन गाउँपालिका प्रशास…

प्युठानको धेनुमतीमा महा स्नान

प्युठानको धेनुमतीमा महा स्नान

मकर संक्रान्तिको अवसरमा प्युठानको सिमरुक धेनुमतीमा महास्नान कार्यक्रम सम्पन्न भएको छ । …