Pairabi logo

माघ १६, २०८२, बिहीबार                    

प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

सम्वाददाता

सम्वाददाता

प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन
ADVERTISEMENT

नेपालगन्ज ४ जेठ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै सभापति पुनले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउँदा आफ्नै नेता कार्यकर्ता फस्ने डरले एमाले आत्तिएको बताउनुभयो । 

‘देशभरका सहकारी संस्थामा एमालेका ९० प्रतिशत कार्यकर्ता संलग्न छन्, कतै समिति बन्यो भने हाम्रा कार्यकर्तालाई जोगाउन सकिँदैन कि भन्ने डरले गर्दा एमाले पहिल्यै झस्किएको हुनुपर्छ, त्यही भएर जो ब्यक्ति सहकारी काण्डमा मुछिएको छ, त्यो भन्दा बढी आक्रामक एमाले बनेको छ,’ सभापति पुनले भन्नुभयो । 

उहाँले लुम्बिनी प्रदेश सरकारले सत्ता टिकाउनका लागि मन्त्रालय थपेको टिप्पणी गर्दै प्रदेश सरकार मनपरी ढंगले चलिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारका गतिविधिका बारेमा पत्रकारले चासो दिएर सही कुरा नागरिकसमक्ष सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्नुभयो । 

सभापति पुनले पत्रकारहरुले सकारात्मक विषयबस्तुलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै मर्यादित पत्रकारिताका लागि आफूले शुद्धिकरणको आवश्यकता देखेको बताउनुभयो । पार्टी र प्रेस युनियनबीच समन्वय र सहकार्यमा जोड दिँदै उहाँले पार्टीभित्रका समस्या समाधानमा प्रेस युनियनले भूमिका खेल्नुपर्ने बताउनुभयो । 

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शुद्धिकरणका नाममा सक्रिय पत्रकारहरुलाई पन्छाउने काम युनियनलाई सह्य नहुने बताउँदै त्यसका विरुद्ध आफूहरु लागिपरेको उल्लेख गर्नुभयो । उहाँले जिल्ला शाखाहरुले गरेको निर्णयलाई टेकेर अघि बढ्नुपर्ने तर्क गर्दै गलत तरिकाले झुण्डका झुण्ड गैरपत्रकार थप्ने काम युनियनलाई मान्य नहुने बताउनुभयो । 

अध्यक्ष लम्सालले युनियनका सदस्यहरुको गतिविधि, क्रियाशीलता र अनुशासन हेरेर मात्र अब महासंघमा व्यक्तिहरु पठाउने बताउनुभयो । उहाँले पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनले नेतृत्वदायी भूमिका खेलिरहेको समेत बताउनुभयो । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीले युनियनसंग समन्वय र सहकार्य गरेर अघि बढिरहेको भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पार्टी र युनियनसंग समन्वय गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासनमा नबस्ने आफ्ना सदस्यलाई युनियनले कारबाही गर्ने चेतावनी दिदै उहाँले पद लिन हतार गर्ने तर आफ्नो भूमिका ननिभाउनेहरुलाई ’वाच’ गरिरहेको बताउनुभयो । 

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले बोल्नुभएको थियो । 

प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यबहाक अध्यक्ष जयसिंह केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरी, कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, कांग्रेस नेतृ एवम् प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य उमा थापा मगर लगायतको उपस्थिति थियो । प्रदेश महासचिव नवीन गिरीले सञ्चालन गरेको कार्यक्रममा सचिवालय सदस्य गौरव गिरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

डुडुवाद्धारा गौशालामा रहेका छाडा चौपायालाई न्यानो कपडाको व्यवस्थापन

डुडुवा (बााँके) ९ माघ । बाँके डुडुवा गाउँपालिकास्थित गौशालामा रहेका छाडा चौपायाल…

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम …

विपद् पुर्व तयारी बारे नेपालगन्जमा कृत्रिम घटना अभ्यास

नेपालगन्ज ७, माघ । विपद् न्युनीकरणका लागि नेपालगन्जमा कृत्रिम घटना अभ्यास गरिएको छ । …

लोकप्रिय

सबै

यो पनि

बाँकेमा अधिकास युवा उम्मेदवार

बाँकेमा अधिकास युवा उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहर…

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

बाँकेको–३ निर्वाचन क्षेत्रमा ६१ जनाको उम्मेदवारी

नेपालगन्ज, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाँके जिल्…

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

राष्ट्रिय सभाका उम्मेदवार बाँके र बर्दियाका मतदातासँग

नेपालगञ्ज, ३ माघः नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट राष्ट्रियसभामा …

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

फागुन २१ मा चुनाव गर्नुपर्छ : सहमहामन्त्री राठौर

बाँके, ८ पुस :नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिह राठौरले प्रतिनिधीसभाको चुनाव…