Pairabi logo

असोज २३, २०८३, शुक्रबार                    

प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन

सम्वाददाता

सम्वाददाता

प्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन
ADVERTISEMENT

नेपालगन्ज ४ जेठ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सहकारीको अनियमितता छानबिन गर्दा मुछिने डरले एमाले बढी आत्तिएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो (क्यालेण्डर) विमोचन कार्यक्रमलाई आज नेपालगञ्जमा सम्बोधन गर्दै सभापति पुनले गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउँदा आफ्नै नेता कार्यकर्ता फस्ने डरले एमाले आत्तिएको बताउनुभयो । 

‘देशभरका सहकारी संस्थामा एमालेका ९० प्रतिशत कार्यकर्ता संलग्न छन्, कतै समिति बन्यो भने हाम्रा कार्यकर्तालाई जोगाउन सकिँदैन कि भन्ने डरले गर्दा एमाले पहिल्यै झस्किएको हुनुपर्छ, त्यही भएर जो ब्यक्ति सहकारी काण्डमा मुछिएको छ, त्यो भन्दा बढी आक्रामक एमाले बनेको छ,’ सभापति पुनले भन्नुभयो । 

उहाँले लुम्बिनी प्रदेश सरकारले सत्ता टिकाउनका लागि मन्त्रालय थपेको टिप्पणी गर्दै प्रदेश सरकार मनपरी ढंगले चलिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारका गतिविधिका बारेमा पत्रकारले चासो दिएर सही कुरा नागरिकसमक्ष सम्प्रेषण गर्नुपर्ने उल्लेख गर्नुभयो । 

सभापति पुनले पत्रकारहरुले सकारात्मक विषयबस्तुलाई पनि प्राथमिकताका साथ सम्प्रेषण गर्नुपर्नेमा जोड दिँदै मर्यादित पत्रकारिताका लागि आफूले शुद्धिकरणको आवश्यकता देखेको बताउनुभयो । पार्टी र प्रेस युनियनबीच समन्वय र सहकार्यमा जोड दिँदै उहाँले पार्टीभित्रका समस्या समाधानमा प्रेस युनियनले भूमिका खेल्नुपर्ने बताउनुभयो । 

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले शुद्धिकरणका नाममा सक्रिय पत्रकारहरुलाई पन्छाउने काम युनियनलाई सह्य नहुने बताउँदै त्यसका विरुद्ध आफूहरु लागिपरेको उल्लेख गर्नुभयो । उहाँले जिल्ला शाखाहरुले गरेको निर्णयलाई टेकेर अघि बढ्नुपर्ने तर्क गर्दै गलत तरिकाले झुण्डका झुण्ड गैरपत्रकार थप्ने काम युनियनलाई मान्य नहुने बताउनुभयो । 

अध्यक्ष लम्सालले युनियनका सदस्यहरुको गतिविधि, क्रियाशीलता र अनुशासन हेरेर मात्र अब महासंघमा व्यक्तिहरु पठाउने बताउनुभयो । उहाँले पत्रकार महासंघलाई साझा चरित्रको संगठन बनाउन युनियनले नेतृत्वदायी भूमिका खेलिरहेको समेत बताउनुभयो । 

नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले पार्टीले युनियनसंग समन्वय र सहकार्य गरेर अघि बढिरहेको भन्दै उहाँले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले पार्टी र युनियनसंग समन्वय गर्नुपर्ने उल्लेख गर्नुभयो । नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष प्रेम केसीले अनुशासनमा नबस्ने आफ्ना सदस्यलाई युनियनले कारबाही गर्ने चेतावनी दिदै उहाँले पद लिन हतार गर्ने तर आफ्नो भूमिका ननिभाउनेहरुलाई ’वाच’ गरिरहेको बताउनुभयो । 

कार्यक्रममा सामुदायिक रेडियो प्रशारक संघका केन्द्रीय अध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकोटा, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकाल, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारीले बोल्नुभएको थियो । 

प्रेस युनियन लुम्बिनी प्रदेशका कार्यबहाक अध्यक्ष जयसिंह केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम् लुम्बिनी प्रदेशका निवर्तमान सांसद शंकर गिरी, कांग्रेस बाँकेका सचिव सुधांशु कोइराला, कांग्रेस नेतृ एवम् प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य उमा थापा मगर लगायतको उपस्थिति थियो । प्रदेश महासचिव नवीन गिरीले सञ्चालन गरेको कार्यक्रममा सचिवालय सदस्य गौरव गिरीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो । 

ताजा

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

श्रमसम्बन्धि विवाद समाधान गर्दै श्रम कार्यालय

नेपालगन्ज, १७ असोजः श्रम कार्यालय नेपालगञ्जले श्रमसम्बन्धि कार्यालयमा दर्ता भएका उजुरीला…

होप इन्टरनेशनल एकेडेमीमा ३ सय ५० बढी विद्यार्थीले गरे सामूहिक योग साधना

बसन्त गौतम नेपालगञ्ज, १६ असोज । होप इन्टरनेशनल एकेडेमी विकासनगर२, नेपालगञ्जमा शुक्रब…

लोकप्रिय

सबै

गर्भावस्था, प्रसव र प्रसवोत्तर समयमा महिलाले भोग्ने हिंसा तथा दुव्र्यवहारबारे नेपालगन्जमा छलफल

नेपालगन्ज, १९ असोज । गर्भावस्था, प्रसव तथा प्रसवोत्तर समयमा महिलाहरूले भोग्दै आएका दुव्…

७१औँ प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी अस्पतालद्वारा रक्तदान

नेपालगन्ज १९ असोज । ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले र…

यो पनि

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा–४ मा कांग्रेसको वडा सभापतिमा पुन रेउले , क्षेत्रीय प्रतिनिधी चयन

डुडुवा (बाँके) ३ असोज । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बाँक…

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न बाँकेका राजनीतिक दलको संयुक्त अपिल

नेपालगञ्ज, १५ साउन । मधेश प्रदेशको सुनसरीको देवानगञ्ज३, कप्तानगञ्जमा भएको घटनापछि उत्…

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

जनतामा आशा जगाउने काम गर्न राप्रपा अध्यक्ष लिङ्देनको आग्रह

नेपालगन्ज १ साउनः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तम…

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

सरकारको राम्रो कामको समर्थन गर्छौं : अध्यक्ष यादव

नेपालगन्ज, जेठ २६ गते । पूर्व उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका…